रामधुनी खबर संवाददाता
झुम्का,मंसिर १ । रामधुनी ९ नं. वडाबाट लोकसेवा तयारीका शैक्षिक सामाग्री वितरण गर्दै शनिवार लोकसेवा कक्षा सम्पन्न गरेको छ । युवाहरुमा शैक्षिक बेरोजगार बढ्दै गइरहेको अवस्थामा शैक्षिक रोजगार सिर्जनागर्न वडाले २१ दिने लोक सेवा तयारी कक्षा तालिम सम्पन्न गरेको हो । तालिमले बिद्यार्थीहरु उत्साहित भएका छन् ।
जिल्ला समन्वय समिति सुनसरी सदस्य लालकुमारी चौधरीको प्रमुुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा वडाबाट सहभागी प्रशिक्षार्थीहरुलाई नायब सुुब्बाको दृतिय र तृतिय तहको शैक्षिक सामाग्री वितरण गरेको छ । यसले लोकसेवा तयारीका लागि थप सहयोग पुुग्ने छ । निजामति कर्मचारी तथा शिक्षक सेवामा तयारी गर्ने बिद्यार्थीहरु संघर्षशिल भएर तयारी गर्नुुपर्ने जिल्ला समन्वय समितिकी सदस्य चौधरीले सुुझाव दिनुुभयो । संघर्षशिल बिद्यार्थीहरुलाई जिल्लाबाट समेत सहयोग उपलब्ध गराउने सदस्य चौधरीले बताउनुु भयो ।
रामधुनी ९ नं. वडामा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारका लागि प्राथमिक लक्ष्य रहेको वडाअध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुुभयो । समाजको चुनौति र समस्याको रुपमा रहेको बरोजगारलाई कुनै पनि पक्षबाट न्युनिकरण गर्न वडा कार्यालयबाट क्रमबद्ध योजना ल्याईरहेको उठान गर्नु भयो । वडामा शिक्षित र रोजगार भएको युवाहरु हेर्न चाहेकोले वडासरकारबाट यसैमा योजना सहित लगानि गरिरहेको धारणा राख्नुभयो । यसैगरी लोक सेवामा परिणाम मुखि बनाउन प्रत्येक शनिवार थपकक्षा संचालन गर्ने वडाअध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
लोकसेवा तयारी कक्षा संचालनले प्रतिस्पर्धाका लागि सहज र बलियो उपायहरुको बारेमा जानकार भएको प्रशिक्षर्थी गोविन्द चौधरीले बताए । लोकसेवामा लिखित तथा पहिलो चरणमा समेत पास गरिसकेका चौधरीले अबका दिनमा लोकसेवामा सशक्तभएर लाग्न क्षमता विकास भएको बताए । यसैगरी मोनिका चौधरीले आफु यस क्षेत्रमा नयाँ भएको बताउदै कक्षा संचालनले लोक सेवा सहित अन्य क्षेत्रको अध्ययनका लागि समेत सहज भएको र उत्साहित भएको बताइन् । यस कक्षाले लोक सेवामा प्रतिस्पर्धा गर्न सक्षम भएको भन्दै प्रशिक्षार्थी रविना चौधरीले आवेदनदिन र फारम भर्न वडाकार्यालयबाट सहयोग माग गरिन् ।
कक्षा समापन कार्यक्रममा उपस्थित अतिथीहरुले मानव संसाधनको विकास, शैक्षिकप्रोत्साहन, युवा सशक्तिकरण, राज्यको साधन स्रोतमा पहँुचका लागि लोकसेवा कक्षा तयारी प्रभावकारी रहेको बताएका छन् । समापन कार्यक्रममा चन्द्रकमल माबि मर्चैयाका प्रद्यानाध्यापक मायारामचौधरी, शनिश्चरे माबि डुुम्राहाका लेखापाल कृष्ण चौधरीले बिद्यार्थीहरुमा प्रोत्साहन गर्दै आफनो धारणाहरु ब्यक्त गरेका छन् ।
रामधुनी ९ नं. वडा कार्यालयको सहयोगमा २१ दिन लोक सेवा कक्षाका लागि रामधुनी नगरपालिकाका प्रशासन अधिकृत सुवोध निरौला, लेखाअधिकृत बिरेन्द्र सिग्देलले सहजिकरण गरेको बिजय चौधरीले जानकारी दिए ।
