मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पहिचानको महत्व र संस्कृति झल्काउँदै थारु चलचित्र तथा साँस्कृतिक संघको जितिया पावैन कार्यक्रम

by By: रामधुनी खबर
असोज १६, २०८०
399

राख संवाददाता
झुम्का,असोज १६ । थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीले जितिया पावैन बिशेष साँस्कृति कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको छ । कार्यक्रममा थारु पौराणिक महत्व तथा पहिचानका लोप संस्कृति झल्काउँदै प्रमुख आयोजक संघले जितिया पावैन कार्यक्रम सम्पन्न गरेको हो ।
तराई महिलाहरुले धार्मिक आस्थाले कठोर व्रतगरी बालबच्चाको दिर्घायुुको कामना गर्दै जितिया पर्व मनाउने परम्परा रहेको छ । यस परम्परालाई निरन्तरता दिन प्रतिनिधि सांसद कल्पना चौधरीको प्रमुख आतिथ्यतामा रामधुनी वडा नं. ६ र ७ को थारु समुुदायहरु सहभागी हुुँदै संयुक्त रुपले कार्यक्रमलाई भब्यता प्रदान गरिएको छ ।
कार्यक्रममा थारु परम्परागत रुपले मान्दै आएको संस्कार घर भित्र्याएको धान सुरक्षित गर्न मोइर राख्ने परम्परा, विवाहमा दिइने र पुरुषले बोकेर बेहुलाको घर सम्म लाने भारभरिया, विवाहमा महिलाले लिने डब्बा, टुुङ्गनी, कसौवा तमघैल (गांग्री) दिइने चलनको महत्व झल्काएका छन् । जुन अहिले लोप अवस्थामा छ । यी संस्कार र परम्परा थारु पहिचानका मान्यता रहेकोले लोप हुन लागेकोले उजागर गरेका छन् ।
जितिया पर्वको महत्व र आदिवासी तथा गैर आदिवासीहरुमा एकता, महिला नेतृत्वमा अग्रसरतामा पहुचका लागि कार्यक्रमको उधेश्य सहित आयोजना गरेको थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी अध्यक्ष जानकारी चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँटोलबाट झाँकी सहित बृहत उपस्थितीमा मञ्च मार्फत विविध कला प्रस्तुत गरिएको थियो । थारु समुदायको मौलिक धुम्रानाच, सकेलानाच, लाखेनाच, च्याम्ब्रुुङ्ग, हुर्रानाच प्रस्तुतगरी कार्यक्रमलाई समावेसी गरिएको थियो ।
कार्यक्रममा समन्वय थारु कल्याणकारिणी सभा र थारु महिला सभा रामधुनी वडा नं. ६ र ७ वडा समिति रहेको मुल आयोजक समितिले जनाएको छ । रामधुनी वडा नं. ६ बक्लौरीको आइतवारे हटिया लाग्ने स्थानमा महिला दिदी बहिनीहरुले सामुहिक रुपले भेला भएर कार्यक्रम गरिएको मुुल आयोजक समितिका जनक चौधरीले जानकारी दिए ।
कार्यक्रममा रामधुनी ७ नं. वडा अध्यक्ष केशव गौतम, रामधुनी ६ नं. वडा कार्यालयको प्रतिनिधि अशोक चौधरी, रंजित चौधरी, रामधुनी ९ नं. वडा अध्यक्ष घनश्याम चौधरी, नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनक ऋषि राई, प्रेस युनियन सुुनसरी निवर्तमान अध्यक्ष पवन अधिकारी, फोनिज सुनसरी निवर्तमान अध्यक्ष धिरेन्द्र चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । भने कार्यक्रम संचालन तथा उद्घोषण प्रदिप चौधरी र सरस्वती चौधरीले गरेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का जेसीजको सामूहिक तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न

अर्काे पाेस्ट

थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम भगवान जिमूतवाहनको पूजा र महिला नेतृत्वको शन्देस

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft