मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ, व्यवस्थित छठघाटका लागि मेयर उपमेयरको प्रतिबद्धता

by By: रामधुनी खबर
मंसिर ३, २०८०
309

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर ३ । अस्ताउँदो सूर्यलाई अर्घ दिदै झुम्का छठघाटमा तेस्रो दिनको छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले झुम्का छठघाटमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।
श्री छठमाता सेवा समिति रामधुनी नगर समितिले छठघाटमा रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमगरी छठपूजालाई रौनक बढाएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले झुम्काको छठपूजा नगरकै पहिचानको रुपमा रहेको बताउनु भयो । छठपूजा संगै लाग्ने मेलामा धेरै भन्दा धेरै श्रदालु भक्तजनको भिडभाड तथा उपस्थिती रहने भएकोले यहाँ छठघाटलाई थप व्यवस्थित गर्नका लागि नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता गर्नुभयो ।
छठपर्व धार्मिक आस्थाले महत्वपूर्ण रहेकोले यस पर्वको आस्था बढ्दै गएको उपप्रमुख तारा थापाले बताउनु भयो । छठपर्वको आस्थाले सबै समुदायले मनाउँदै र अपनाउँदै गएको छ । यसरी रामधुनीको झुम्कामा पनि छठपर्व मनाउने व्रतालुहरु बढ्दै गएको छ । तसर्थ छठघाट व्यवस्थित गर्नुपर्ने अवश्यक्ता रहेकोले यसका लागि नगरपालिकाबाट योजना सहितको रकम विनियोजन गर्ने उपमेयर थापाले प्रतिबद्धता गर्नुभयो ।
झुम्का बजारमा लाग्ने छठघाट व्यवस्थित गर्दै रामधुनी मन्दिर संग जोडेर धार्मिक पर्यटनको विकासमा नगरपालिका अग्रसर हुनुपर्ने रामधुनी १ नं. वडाका वडा अधयक्ष महेश चौधरीले उठान गर्नुभयो । यस बर्ष छठपर्व सुरक्षा सतर्कताका लागि थप बिशेष रुपले पहल रहेको जानकारी दिनुभयो । गत बर्षहरुमा भए गरेको कमी कमजोरीलाई मध्यनजर गर्दै सबै पक्षबाट सुरक्षाका लागि पहल रहेको बताउनु भयो ।
श्री छठमाता सेवा समिति रामधुनी नगर समितिको अध्यक्ष मिलन रौनियारको सभापतित्वमा आयोजित कार्यक्रममा छठपर्वको धार्मिक महत्वको बारेमा भोला रौनियारले जानकारी दिएका थिए । धार्मिक महत्वको बारेमा बताउदै रौनियारले छठघाट व्यवस्थितका लागि स्थानीय सरकारले ध्यानदिनु पर्ने बताउनुभयो ।
सेवा समितिले झुम्का स्थित सुनसरी मोरंग सिंचाई आयोजनाको कोशी नहरको किनारमा १४५ छठघाट निर्माण गरी छठपूजा मनाउदै आएको छ । कार्यक्रममा समितिका उपाध्यक्ष कमल रौनियारले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा रातभर भक्ति संगीत कार्यक्रम रहने छ । भक्ति संगीत कार्यक्रममा भारतको कलकताबाट आएका कलाकारहरुको प्रत्यक्ष बाद्यबाधन सहित प्रस्तुती तथा गायिका अनुमा चौधरीको प्रस्तुती रहने आयोजक समितिले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

झुम्काको छठपूजामा सुरक्षाकालागि मेयर चौधरीको ध्यान, कडा निगरानी गर्न सर्वपक्षिय बैठकको निर्णय

अर्काे पाेस्ट

कानूनी सहायता सचेतना सहित रामधुनी नगरमा लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान सुरु

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft