मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारव्यवस्थापन र उपभोक्ता हितसंरक्षणमा रामधुनी नगरपालिका र झुम्का उद्योग बाणिज्य संघको अनुगमन

by By: रामधुनी खबर
असोज २४, २०८०
390


रामधुनी खबर संवाददाता
झुम्का, असोज २४ । झुम्का बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षण गर्न बुधवार रामधुनी नगरपालिका र झुम्का उद्योग बाणिज्य संघले संयुक्त अनुगमन गरेको छ । चाडपर्वमा व्यापारी व्यवसायीहरुको सहजताका लागि बजार व्यवस्थापन र दैनिक उपभोग्य बस्तुमा हुनसक्ने असहजता प्रति चासो दिदै बजार अनुगमन गरेको हो ।
बजार अनुगमनले किराणा पसलबाट केही मात्रामा बिक्री गर्न राखिएको अखाद्य वस्तु भेटिको छ । उत्पादन मिति भन्दा म्याद नाघेको सो अखाद्य वस्तुलाई अनुगमन टोलीले नष्टगरी आगामी दिनहरुमा ध्यान दिन सुझाव दिएको छ । अनुुगमनबाट पसलमा मुल्यसुची नराखिएको भेटिएको छ । चाडपर्वमा कृतिम अभाव सिर्जनागरी मुल्य बृद्धी गर्नसक्ने भएकोले पसलमा मुल्यसुची राख्न सचेत गराएको छ ।
सडक अरुद्ध हुने गरी घर निर्माणका सामाग्रीहरु सडकमै राखिएको भेटिएको छ । बजारको हसनपूर जाने बाटोमा बाटो अबरुद्ध हुनेगरी घर निर्माणका सामाग्रीहरु राख्दा हटाउन अनुगमन समितिले निर्दैशन दिएको छ । यसैगरी मुख्य सडक राजमार्ग छेउमा फलफुलका पसल अव्यवस्थित रुपले राख्दा चाडपर्वको भिडभाडले सडक अबरुद्ध भई दुर्घटनाको सम्भावित जोखिम हुन सक्ने भएकोले व्यवस्थित रुपले राख्न निर्दैशन दिएको छ ।
झुम्का बजारका अधिकांश पसलहरु दर्ता गरे पनि नविकरण भने नगरेको पाइएको छ । दुुई बर्ष तथा सो भन्दा बढी समय सम्म नविकरण नगरेको पसलहरुलाई छिटै नविकरण गर्न सुझाव दिएको छ ।
चाडपर्वको आगमन संगै बजारमा दैनिक उपभोग्य वस्तुहरुमा कृतिम अभाव, कालोबजारी, मुल्यबृद्धी, म्यादगुज्रिएको तथा अखाद्य वस्तुको बिक्री बितरण नगर्न नगराउन सम्बन्धित सबै ब्यापारीहरुमा अनुरोध गरिएको छ । सबै पसलहरुमा आफुले बिक्री वितरण गर्ने सामाग्रीहरुको अनिवार्य रुपमा मुल्य सुची उपभोक्ता देखिने स्थानमा राख्नुपर्ने जनाएको छ ।
छाडा चौपाया वस्तुहरु छाडा नछोड्न सुचना गरिएको छ । छाडा चौपायाका कारण कुनै दुर्घटना भएमा चौपाया धनी स्वयम जिम्मेवार हुने र सो क्षति चौपाया धनीबाट व्यहोर्नु पर्ने जानकारी गराइएको छ । सिटि सफारी लगायत अन्य सवारीका साधनहरु झुम्का बजारको मुख्य चौकमै सडक अवरुद्ध हुनेगरी जथाभावी पार्किङ्ग नगरी तोकिएको स्थानमा मात्र पार्किङ्ग गर्न जानकारी गराइएको छ ।
नगरपालिका र बाणिज्य संघको संयुक्त अनुुगमनले गरिएको सचेतना र निर्दैशन अटेर गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाईने नगरपालिकाले जनाएको छ ।
अनुगमनमा रामधुनी नगरपालिकाका प्रशासन अधिकृत सुवोध निरौला, कृषि शाखा अधिकृत तुलसी चौधरी,स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पाैडेल,पशु सेवा शाखा अधिकृत, झुुम्का उद्योग बाणिज्य संघ अध्यक्ष नविन चौधरी, मनिष गेलाल, शुरेस चौधरी, पत्रकार लगायतका सरोकारवाला संघ संगठनको प्रतिनिधिहरुको सहभागीतामा अनुगमन गरिएको हो । अनुगमन तथा बजार व्यवस्थापन समितिको संयोजक रामधुनी १ नं. वडाका वडा सदस्य रामभरोसी साह छन् ।

अगाडिकाे पाेस्ट

मेलमिलापबाट विवाद समाधानका लागि रामधुनी ९ नं. वडाका टोल विकास र जनप्रतिनिधिहरुमा अभिमुखीकरण

अर्काे पाेस्ट

स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा, असल बचतकर्ता तथा ऋणीलाई सम्मान

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft