मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का जेसीजको सामूहिक तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न

by By: रामधुनी खबर
असोज १, २०८०
399

राख संवाददाता
झुम्का, असोज १ । धार्मिक तथा साँस्कृतिक पर्व तीज तथा जितिया पर्वको अवसरमा सोमवार झुम्का बजारमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि झुम्का जेसीजको आयोजनामा सामूहिक तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री माननीय भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको आयोजक संस्थाले जानकारी दिए । प्रमुख अतिथि चौधरीले बिरुवामा पानी हालेर कार्यक्रम उद्धघाटन गर्नुभयो ।
उहाँले तीज तथा अन्य धार्मिक कार्यहरुमा साकारात्मक सोचले स्वास्थ्यको दृष्टि हेर्दै खाएर तथा निराहार पनी पर्व गर्न सकिने बताउनु भयो । पितृसत्तात्मक समाजमा व्रतालु महिलाहरुको रातो सारीले क्रान्ती र स्वतन्त्रता शन्देस दिएको भन्दै महिलाहरुको लागि आजको दिन महत्वपूर्ण रहेको प्रतिनिधि सभा सदस्य चौधरीले धारणा राख्नुुभयो ।
झुम्का जेसिजकी अध्यक्ष कमला थापाको सभापतित्वमा आयोजित कार्यक्रममा स्वदेश गान तथा विविध भाषाभाषिका गीतहरुमा नृत्य प्रस्तुत गरेका छन् । नृत्यमा प्रतियोगिता समेत गराएको छ । थारु कल्याणकारिणी सभा रामधुनीबाट पौराणिक मौलिक गीतमा नृत्यगरी कार्यक्रम समावेसी बनाएको थियो । व्रतालु महिलाहरु स्टेज तथा सहभागीहरुले सामुहिक नाचले यस बर्षको तीज तथा जितिया बिशेष कार्यक्रममा थप रौनक बढेको थियो ।
सामाजिक व्यवहार परिवर्तन संगै चाड पर्व मनाउने चलन पनि फरक हुँदै गएकोले मौलिकता प्रवद्र्धन गर्न जेसिजबाट प्रत्येक बर्ष कार्यक्रम आयोजना गर्दै आएको निवर्तमान अध्यक्ष द्धारिका सुवोध घिमिरेले कार्यक्रममा आफनो भनाई ब्यक्त गरे । महिलाहरुलाई सम्मान भए मात्र तीजको महत्व झल्किने पूर्व अध्यक्ष डिल्ली गुरागाईले बताए । पश्चिमा संस्कृतिको प्रभावले तीजमा विकृति विसंगती बढदै गएको र यसले समाजमा नाकारात्म असर देखा पर्न थालिसकेको भन्दै मौलिकता पूर्वक तीज मनाउनु पर्ने पूर्व अध्यक्ष गुरागाईले सुझाव ब्यक्त गरेका छन् ।


तीजको अवसरमा आयोजित कार्यक्रम संयोजक सिता थरुनीले तीज र जितिया महिलाहरुको महान तथा धार्मिक पर्व रहेको भन्दै महिलाहरु कठोर व्रत लिएर घर, परिवार, समाज कल्याणका लागि कामना गर्ने गरेको बताए । बजार तथा सहरका महिलाहरु सम्पन्न, शिक्षित, सचेत भईरहदा गाउँ तथा ग्रामिण क्षेत्रका महिलाहरु अझै विभेदमा रहेको जानकारी दिए । ग्रामिण महिलाहरुलाई बचाउनका लागि सरोकारवालाहरुले महिला सशक्तिकरणको योजना ल्याउनुु पर्ने खाँचो रहेको कार्यक्रम संयोजक थरुनीले अनुरोध गरेका छन् ।
कार्यक्रममा झुम्का जेसीजका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो । रामधुनी ९ नं. वडाका वडाअध्यक्ष घनश्याम चौधरी, थारु कल्याणकारिणी सभा रामधुनी नगर समिति अध्यक्ष राजकुमार चौधरी, रामधुनी ५ नं. पूर्व वडा अध्यक्ष डेगराज फुुयाल, लायन्स क्लव अफ झुम्काका दुुर्गा फुुयाल, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रम संचालन जेसीजका महासचिव सुमन कार्कीले गरेका थिए ।


झुम्का जेसीजले साप्ताहिक कार्यक्रम अन्तर्गत चौथो दिन सोमवार तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० आयोजना गरेको हो । यसैगरी जेसिज सप्ताह २०२३ अन्तर्गत असोज ३ गते मैत्रिपूर्ण फुटबल खेल हुने जनाएको छ । स्थान पाथीभरा फुटसल इटहरीमा समय बिहान ७ बजे देखि हुनेछ ।
असोज ५ गते बितिय साक्षरता तालिम स्थान रामधुनी १ नं. वडा कार्यालयको सभाहलमा समय दिउँसो १ बजे देखि हुनेछ भने असोज ६ गते माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा समापन स्थान आरम्भ बिद्या मन्दिर रामधुनी ५ मा समय बिहान ११ बजे देखि हुने आयोजक झुम्का जेसीजले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

प्रतिभा र हौसला प्रदान गर्दै रामधुनी नगर बालमैत्री दोस्रो बर्षको अवसरमा गायन प्रतियोगिता

अर्काे पाेस्ट

पहिचानको महत्व र संस्कृति झल्काउँदै थारु चलचित्र तथा साँस्कृतिक संघको जितिया पावैन कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft