मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इलाका प्रहरी पकली प्रमुखमा प्रहरी निरिक्षक केशव गौतमलाई स्वागत र गजेन्द्र राया लाई विदाई

by By: रामधुनी खबर
भदौ ४, २०८०
391

चन्द्रकला चौधरी
झुम्का,भदौ ४ । इलाका प्रहरी पकली प्रमुखमा प्रहरी निरिक्षक केशव गौतम आउँनुु भएको छ । प्रहरी प्रधान कार्यालय कल्याण शाखा काठामाणडौबाट सरुवाभई इलाका प्रहरी पकलीको प्रमुखमा आउँनुु भएको हो ।
इलाका प्रहरी पकलीमा सोमवारबाट कार्यभार सम्हालेका छन् । कार्यभार सफलका लागि प्रहरी निरिक्षक गौतमलाई एक कार्यक्रमगरी आज यहा स्वागत गरेका छन् । विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितीमा परिचय, भेटघाट तथा स्वागत एवं विदाई कार्यक्रमबाट उहाँलाई कार्य सफलताको शुुभकामना व्यक्त गरेका छन् ।
क्षेत्र तथा सिमाना जानकारी लिएर वस्तुु स्थिती र कुन ऐरिया कुन किसिमको अपराधमा एकिकृत छन् सो बुुझेर समस्याको सामाधान गर्नेगरी सुरक्षा प्रदान गर्ने प्रहरी निरिक्षक गौतमले बताउँनुभयो । शान्ति सुरक्षाका लागि यहाँका सरोकार वाला संघसंस्था, नागरिक संगठनहरुको समन्वयमा कार्यगर्ने उहाँले बताउँनु भयो ।
यसैगरी प्रहरी निरिक्षक गजेन्द्र रायालाई सोही कार्यक्रमबाट विदाई गरेको छ । प्रहरी निरिक्षक गजेन्द्र रायाले इलाका प्रहरी पकलीमा १३ महिना कार्यभार सम्हाल्नुभयो । यहाबाट जिल्ला प्रहरी कार्यालय इनरुवा सरुवा हुनुु भएको छ । उहाँ विदाई हुँदै गर्दा यस क्षेत्रमा सडक दुर्घटना, युवा दुव्र्यशनी, महिला हिंसा, चोरी, बलात्कारका घटनाले सुरक्षाको चुनौती ल्याई रहने स्मरण गर्नु भयो ।
स्वागत एवं विदाई कार्यक्रममा उपस्थित सरोकारवाला ब्यक्तिहरुले प्रहरी निरिक्षक रायाले आफनो कार्यमा निष्ठा पूर्वक अगाडी बढेर इलाका क्षेत्र अन्र्गत अपराध जन्यकार्यहरु नियन्त्रण गर्न तदारुक्ता देखाएको बताए । प्रहरी निरिक्षक गजेन्द्र रायाले अपराधका घटनालाई चासोका साथ हेरी अपराधमा संलग्न भएकालाई तत्काल कार्वाहीमा ल्याउने गरेको कार्य प्रसंसा गरेको छ । इलाका प्रहरी पकलीको भवन व्यवस्थित, साइवर क्राइम सम्बन्धि सचेतना, पुराना मुद्धाको कार्यवाही तथा टुुंगो लगाएको कार्यहरु सराहनीय रुपले सफल गरेको स्वागत एवं विदाई कार्यक्रममा उपस्थित सरोकारवाला ब्यक्तिहरुले बताएका हुन् ।

अगाडिकाे पाेस्ट

नाग पञ्चमीमा सुरु गरिने नेवार समुदायको लाखेनाच गाईजात्रा झाँकी सहित झुम्कामा प्रदर्शनी

अर्काे पाेस्ट

मानव अधिकार आयोगको अनुगमन,इनरुवा नगरपालिकाको डम्पिङ साइड कानुन विपरित रहेको निष्कर्ष

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft