मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा, असल बचतकर्ता तथा ऋणीलाई सम्मान

by By: रामधुनी खबर
असोज २७, २०८०
405

रामधुनी खबर संवाददाता
झुम्का, असोज २७ । रामधुनी वडा नं. ५ स्थित रहेको स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । आ.ब. २०७९÷०८० को आय ब्यय प्रस्तुत गर्दै शनिवार १४ औँ बार्षिक साधारण सभा समपन्न गरेको हो ।
संस्थापक अध्यक्ष डिल्ली कार्कीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा लेखा संयोजक दुुर्गा फुुयालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत आर्थिक प्रतिवेदनमा आ.ब. २०७९÷०८० मा बचत तथा निक्षेप रु ३ करोड ३५ लाख ६२ हजार चार रुपैया कारोवार गरी रु ३ करोड ८७ लाख ८२ हजार एक सय बाह्र रुपैया ऋण लगानी गरेको उल्लेख रहेको छ ।
संस्थामा ११७७ जना शेयर सदस्य छन् । संस्थाको शेयर पुुँजी रु १ करोड २८ लाख १८ हजार दुुई सय रहेको छ । संस्था १४ औँ बर्ष सम्म आईपुुग्दा जगेडा कोष रु २९ लाख ७० हजार ३४ रुपैया ९९ पैसा राख्न सफल भएको छ ।
संस्थाले असल बचतकर्ता तथा ऋणीलाई सम्मान गरेको छ । बचत तर्फ पिंकी चौधरी रामधुनी वडा नं. ३, अन्जली उप्रेती रामधुनी ५, सिदान्त थापा रामधुनी ५, मंगली देवी ऋषिदेव रामधुनी २ र रामधुनी वडा नं. ५ का दर्शन थापालाई असल बचतकर्तामा सम्मान गरेको छ । यसैगरी बचत तथा ऋणमा रामधुनी वडा नं. ५ की भगवती चौधरी, रामधुनी ५ का आनन्द स्वर्णकार, अमित सोनी र सारदा सदालाई सम्मान गरेको संस्थाका व्यवस्थापक महेन्द्र चौधरीले जानकारी दिए ।
सहकारीका अध्यक्ष सुजित रायको सभापतित्वमा आयोजित साधारणसभामा बक्ताहरुले स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाले कारोवार उत्कृष्ट गरेको तथा बचतकर्ताहरुलाई बिश्वास दिलाउन सफल रहदै आएको बताए ।
बक्ताहरुले हालमा रामधुनी नगर क्षेत्र अन्तर्गत रहेको सहकारीहरुको समस्या समेत उठान गरेको छ । सहरकारीको नीति नियम भएपनि पालनाको अभाव, आर्थिक मन्दी, बिश्व युद्धको कहर, उत्पादन नहुने ठाउमा लगानी गरेको अवस्थाले सहकारी धारासायी बन्दै गएको बताए ।
बक्ता रामधुनी नगर कृषि शाखा प्रमुख सत्यनारायण चौधरी, जनभावना आसुुतोष बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि श्याम श्रृेष्ठ, प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका माधव कट्टेल, गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाका अन्जुु चौधरी, मैत्रि बचत तथा ऋण सहकारी संस्थाका हरीलाल चौधरी, गजराज बचत तथा ऋण सहकारी संस्थाका दिनेश बस्नेत, गुणराज काफले लागयतका बक्ताले धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थापक सदस्य यादव रिजालले गरेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का बजारव्यवस्थापन र उपभोक्ता हितसंरक्षणमा रामधुनी नगरपालिका र झुम्का उद्योग बाणिज्य संघको अनुगमन

अर्काे पाेस्ट

शैक्षिक रोजगार सिर्जना गर्न रामधुनी ९ नं. वडा कार्यालयद्धारा लोकसेवा तयारी कक्षा संचालन

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft