मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पहिचानको महत्व र संस्कृति झल्काउँदै थारु चलचित्र तथा साँस्कृतिक संघको जितिया पावैन कार्यक्रम

by By: रामधुनी खबर
असोज १६, २०८०
422

राख संवाददाता
झुम्का,असोज १६ । थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीले जितिया पावैन बिशेष साँस्कृति कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको छ । कार्यक्रममा थारु पौराणिक महत्व तथा पहिचानका लोप संस्कृति झल्काउँदै प्रमुख आयोजक संघले जितिया पावैन कार्यक्रम सम्पन्न गरेको हो ।
तराई महिलाहरुले धार्मिक आस्थाले कठोर व्रतगरी बालबच्चाको दिर्घायुुको कामना गर्दै जितिया पर्व मनाउने परम्परा रहेको छ । यस परम्परालाई निरन्तरता दिन प्रतिनिधि सांसद कल्पना चौधरीको प्रमुख आतिथ्यतामा रामधुनी वडा नं. ६ र ७ को थारु समुुदायहरु सहभागी हुुँदै संयुक्त रुपले कार्यक्रमलाई भब्यता प्रदान गरिएको छ ।
कार्यक्रममा थारु परम्परागत रुपले मान्दै आएको संस्कार घर भित्र्याएको धान सुरक्षित गर्न मोइर राख्ने परम्परा, विवाहमा दिइने र पुरुषले बोकेर बेहुलाको घर सम्म लाने भारभरिया, विवाहमा महिलाले लिने डब्बा, टुुङ्गनी, कसौवा तमघैल (गांग्री) दिइने चलनको महत्व झल्काएका छन् । जुन अहिले लोप अवस्थामा छ । यी संस्कार र परम्परा थारु पहिचानका मान्यता रहेकोले लोप हुन लागेकोले उजागर गरेका छन् ।
जितिया पर्वको महत्व र आदिवासी तथा गैर आदिवासीहरुमा एकता, महिला नेतृत्वमा अग्रसरतामा पहुचका लागि कार्यक्रमको उधेश्य सहित आयोजना गरेको थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी अध्यक्ष जानकारी चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँटोलबाट झाँकी सहित बृहत उपस्थितीमा मञ्च मार्फत विविध कला प्रस्तुत गरिएको थियो । थारु समुदायको मौलिक धुम्रानाच, सकेलानाच, लाखेनाच, च्याम्ब्रुुङ्ग, हुर्रानाच प्रस्तुतगरी कार्यक्रमलाई समावेसी गरिएको थियो ।
कार्यक्रममा समन्वय थारु कल्याणकारिणी सभा र थारु महिला सभा रामधुनी वडा नं. ६ र ७ वडा समिति रहेको मुल आयोजक समितिले जनाएको छ । रामधुनी वडा नं. ६ बक्लौरीको आइतवारे हटिया लाग्ने स्थानमा महिला दिदी बहिनीहरुले सामुहिक रुपले भेला भएर कार्यक्रम गरिएको मुुल आयोजक समितिका जनक चौधरीले जानकारी दिए ।
कार्यक्रममा रामधुनी ७ नं. वडा अध्यक्ष केशव गौतम, रामधुनी ६ नं. वडा कार्यालयको प्रतिनिधि अशोक चौधरी, रंजित चौधरी, रामधुनी ९ नं. वडा अध्यक्ष घनश्याम चौधरी, नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनक ऋषि राई, प्रेस युनियन सुुनसरी निवर्तमान अध्यक्ष पवन अधिकारी, फोनिज सुनसरी निवर्तमान अध्यक्ष धिरेन्द्र चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । भने कार्यक्रम संचालन तथा उद्घोषण प्रदिप चौधरी र सरस्वती चौधरीले गरेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का जेसीजको सामूहिक तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न

अर्काे पाेस्ट

थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम भगवान जिमूतवाहनको पूजा र महिला नेतृत्वको शन्देस

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft