मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लैङ्गिक हिंसाको समस्या पहिचान, कानूनी परामर्श सहित रामधुनी २ र ४ नं. वडामा सचेतना कार्यक्रम

by By: रामधुनी खबर
मंसिर १३, २०८०
318

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १३ । नेपाल सरकारबाट यस बर्ष यहि मंसिर ९ गते देखि २४ गते सम्म “लैङ्गिक हिंसा अन्तयको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाउन लागेको छ । सरकारबाट सामाजिक सचेतना सहित लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन गर्न आव्हान गरेको कार्यक्रम रामधुनी नगरपालिकाको वडा नं. २ र ४ नं. मा पनि सम्पन्न भएको छ । लैङ्गिक हिंसाको समस्या पहिचान, कानूनी परामर्श सहित सचेतना कार्यक्रम समपन्न गरेको हो ।
रामधुनी २ नं. वडामा आयोजित सचेतना कार्यक्रमबाट लैङ्गिक हिंसा के हो, हिंसा हुने अवस्था तथा कारण र यसका कानूनी उपचार गर्न सक्ने अवस्थाको बारेमा जानकारी दिएको कार्यपालिका सदस्य सुशिला ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा वडा नं. २ का गर्भवती महिलाहरुलाई पोषण खानेकुरा समेत बितरण गरिएको छ ।


यसैगरी वडा नं. ४ मा थारु महिला सभा वडा समितिबाट लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम आयोजना गरेको छ । वडा कार्यालयको सहयोगमा सबै समुदायका महिला तथा पुरुषहरुको सहभागीता गराई सचेतना कार्यक्रम संचालन गरेको छ । सचेतना कार्यक्रमबाट वडाका जेष्ठ नागरिक तथा एकल महिला तथा पुरुषहरुलाई सम्मान गरेको छ ।
सचेतना कार्यक्रममा उपस्थित वडा अध्यक्ष कमल कार्कीले बिशेषगरी समाजमा हुने लैंगिक हिंसा हुनु मानव अधिकारको हनन् भएको बताउनु भयो । नेपालमा लैंगिक हिंसाबाट बढी प्रभावित महलिाहरु हुने गरेका छन् । यो लैंगिक असमानताको सबैभन्दा चरम रूप हो र यसले सबैका लागि दिगो विकास सुनिश्चित गर्ने समाजको क्षमतालाई कमजोर तुल्याएको छ । त्यसैले सचेतना अभियानको सही प्रयोग गर्न सकेमा यसप्रकारका सामाजिक कमजोरीहरु क्रमश हटेर जाने वडा अध्यक्ष कार्कीले बताउनु भयो ।


रामधुनी नगरमा लैङ्गिक हिंसा बिरुद्ध अभियान प्रभावकारीताका लागि रामधुनी नगरपालिकाको समनव्य रहेको छ भने सहयोगीहरु वडा कार्यलयहरु, सेभ द अर्थ सुनसरी, इटिसी नेपाल, आसमा नेपाल र इलाका प्रहरी कार्यालय पकली रहेको महिला बालबालिका शाखा रामधुनीले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

अर्काे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft