मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा एकिकृत जितिया पावैन कार्यक्रम सम्पन्न, कार्यक्रममा थारु पहिचानको कला प्रस्तुती

by By: रामधुनी खबर
असोज २०, २०८०
411

रामधुनी खबर संवाददाता
झुम्का,असोज २० । थारु पहिचानको साँस्कृतिक कला प्रस्तुत गर्दै झुम्काको जितमहान चौकमा एकिकृत जितिया पावैन कार्यक्रम २०८० सम्पन्न गरेको छ । थारु कल्याणकारिणी सभा नगर समिति रामधुनीको आयोजनामा थारु समुदायमा पौराणिक कालखण्डदेखि रहेको परम्परागत कला प्रस्तुत गरीएको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । जितिया पोखरी व्रतालुहरुमा व्रत शुुभसम्पन्न गर्न धार्मिक महत्व मानिन्छ । धार्मिक महत्व रहेको जितिया पोखरीमा प्रमुख अतिथी चौधरीले फुल अक्षताले पूूजापाठगरी कार्यक्रम उद्धघाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख चौधरीले थारुहरुमा आफनै मौलिक परम्परा, संस्कार, संस्कृतिको धनी रहेको बताउनुभयो । मौलिक परम्परा, संस्कार, संस्कृति थारु समुदायको पहिचान रहेकोले रामधुनी नगरमा ४२ प्रतिशत थारु समुदाय उच्च मनोबलका साथ एकतागरी थारु समुदाय अगाडी बढ्नुपर्ने भन्दै नगरपालिकाबाट हरेक क्षण साथ र सहयोग रहने नगर प्रमुख चौधरीले बताउनुभयो ।
जितिया पर्वको अवसरमा शुुभकामना दिनुुहुुँदै नगर उपप्रमुख तारा थापाले थारु समुदायको पर्व, मौलिक संस्कार निरन्तर संरक्षणमा लाग्नुपर्ने बताउनुुभयो । थारु समुदायको ऐतिहासिक धरोहर ग्रामथान संरक्षण गर्न सुचीकृत नीति लिएको र यसका लागि नगरपालिकाबाट बजेट समेतको सहयोग गर्न प्रतिबद्ध रहेको उपप्रमुख थापाले बताउनु भएको छ ।
थारु कल्याणकारिणी सभा रामधुनी नगर सभापति राजकुमार चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा धुम्रानाच, जटजाटिन, झुमैर, बिरहैन, फोकरा मौलिक परम्पराका कलाहरु प्रस्तुत गरिएको छ । यसैगरी जितिया गीतमा बालकलाकारहरुले नृत्य प्रस्तुतगरी पर्वको महत्व उठान गरिएको छ । कार्यक्रममा थारु परिकार तेलपौर रोटी, बगियाको प्रवद्र्धन गरेको छ ।
पूर्व प्रदेश सांसद नवोदिता चौधरीले जितिया पर्वको शुुभकामना दिनुुहुँदै थारु समुदायले अबका दिनहरुमा शिक्षा स्तर बढाउनुु पर्ने उठान गर्नुभयो । कार्यक्रममा आफनो धाराणा राख्नुहुँदै शिक्षा स्तर बढाउन सके आर्थिक स्तर बढ्ने र आर्थिक स्तर बढ्न सके समुदायको स्तर बढ्ने भन्दै शिक्षा केन्द्रित स्तर बढाउन थारु समुदायले ध्यान दिन आवश्यक रहेको सुुझाव दिनुुभयो । पूूर्व प्रदेश सांसद चौधरी महिला नेतृत्व गर्दै राजनीतिक र सामाजिक क्षेत्र तथा महिला अधिकारमा अग्रसर हुनुुहुन्छ ।
बृहत उपस्थिती रहेको कार्यक्रममा रामधुनी वडा नं. १ का वडा अध्यक्ष महेश चौधरी, वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरी, निवर्तमान उपमेयर सबिना चौधरी, नेपाली काग्रेश रामधुनी नगर समिति अध्यक्ष सुदिप अधिकारी, थारु महिला सभा रामधुनी नगर समिति सभापति लिलि चौधरीले जितिया पर्वको अवसरमा व्रतालुहरुमा शुस्वास्थ्यको कामना गर्दै शुुभकामना ब्यक्त गर्नु भयो ।
कार्यक्रममा कार्यक्रम संयोजक आशा चौधरीले उपस्थित अतिथी लगायत व्रतालुहरुमा स्वागत गर्नुभयो । यसैगरी कार्यक्रम संचालन थारु कल्याणकारिणी सभा नगर सचिव जनक चौधरी, उपसभपति सिता थरुनी, उपसभापति सनम चौधरीले उद्घोषण गरेका थिए ।
कार्यक्रमको मूूल आयोजक थारु कल्याणकारिणी सभा नगर समिति रामधुनी रहेको थियो भने आयोजक थारु महिला सभा रामधुनी नगर समिति, थारु महिला उत्थान समाज, रामधुनी सुनसरी र थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरी रहेको मूुल आयोजक संस्थाले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम भगवान जिमूतवाहनको पूजा र महिला नेतृत्वको शन्देस

अर्काे पाेस्ट

इटहरी लविपुर जितिया कार्यक्रम,पर्वको धार्मिक आस्था र परम्परागत थारु संस्कार प्रदर्शनी

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft