मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘प्रदेशस्तरिय कृषि विकासलागि झुम्का क्षेत्रीय कृषितालिम केन्द्रको स्तरबृद्धि आश्यक’:कृषिमन्त्रालय अधिकृत पोख्रेल

by By: रामधुनी खबर
मंसिर ११, २०८०
301

रामुधनी खबर संवाददाता
झुम्का,मंसिर ११ । कृषकहरुमा व्यवसायिक र कृषि उत्पादनमा आत्मनिर्भरताका लागि प्रादेशिक प्रयोगशालाहरुलाई स्तरबृद्धिगरि थप गुणस्तरीय सेवा उपलब्ध गराउनु पर्ने प्रदेश कृषि मन्त्रालय अधिकृत पशुपती पोख्रेले बताउनु भयो । कृषि क्षेत्र विकासको आधार तथा प्राविधिक सहयोगीहरु प्रादेशिक प्रयोगशाला लगायत झुम्का क्षेत्रीय कृषि तालिम केन्द्रको स्तरबृद्धि गर्न आवश्यक रहेको प्रदेश कृषि मन्त्रालय अधिकृत पोख्रेलले बताउनु भएको हो ।
बदलिदो समय र मौसम अनुसार माटो परिक्षण र बीउ बिजनमा नश्लिय सुधार गर्दै प्रदेश स्तरिय कृषिमा विकासका लागि झुम्का क्षेत्रीय कृषि तालिम केन्द्र तथा बीउ बिजन माटो परिक्षण प्रयोगशालालाई स्तरबृद्धि गर्न उहाँले अतिआवश्यक रहेको उठान गर्नुभयो । कोशी प्रदेशका संचारकर्मीहरुका लागि कृषि सामाचार सम्प्रेषण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश सरकारको कृषि विकास सम्बद्ध प्रमुख कार्यक्रमहरुको बारेमा जानकारी दिदै सो कुरा बताउनु भएको हो ।
कृषि उत्पादनमा बृद्धिका लागि खाद्यान्न उत्पादन प्रवद्र्धनमा उन्नत बीउ उत्पादन, प्रयोगशाला सेवा तथा बाली संरक्षण, माटो तथा मल बीउ बिजन, फलफुल क्षेत्र विस्तार तथा सुदृढिकरण, चिया अलैची तथा अदुवा उत्पादनमा बृद्धि, मुल्य श्रृखला विकास तथा उत्पादित वस्तुको भण्डारण, प्रशोधन र बजारीकरण गर्न रहेको कोशी प्रदेश सरकारको कृषि विकास सम्बद्ध प्रमुख कार्यक्रमहरु रहेको बताउनु भयो ।
व्यवसायिक कृषि उत्पादन सम्बद्ध तालिमहरु, कृषि सम्बद्ध प्रदेशिक कानूनहरुको निर्माण तथा कार्यान्वयन , कार्यालय र स्थलगतरुपमा प्राविधिक सेवाहरु तथा महामारी नियन्त्रणका लागि प्रदेश सरकारको कृषि विकास सम्बद्ध प्रमुख कार्यक्रमहरु रहेको प्रदेश कृषि मन्त्रालय अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तथा आगामि सोच बताउदै नेपालको स्थानीय साधन स्रोत कृषि रहेकोले कृषिमा सुधारगर्न अनुदानमा आधारित कार्यक्रमहरु हटाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने भन्दै आगामि दिनको योजनाहरु बताउनु भयो । उत्पादन सम्बद्ध कार्यक्रमहरु स्थानीयतहहरुलाई आयोजना बैंक मार्फत उत्पादन कार्य अघि बढाउन प्रोत्साहन गर्ने, आवश्यक नीति नियम र कानूनको निर्माण तथा जनशक्ति व्यवस्थापन गर्दै कृषि उपजमा ध्यान दिन जरुरीरहेको बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा सोमवार विराटनगर स्थित अभिमुखिकरण कार्यक्रमको भएको थियो । अभिमुखिकरणमा महासंघका अध्यक्ष राजेन्द्र राउतको सभापतित्वमा प्रदेश कृषि मन्त्रालय अधिकृत पशुपती पोख्रेल र बरिष्ठ पत्रकार महाप्रसाद खतिवडाले सहजिकरण गरेका थिए ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा उपमहानगर समितिद्धारा इटहरीमा समा–चकेवा प्रदर्शन तथा प्रवद्र्धन कार्यक्रम

अर्काे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft