मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ९ नं. वडाको लोकसेवा तयारी कक्षा र शैक्षिक सामाग्री वितरणले बिद्यार्थी उत्साहित

by By: रामधुनी खबर
मंसिर १, २०८०
377

रामधुनी खबर संवाददाता
झुम्का,मंसिर १ । रामधुनी ९ नं. वडाबाट लोकसेवा तयारीका शैक्षिक सामाग्री वितरण गर्दै शनिवार लोकसेवा कक्षा सम्पन्न गरेको छ । युवाहरुमा शैक्षिक बेरोजगार बढ्दै गइरहेको अवस्थामा शैक्षिक रोजगार सिर्जनागर्न वडाले २१ दिने लोक सेवा तयारी कक्षा तालिम सम्पन्न गरेको हो । तालिमले बिद्यार्थीहरु उत्साहित भएका छन् ।
जिल्ला समन्वय समिति सुनसरी सदस्य लालकुमारी चौधरीको प्रमुुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा वडाबाट सहभागी प्रशिक्षार्थीहरुलाई नायब सुुब्बाको दृतिय र तृतिय तहको शैक्षिक सामाग्री वितरण गरेको छ । यसले लोकसेवा तयारीका लागि थप सहयोग पुुग्ने छ । निजामति कर्मचारी तथा शिक्षक सेवामा तयारी गर्ने बिद्यार्थीहरु संघर्षशिल भएर तयारी गर्नुुपर्ने जिल्ला समन्वय समितिकी सदस्य चौधरीले सुुझाव दिनुुभयो । संघर्षशिल बिद्यार्थीहरुलाई जिल्लाबाट समेत सहयोग उपलब्ध गराउने सदस्य चौधरीले बताउनुु भयो ।
रामधुनी ९ नं. वडामा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारका लागि प्राथमिक लक्ष्य रहेको वडाअध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुुभयो । समाजको चुनौति र समस्याको रुपमा रहेको बरोजगारलाई कुनै पनि पक्षबाट न्युनिकरण गर्न वडा कार्यालयबाट क्रमबद्ध योजना ल्याईरहेको उठान गर्नु भयो । वडामा शिक्षित र रोजगार भएको युवाहरु हेर्न चाहेकोले वडासरकारबाट यसैमा योजना सहित लगानि गरिरहेको धारणा राख्नुभयो । यसैगरी लोक सेवामा परिणाम मुखि बनाउन प्रत्येक शनिवार थपकक्षा संचालन गर्ने वडाअध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
लोकसेवा तयारी कक्षा संचालनले प्रतिस्पर्धाका लागि सहज र बलियो उपायहरुको बारेमा जानकार भएको प्रशिक्षर्थी गोविन्द चौधरीले बताए । लोकसेवामा लिखित तथा पहिलो चरणमा समेत पास गरिसकेका चौधरीले अबका दिनमा लोकसेवामा सशक्तभएर लाग्न क्षमता विकास भएको बताए । यसैगरी मोनिका चौधरीले आफु यस क्षेत्रमा नयाँ भएको बताउदै कक्षा संचालनले लोक सेवा सहित अन्य क्षेत्रको अध्ययनका लागि समेत सहज भएको र उत्साहित भएको बताइन् । यस कक्षाले लोक सेवामा प्रतिस्पर्धा गर्न सक्षम भएको भन्दै प्रशिक्षार्थी रविना चौधरीले आवेदनदिन र फारम भर्न वडाकार्यालयबाट सहयोग माग गरिन् ।
कक्षा समापन कार्यक्रममा उपस्थित अतिथीहरुले मानव संसाधनको विकास, शैक्षिकप्रोत्साहन, युवा सशक्तिकरण, राज्यको साधन स्रोतमा पहँुचका लागि लोकसेवा कक्षा तयारी प्रभावकारी रहेको बताएका छन् । समापन कार्यक्रममा चन्द्रकमल माबि मर्चैयाका प्रद्यानाध्यापक मायारामचौधरी, शनिश्चरे माबि डुुम्राहाका लेखापाल कृष्ण चौधरीले बिद्यार्थीहरुमा प्रोत्साहन गर्दै आफनो धारणाहरु ब्यक्त गरेका छन् ।
रामधुनी ९ नं. वडा कार्यालयको सहयोगमा २१ दिन लोक सेवा कक्षाका लागि रामधुनी नगरपालिकाका प्रशासन अधिकृत सुवोध निरौला, लेखाअधिकृत बिरेन्द्र सिग्देलले सहजिकरण गरेको बिजय चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

नेकपा एमाले रामधुनीनगर कमिटीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

अर्काे पाेस्ट

छठपर्वको पहिलो दिन पर्वको आगमनको स्वागत गर्दै झुम्कामा समावेसी कलश यात्रा

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft