मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

उद्धोषण कला विकासका लागि रामधुनी ९ नं. वडाका बालबालिकाहरुलाई तालिम

by By: रामधुनी खबर
कार्तिक २०, २०८०
383

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २० । बालबालिकाहरुले सार्वजानिक कार्यक्रम तथा मञ्चमा औपाचरीक कार्यक्रम बोल्न सक्ने क्षमता विकासका लागि उद्धघोषण तालिम समपन्न गरेको छ । रामधुनी ९ नं.वडा कार्यालयले वडा बालसंजालका नव पदाधिकारी लगायतका बालबालिकाहरुलाई दुुई दिवसीय उद्धोषण तालिम दिएको हो ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” को उधेश्य सहित बालबालिकाहरुको लागि तालिमको आयोजना गरेको वडा कार्यालयले जनाएको छ । तालिमबाट संचार, सुचना, उद्धोषण, उद्धोषण गर्न सक्ने नियम, औपचारीक कार्यक्रमको प्रकृयाका नियम, उद्धोषकले माइकमा बोल्ने उपाय, मनतब्य दिन सक्ने उपायहरुको बारेमा जानकार भएको सहभागी प्रशिक्षार्थीहरुले बताए ।
यस तालिमले कुनै पनि सभा, सम्मेलन, गोष्ठी, भेला, कार्यक्रम औपचारिकता अनुसार फर्मेट बनाउन सक्ने र सजिलै उद्धोषण गर्न सक्ने क्षमता विकास भएको अन्सुु चौधरीले जानकारी दिइन् । समृद्ध वडा बाल संजालकी सचिव समेत रहेकी चौधरीले उद्धोषण तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमको संचालिका हुँदै प्रष्टरुपले संचालन गरेकी थिइन् ।
तालिमबाट पाएको उपलब्धि व्यवहारमा ल्याउदै थप अभ्यास गर्ने र उद्धोषणकलामा सक्षम बन्दै जाने र प्रष्ट बक्ता बन्न सक्ने सुत्रहरु पाएको सहभागी प्रशिक्षार्थी नितिका धिमिरेले बताइन् । यसैगरी आउदा दिनहरुमा कार्यक्रम संचालन तथा उद्धोषण गर्न सक्ने आँट आएको र यसले साकारात्मक विचारहरुको सिर्जना गर्न समेतक सहयोग गर्ने भन्दै प्रशिक्षार्थी एलेक्स चौधरीले बताए ।
तालिम उद्धघाटनमा जिल्ला समन्वय समिति सुनसरी सदस्य लाल कुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष घनश्याम चौधरीले आफनो धारणा राख्दै वडाका बालबालिकाहरुमा सुुनिश्चित भबिष्य निर्धारणका लागि बालबालिका लक्षित योजना प्राथमिक्तामा राखेको जानकारी दिनुुभयो । भोलीका कर्णधार बालबालिकाहरु आजबाटै समयमै व्यवहारिक भएर अगाडी बढ्न सहीबाटो देखुन र प्रोत्साहन होउन भन्ने अपेक्षा रहेको वडाअध्यक्ष चौधरीले बताउनुभयो ।
कार्यक्रममा वडा बाल सम्पर्क ब्यक्ति बिजय चौधरी, निवर्तमान समृद वडा बाल संजाल अध्यक्ष मोनिका चौधरीले धारणा राख्दै बालबालिकाहरुमा उद्धोषणका लागि जागरुक गराएका थिए । तालिममा दुुई दिन प्रशिक्षण अमर खड्काले गरेको बाल समपर्क ब्यक्ति बिजय चौधरीले जानकारी दिए । कार्यक्रमका लागि सहजिकरण रामधुनी खबर साप्ताहिकले गरेको थियो । तालिममा ३५ जना बालबालिका सहभागी थिए ।

अगाडिकाे पाेस्ट

शैक्षिक रोजगार सिर्जना गर्न रामधुनी ९ नं. वडा कार्यालयद्धारा लोकसेवा तयारी कक्षा संचालन

अर्काे पाेस्ट

रामधुनी ४ इक्राहीको बिच्छुधामीग्रामथानले चर्चेकोजग्गा हडप्नखोज्ने बिरुद्ध नगरका गहदारजेवार एकजुट

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft