मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कानूनी सहायता सचेतना सहित रामधुनी नगरमा लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान सुरु

by By: रामधुनी खबर
मंसिर ९, २०८०
360

रामधुनी खबर सवाददाता
झुम्का, मंसिर ९ । नेपाल सरकारले लैङ्गिक हिंसा बिरुद्ध सचेतना अभियानका लागि प्रत्येक बर्ष १६ दिने अभियान मनाउँदै आएको छ । यस बर्ष पनि मंसिर ९ गते देखि २४ गते सम्म “लैङ्गिक हिंसा अन्तयको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाउन लागेको हो ।
रामधुनी नगरपालिका यस अभियानलाई आत्मसाथ गर्दै शनिवार सचेतना अभियान उद्धघाटनगरी सुरु गरेको छ । रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतना सहितको कार्यक्रम गर्दै सुरु गरेको हो । वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजको आयोजनामा नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सचेतना मुलक कार्यक्रमको उद्धघाटन गरेको अध्यक्ष आशा चौधरीले जानकारी दिनुभयो ।
सचेतना अभियान उद्धघाटन कार्यक्रममा उपप्रमुख तारा थापाले आफनो धारणा राख्दै महिलाहरु बैठक, सेमिनारमा मात्र सिमित नरहेर हिंसा बिरुद्ध लाग्नु पर्ने बताउनु भयो । लैङ्गिक हिंसामा बढी महिलाहरु पिडित हुने गरेकोले महिलाहरु यस प्रति सशक्त रुपले लाग्नु पर्ने अनुरोध गर्नु भयो ।
कार्यक्रममा उद्धघाटन समापन पछि लैङ्गिक हिंसाको परिचय, लैङ्गिक हिंसा कस्ता खालका हुन्छन्, लैङ्गिक हिंसामा को बढी पिडित हुने गर्छन, लैङ्गिक विभेद न्युनिकरण गर्न राज्यले गरेको कानूनी व्यवस्था, संवैधानिक व्यवस्था, कानूनी सहायता बारे सचेतनाका लागि रामधुनी नगरमा अभियान सुरु गरेको महिला बालबालिका शाखाका मोनाश्री आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमका सहयोगी रामधुनी १ नं. वडा कार्यालय तथा वडा अध्यक्ष महेश चौधरी, प्रस्तावित इलाका प्रहरी कार्यालयका प्रमुख सुजन मुदेल, कार्यपालिका सदस्य सुशिला ढुंगाना, वडा सदस्य उमा थरुनी लगायतका सरोकारवाला तथा महिला तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।
सचेतना अभियान कार्यक्रममा सहजिकरण प्रस्तावित इलाका प्रहरी कार्यालयका प्रमुख मुदेल, कानूनी परामर्स दाता अमित कुमार यादव र अनवर सेखले गरेको आयोजक समितिले जानकारी दिए । कार्यक्रम प्रत्येक वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतनासहितको कार्यक्रम आयोजना हुने छन् । नगर स्तरीय कार्यक्रम अभियानमा समनव्य रामधुनी नगरपालिकाको रहेको छ भने सहयोगीहरु वडा कार्यलयहरु, सेभ द अर्थ सुनसरी, इटिसी नेपाल, आसमा नेपाल र इलाका प्रहरी कार्यालय पकली रहेको महिला बालबालिका शाखा रामधुनीले जनाएको छ ।
कार्यक्रम वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रम दिलकुमारी चौधरीले संचालन गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

झुम्का छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ, व्यवस्थित छठघाटका लागि मेयर उपमेयरको प्रतिबद्धता

अर्काे पाेस्ट

थारु महिला सभा उपमहानगर समितिद्धारा इटहरीमा समा–चकेवा प्रदर्शन तथा प्रवद्र्धन कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft