मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इनरुवा नगरपालिकाको मापदण्ड विपरीत डम्पिङ साइडले उराँव वस्तिमा सास्ती, प्रतिकार गर्दा कुटपिट

by By: रामधुनी खबर
भदौ ४, २०८०
537

सुनिल चौधरी
झुम्का,भदौ ४ । इनरुवा नगरपालिकाले मापदण्ड विपरित डम्पिङ साइड बनाउँदा स्थानीय उराँव समुदायलाई सास्ती खेप्नु परेको छ । वडा नं. ८ बंकुुल्वा टोल स्थित उराँव बस्ति नजिकै नगरपालिकाले मापदण्ड विपरित र अव्यवस्थित रुपले फोहोर फ्याल्दा सास्ती खेप्नु परेको स्थानीय समुदायले जानकारी दिएको हो ।
बंकुुल्वा टोल पश्चिम सुनसरी खोला किनारमा डम्पिङ साइड बनाइएको छ । डम्पिङ साइड कम्तिमा वस्ति भन्दा पाँच सय मिटरको दुरीमा हुनुुपर्नेमा दुुई सय मिटर दुरी समेत नराखी वस्तिमा प्रभावित हुनेगरी अव्यवस्थित फोहोर फाल्ने गरेको छ । फोहोरले १४५ घरधुरी उराँव समुदायमा महामारी हुने सभावित त्रास बढेको छ । सुनसरी खोला किनारमै अब्यवस्थित फोहोर फाल्ने गर्दा खोला समेत प्रदुषित हुने गरेको छ ।
डम्पिङ साइड बनाउँन वातावरण अध्ययन प्रतिवेदन गर्नुुपर्ने, प्राविधिक योजना, सार्वजानिक सुचना, सार्वजानिक सुुनुवाई, वडाको सिफारिस, स्थानीयको अनुमति समेतको जाँचबुुझ नगरी नगरपालिकाले मापदण्ड बिपरित बलजफती फोहोर फालिरहेको सम्बन्धित वडाका वडाअध्यक्ष अशोक कुमार साहले जानकारी दिए ।
२०७५ साल देखिनै फोहोर फालिरहेको वडा अध्यक्ष साहले बताए । म, २०७९ को स्थानीय चुनावमा वडाअध्यक्ष निर्वाचित हुुँदा कार्यपालिका बैठकमा आफुले रोक्न धेरै प्रयास गरेपनि बहुमतको आडमा निर्णयगरी फोहोर फाल्ने गरेको वडा अध्यक्ष साहको भनाई छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ठाउँको प्रयोग गर्दा स्थानीयको अनुमति नलिएको र त्याहा स्थानीयलाई झुक्याएर डम्पिङ साइड निर्माण गर्न लागेको बताए । डम्पिङ साइड बालबालिकाहरुलाई खेल्ने ठाउँ हुन, त्याहा जेष्ठनागरिक भवन बनाइदिने, स्वास्थ्य विमा गराइदिने, बालबालिकालाई शैक्षिक सामाग्री दिने, खानेपानी बनाउँने नाममा सोझा उराँव समुदायलाई प्रलोभन र झुठा आश्वासन दिई झुक्याएर डम्पिङ साइड निर्माण गर्न लागेको स्थानीयको भनाई छ ।
फोहोर फाल्ने ठाउँ मापदण्ड विपरित र अव्यवस्थितले दैनिक जनजिवनमा सोझै असर पर्ने गरेको छ । वस्तिमा दुुर्गन्ध फैलिएको छ । दुुर्गन्धले घर वस्तिमा बस्नै नसक्ने अवस्था रहेको छ । सुनसरी खोलाको बाढीले फोहोर घर वस्तिमै पुु¥याउँदा बालबालिका र जेष्ठनागरिकमा रोगले प्रभावित हुने गरेको छ । अस्पतालका विभिन्न किसिमका केमिकलयुक्त लेदो फोहोर बाढीले वस्तिमै लाने गरेको स्थानीय सम्झना उराँवले बताइन् ।
फोहोरले वस्तिनै रोग ग्रस्त हुने त्रासले स्थानीय महिलाहरुले रोक्न खोज्दा सस्त्र प्रहरी, नगरप्रहरी भिडाएर कुटपिट गरेका छन् । कुटपिटका घटना श्रावण ९ गते भएको बताए । कुटपिटबाट सम्झना उराँव, सरिता उराँव घाइते भएका छन् । उनीहरुलाई धम्कि समेत आइरहेको रामकिशुन उराँवले बताए । यसभन्दा पहिले स्थानीयले पटक पटक नगरलाई अनुरोधगर्दा समेत मेयर केदार भण्डारीले वास्ता नगरेको र मेयरले धम्की पूर्ण ब्यवहार गरेको उराँवले जानकारी दिए ।
सो स्थानमा उराँव समुदायले ऐतिहासिक, पुख्र्यौली साँस्कृतिक भूमि रहेको छ । भदौ पुर्णिमामा पूजा पाठगरी कर्मा धर्मा नाच गर्दै आएको छ । ककडो मेला, करम अखडा, खेलमैदान तथा गौचरण रहेको छ । डम्पिङ साईडले साँस्कृतिक कार्यमा समेत असर परेको स्थानीय निरो उराँवले बताए ,।
कुनै ख्यालै नगरी वस्तिमा नै असरपर्ने गरी अमानविय रुपले नगरपालिकाले गरेको व्यवहार गैर कानुनी रहेकोले यहा मापदण्ड विपरित डम्पिङ साइड अबिलम्ब हटाउँनुपर्ने आदिावसी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँपालिका समितिकी अध्यक्ष ममता उराँवले बताइन् ।
इनरुवा नगरपालिकाको अब्यवहारिक कार्य भएको मानव अधिकार कर्मी रमेश भट्टराईले बताए । यहाँका समुदायमा स्वच्छ वातावरणमा बाच्नपाउँने अधिकार हनन् भएको र प्रहरी लगाएर कुटपिटगरी मानव अधिकार समेत उलंघन गरेकोले यहाका मेयरको गैर कानुुनी कार्य प्रति निन्दा गर्दै उराँव समुदाय न्याय पाउँनुु पर्ने मानव अधिकार संजाल सुनसरीका भट्टराईले बताए ।

अगाडिकाे पाेस्ट

‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै विराटनगरमा फोनिजको २४ औं स्थापना दिवस सम्पन्न

अर्काे पाेस्ट

नाग पञ्चमीमा सुरु गरिने नेवार समुदायको लाखेनाच गाईजात्रा झाँकी सहित झुम्कामा प्रदर्शनी

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft