मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्काको छठपूजामा सुरक्षाकालागि मेयर चौधरीको ध्यान, कडा निगरानी गर्न सर्वपक्षिय बैठकको निर्णय

by By: रामधुनी खबर
मंसिर ३, २०८०
337

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर ३ । झुम्कामा लाग्ने छठपर्वको पूजा तथा लाग्ने मेलामा शान्ति सुरक्षाका लागि सर्वपक्षिय बैठकबसी कडा रुपले सुरक्षा निगरानी गर्न निर्णय गरिएको छ । मंसिर ३ गते बेलुका र ४ गते बिहान ७ बजे सम्म मेला तथा भिडभाड हुने भएकोले मेयर शंकरलाल चौधरीको सभापतित्वमा आइतवार बैठकबसी सुरक्षाको निगरानी बढाउन निर्णय गरेको हो ।
छठ पर्वको मुख्य दिन आज आइतवार सूर्यको आराधना, उपासना र पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गर्ने र भोली उदाउँदो सुर्यलाई अर्घ दिने भएकोले व्रतालुहरु आज रातभर जाग्राम बस्ने र छठपूजा हेर्न आउनेको भिडभाडले हुन सक्ने उच्श्रृखल गतिविधिलाई नियन्त्रण गर्न शान्ति सुरक्षाका विभिन्न निर्णयहरु गरेको छ ।
प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीको कार्यालय परिसरमा बसेको बैठकले रामधुनी ५, ३ र १ नं. वडामा लाग्ने छठपूजा भब्यता प्रदान गर्न प्रहरी र शसस्त्र प्रहरी बलको समेतको कडा निगरानी रहने छन् । छठपूजामा शान्ति सुरक्षाको मध्यनजर गर्दै मंसिर ३ गते बेलुका ५ः०० बजे देखि मंसिर ४ गते बिहान ७ः०० बजे सम्म झुम्का बजारको मदिरा जन्य पसल बन्द गर्न र मदिरा बिक्री वितरणमा पूर्ण निषेध गर्ने निर्णय गरिएको छ ।
छठपूजा अवधिभर कानुनले वर्जित गरिएका डाइस लगायत तास जन्य खेलहरु पूर्ण निषेध गरिएको छ । छठपूजा मेलामा विभिन्न वाहानामा उच्श्रृखल गतिविधि गरिएको पाइएमा प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्न सक्ने जनाएको छ । छठपूजा अवधिभरी पूर्वमा रामधुनी गेट र पश्चिममा मितेरी पुल बिच सडकमा सवारी आगमनको लागि पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको छ ।
रामधुनी नगरको मुटु झुम्का बजारमा हुने धार्मिक, साँस्कृतिक छठपर्व कुनै किसिमबाट खलल् पुग्न नदिन मेयर चौधरीले ध्यान दिदै झुम्काको छठपूजा तथा मेलामा शुरक्षा निगरानी कडा हुनुु पर्ने बताउनु भयो । नगरको प्रत्यक्ष रुपमा जोडिएको झुम्का लगायतको भित्र नदी, पोखरी, तलाउ, नहरमा गरिने छठ पर्व रामधुनीको पहिचान रहेकोले उल्लासमय रुपले मनाउन शुभकामना समेत दिनुभयो ।
बैठकमा रामधुनी नगरका मेयर शंकरलाल चौधरी, प्रस्तावित इलाका प्रहरी रामधुनी प्रतिनिधि, रामधुनी वडा नं. १ का वडा अध्यक्ष महेश चौधरी, वडा नं. ५ का भोला वास्तोला, वडा नं. ३ का बुधनारायण चौधरी, झुम्का उद्योग बाणिज्य संघका अध्यक्ष नविन चौधरी, श्री छठमाता सेवा समिति रामधुनी नगर अध्यक्ष मिलन रौनियार, नेपाली काग्रेश रामधुनी नगर समिति अध्यक्ष सुदिप अधिकारी, थारु कल्याणकारिणी सभा रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, बाणिज्य संघ पूर्व अध्यक्ष धमेन्द्र साह यसैगरी पुष्प कार्की लागायतका सारेकारवाला प्रतिनिधिहरुको छलफल र निर्णय भएको हो ।

अगाडिकाे पाेस्ट

छठपर्वको पहिलो दिन पर्वको आगमनको स्वागत गर्दै झुम्कामा समावेसी कलश यात्रा

अर्काे पाेस्ट

झुम्का छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ, व्यवस्थित छठघाटका लागि मेयर उपमेयरको प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft