मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

शैक्षिक रोजगार सिर्जना गर्न रामधुनी ९ नं. वडा कार्यालयद्धारा लोकसेवा तयारी कक्षा संचालन

by By: रामधुनी खबर
कार्तिक १, २०८०
329

रामधुनी खबर संवाददाता
झुम्का,कार्तिक १ । रामधुनी ९ नं. वडा कार्यालयले बुधवार देखि लोक सेवा तयारी कक्षा संचालन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरेको छ । शैक्षिक बेरोजगार कम गर्दै शैक्षिक रोजगार सिर्जनाका लागि २१ दिने लोक सेवा तयारी कक्षा संचालन सुरु गरेको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा कक्षा संचालनको समुद्धघाटन भएको छ । कार्यक्रममा बिद्यार्थीहरुमा हौसला तथा प्रोत्साहन गर्न प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, रामधुनी नगर उपप्रमुख तारा थापा, बिद्यालयका प्रद्यानाध्यापक, शिक्षक, अधिकृतहरुको उपस्थिती रहेको थियो । रामधुनी वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा आयोजित लोकसेवा तयारी कक्षा संचालन कार्यक्रममा उपस्थित बक्ताहरुले लगनशिल र धैर्यताले लोकसेवा उत्तिर्ण गर्न सक्ने सुझाव दिनुभएको छ ।
सरकारी सेवामा प्रवेस गर्न लोकसेवा पास गर्नै पर्ने भएकोले सहभागी बिद्यार्थीहरुलाई आँट र साहसले अध्ययन गर्न जिल्ला प्रमुख अधिकारी हुमकला पाण्डेले बताउनु भयो । लोकसेवा तयारी गरिरहेका बिद्यार्थीहरुले नयाँ–नयाँ कुराहरुमा अपडेट हुनुपर्ने लगायत संविधान, कार्यविधि कानून, ऐन, नियम, नियमावली बारेमा जानकार हुँदै लक्ष्य लिएर अध्ययन गर्नुपर्ने बताउनुु भयो ।
बिद्यार्थी तथा कुनै ब्यक्ति सफल हुन अभ्यास र प्रयास तथा अडिग हुनुपर्ने नगर प्रमुख शंकरलाल चौधरीले बताउनु भएको छ । आफुले लिएको उधेश्यमा कतै विचलित नभइकन निरन्तर लागि रहनुपर्ने मेयर चौधरीले धारणा राख्नुभयो ।
‘असफलता नै सफलताको प्रतिक हो, सोही अनुसार चल्नुपर्ने हुन्छ, हरेस नमानी दृढताले बस्नुपर्छ’ भन्दै उपप्रमुख तारा थापाले बिद्यार्थीहरुमा प्रेरणादायी भावहरु उठान गर्नुभयो । उपप्रमुख थापाले ‘म, आफै पार्टीमा लागे पनि पार्टीमा मेरो कुनै मुुल्याङ्क थिएन, तथापी पनि म, धैर्यताले बसे पार्टीको नीति नियमले काम गर्दै गए, अहिले उपमेयरको भूुमिकामा छुु, यो सफलता धैर्यताले नै हो’ भन्दै बताउनु भयो । लोकसेवामा एक पटकमा भएन भने धैर्यताले पुनः प्रयास गर्दै जाँदा अवश्य सफलहुने उपप्रमुख थापाले सुुझाव दिनुु भएको छ ।
कार्यक्रममा सहजिकरण रामधुनी नगरपालिकाका अधिकृत सुवोध निरौलाले गरिरहेको छ । कक्षाका लागि २५ जना बिद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा संचालन सहित लोकसेवा तयारीका लागि शैक्षिक सामाग्री समेत वितरण गर्ने बिजय चौधरीले जानकारी दिए ।
कक्षा संचालन उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लालकुमारी चौधरी, डिभिजन वन कार्यालयका रेन्जर रमेश रेग्मी, वडाका सचिव जयराम चौधरी, चन्द्रकमल माबि मर्चियाका प्रद्यानाध्यापक मायाराम चौधरी, शनिचरे माबिका प्रद्यानाध्यापक शंकर चौधरी, त्रिभुवन माबि इनरुवाका जागेश्वर साह, चन्द्रकमल माबि मर्चियाका पूर्व प्रद्यानाध्यापक विश्व कार्की, वडा सदस्य सरिता सदाको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथी तथा बिद्यार्थीहरुमा वडा सदस्य विमा थापाले मन्तब्यबाट स्वागत गर्नु भयो ।

अगाडिकाे पाेस्ट

स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा, असल बचतकर्ता तथा ऋणीलाई सम्मान

अर्काे पाेस्ट

उद्धोषण कला विकासका लागि रामधुनी ९ नं. वडाका बालबालिकाहरुलाई तालिम

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft