मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्काको छठपूजामा सुरक्षाकालागि मेयर चौधरीको ध्यान, कडा निगरानी गर्न सर्वपक्षिय बैठकको निर्णय

by By: रामधुनी खबर
मंसिर ३, २०८०
317

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर ३ । झुम्कामा लाग्ने छठपर्वको पूजा तथा लाग्ने मेलामा शान्ति सुरक्षाका लागि सर्वपक्षिय बैठकबसी कडा रुपले सुरक्षा निगरानी गर्न निर्णय गरिएको छ । मंसिर ३ गते बेलुका र ४ गते बिहान ७ बजे सम्म मेला तथा भिडभाड हुने भएकोले मेयर शंकरलाल चौधरीको सभापतित्वमा आइतवार बैठकबसी सुरक्षाको निगरानी बढाउन निर्णय गरेको हो ।
छठ पर्वको मुख्य दिन आज आइतवार सूर्यको आराधना, उपासना र पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गर्ने र भोली उदाउँदो सुर्यलाई अर्घ दिने भएकोले व्रतालुहरु आज रातभर जाग्राम बस्ने र छठपूजा हेर्न आउनेको भिडभाडले हुन सक्ने उच्श्रृखल गतिविधिलाई नियन्त्रण गर्न शान्ति सुरक्षाका विभिन्न निर्णयहरु गरेको छ ।
प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीको कार्यालय परिसरमा बसेको बैठकले रामधुनी ५, ३ र १ नं. वडामा लाग्ने छठपूजा भब्यता प्रदान गर्न प्रहरी र शसस्त्र प्रहरी बलको समेतको कडा निगरानी रहने छन् । छठपूजामा शान्ति सुरक्षाको मध्यनजर गर्दै मंसिर ३ गते बेलुका ५ः०० बजे देखि मंसिर ४ गते बिहान ७ः०० बजे सम्म झुम्का बजारको मदिरा जन्य पसल बन्द गर्न र मदिरा बिक्री वितरणमा पूर्ण निषेध गर्ने निर्णय गरिएको छ ।
छठपूजा अवधिभर कानुनले वर्जित गरिएका डाइस लगायत तास जन्य खेलहरु पूर्ण निषेध गरिएको छ । छठपूजा मेलामा विभिन्न वाहानामा उच्श्रृखल गतिविधि गरिएको पाइएमा प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्न सक्ने जनाएको छ । छठपूजा अवधिभरी पूर्वमा रामधुनी गेट र पश्चिममा मितेरी पुल बिच सडकमा सवारी आगमनको लागि पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको छ ।
रामधुनी नगरको मुटु झुम्का बजारमा हुने धार्मिक, साँस्कृतिक छठपर्व कुनै किसिमबाट खलल् पुग्न नदिन मेयर चौधरीले ध्यान दिदै झुम्काको छठपूजा तथा मेलामा शुरक्षा निगरानी कडा हुनुु पर्ने बताउनु भयो । नगरको प्रत्यक्ष रुपमा जोडिएको झुम्का लगायतको भित्र नदी, पोखरी, तलाउ, नहरमा गरिने छठ पर्व रामधुनीको पहिचान रहेकोले उल्लासमय रुपले मनाउन शुभकामना समेत दिनुभयो ।
बैठकमा रामधुनी नगरका मेयर शंकरलाल चौधरी, प्रस्तावित इलाका प्रहरी रामधुनी प्रतिनिधि, रामधुनी वडा नं. १ का वडा अध्यक्ष महेश चौधरी, वडा नं. ५ का भोला वास्तोला, वडा नं. ३ का बुधनारायण चौधरी, झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष नविन चौधरी, श्री छठमाता सेवा समिति रामधुनी नगर अध्यक्ष मिलन रौनियार, नेपाली काग्रेश रामधुनी नगर समिति अध्यक्ष सुदिप अधिकारी, थारु कल्याणकारिणी सभा रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, बाणिज्य संघ पूर्व अध्यक्ष धमेन्द्र साह यसैगरी पुष्प कार्की लागायतका सारेकारवाला प्रतिनिधिहरुको छलफल र निर्णय भएको हो ।

अगाडिकाे पाेस्ट

छठपर्वको पहिलो दिन पर्वको आगमनको स्वागत गर्दै झुम्कामा समावेसी कलश यात्रा

अर्काे पाेस्ट

झुम्का छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ, व्यवस्थित छठघाटका लागि मेयर उपमेयरको प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft