मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ४ इक्राहीको बिच्छुधामीग्रामथानले चर्चेकोजग्गा हडप्नखोज्ने बिरुद्ध नगरका गहदारजेवार एकजुट

by By: रामधुनी खबर
कार्तिक २१, २०८०
408

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २० । थारु समुदायको सभ्यता विकास संगै स्थापना गरेको ग्रामथान (डिहवारथान) र थारु साँस्कृतिक भूमि अहिले अतिक्रमणमा पर्दै गएको छ । थारु समुदायको संस्कार, संस्कृति, पहिचानको रुपमा रहेको पौराणिक एवं धार्मिक धरोहर ग्रामथान संग जोडिएको साँस्कृतिक भूमि अतिक्रमणले ग्रामथान संकटकै अवस्थामा आएको छ ।
रामधुनी नगर अन्तर्गत वडा नं. ४ साविक सिंगीया गाविस वडा नं. २ इक्र्राही गाउँ पूर्व रहेको राजाजी बिच्छुधामी ग्रामथान संग जोडिएको त्याहाका साँस्कृतिक भूमि तथा चर्चेको जग्गा हड्प्ने मनसायले अदालत सम्म मुद्धा जोडेर ग्रामथान हटाउन खोजिएको छ । सम्मानित सुनसरी जिल्ला अदालतबाट शनिवार डोर खटिजाने परिपत्र आएको हुुँदा त्याहा गहदार जेवारहरुको बृहत उपस्थिती रहेको थियो । अदालतबाट भने खटिने कर्मचारी अनुपस्थित रहयो । ग्रामथान हटाउन त्यही ग्रामथान पूूर्व रहेको जग्गा धनी बेदबहादुर वस्नेत तथा उन्को छोरा रामकुमार वस्नेत ग्रामथान बिरुद्ध वादी रहेको छ ।
इक्राहीको ग्रामथान अवस्थित रहेको जग्गा साँस्कृतिक भूूमि रहेपनि सो साँस्कृतिक भूमिमा रहेको ग्रामथान हटाएर वादीलाई चलन गर्न दिनुपर्ने अदालतबाट भनिएको छ । यसो भनिए पनि ग्रामथानले न, त उस्को जग्गालाई मिचेको छ न, त निकास नै छेकिएको छ । भूमि सुधार लागु हुुनुु भन्दा पहिलेको ग्रामथान हटाएर थारुको साँस्कृतिक भूमि हड्प्न खोजेको स्थानीय तथा सो ग्रामथानका सचिव रामप्रसाद चौधरीले जानकारी दिए ।
ग्रामथान बिरुद्ध वादी रहेको वस्नेतले ग्रामथान अवस्थित रहेको जग्गा क्षेत्रफल थारु साँस्कृतिक भूूमि हत्याउन खोजेको देखिन्छ । ऐतिहासिक रुपमै रहेको त्याहाको ग्रामथान हटाउन चलखेल हुँदा सो बिरुद्ध रामधुनी नगरका गहदार, जेवार एकजुट भएका छन् । शनिवार रामधुनी नगरका गहदार जेवार सोही ठाउँमा भेलाहुँदै ग्रामथान संरक्षणका लागि एकजुट भएर लाग्ने भएका छन् ।
परापूर्वकाल देखिनै थारु समुदाय वसोवार गर्दै आएको र गाउँको पूर्व राजाजी बिच्छुुधामी ग्रामथानमा पूजापाठ गर्दै आएको हुँदा ऐतिहासिक, पौराणिक धरोहर कुनैपनि वाहानामा बिस्थापित गरे बिद्रोहमा जाने गहदार जेवारले जनाएको छ । ग्रामथान संरक्षण समिति सुनसरीका जिल्ला संयोजक तथा अभियानकर्ता महिनारायण चौधरी दासले थारु समुदायको धार्मिक साँस्कृतिक माथी हमलाको प्रतिकार गर्दै विद्रोह गर्ने चेतावनी दिएको छ ।
गहदार,जेवारको भेलामा उपस्थित रामधुनी ४ नं. वडाका वडा अध्यक्ष कमल कार्कीले थारु समुदायको ग्रामथान बिस्थापित हुन नदिने प्रतिबद्धता जनाएको छ । ग्रामथान संरक्षणको पक्षमा लाग्दा वडा सदस्य हुँदै स्वयम मेरो नाममा समेत मुद्धा लगाएको वडाअध्यक्ष कार्कीले बताउनुु भयो । तसर्थ ग्रामथान संरक्षणमा हिजो पनि लागे, आज पनि लाग्छुु, भोली पनि लागि रहने धारणा ब्यक्त गर्नुभयो । अबका दिनमा ऐतिहासिक धरोहर संरक्षणमा यहाका थारु समुदाय एकजुटताले अगाडी बढ्नुु पर्ने समेत धारणा ब्यक्त गर्नुभयो ।
ग्रामथान बिरुद्ध लाग्ने त्यसता ब्यक्तिहरुलाई थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले घोर बिरोध गर्ने अध्यक्ष राजकुमार चौधरीले जनाएको छ । ग्रामथानको महत्व, अस्थाका केन्द्रित, ऐतिहासिकताका बारेमा जानकारी दिदै यहाका ग्रामथान विस्थापित भए पूर्व देखि पश्चिमका थारु समुदाय माथी चोट पुुग्ने बताएको छ । थारु साँस्कृतिक, धार्मिक धरोहर माथी कोही कसैले आक्रमण गरे त्यस विरुद्ध थारु संघ संगठन सशक्त रुपले लाग्ने जनाएको छ ।
बि.सं. १७२३ ताका बाबा बनखण्डी गुुरुले रामधुनी मन्दिर स्थापना गर्न आउँदा सोही इक्राही गाउँका थारु समुदायले सहयोग गरेको र त्यो समय भन्दा अगाडी देखिको ग्रामथान रहेको स्थानीय ७५ बर्षिय वसन्त कुमार चौधरीले जानकारी दिए । इक्राही लगायतका थारु टोलमा सदियौँ देखी प्राचीन र पुरातात्विक महत्व भएको धरोहर स्थानीय सरकार, प्रदेश तथा संघिय सरकारले संरक्षण गर्ने नीति र दायित्व पुरा गर्नु पर्नेमा ग्रामथान हटाउन खोजेर थारु समुदाय माथी विभेद गरेको स्थानीय चौधरीको भनाई रहेको छ ।
इक्राही राजाजी बिच्छुधामी ग्रामथान समस्या प्रति गहदार, जेवारको भेलामा ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष सावित्री चौधरी, थारु महिला उत्थान समाजकी संस्थापक अध्यक्ष सिता थरुनी, वर्तमान कोषाध्यक्ष मन्जु चौधरी, सौनधामी ग्रामथान संरक्षण समिति अध्यक्ष सुनिल चौधरी, होहीलाल चौधरी लगायतका अभियान कर्ताहरुको उपस्थिती रहेको थियो ।
गहदार, जेवारको भेलामा स्थानीय ग्रामथान अध्यक्ष भुटाई चौधरीको सभापतित्वमा भएको थियो भने सो भेलाले नगरको ग्रामथान संरक्षणका लागि सिता थरुनीको अध्यक्षतामा ९ सदस्य समितिको “ग्रामथान संरक्षण समिति रामधुनी नगर समिति” गठन गरिएको छ । जिल्ला अध्यक्ष सावित्री चौधरी र जिल्ला संयोजक महिनारायण चौधरीको उपस्थितीमा रामधुनी नगर समिति गठन गरेको जिल्ला संयोजक चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

उद्धोषण कला विकासका लागि रामधुनी ९ नं. वडाका बालबालिकाहरुलाई तालिम

अर्काे पाेस्ट

नेकपा एमाले रामधुनीनगर कमिटीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft