मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मेजबानी राखेर रामधुनी ४ नं. वडाका टोलहरुमा मनाएको समा–चकेवा सामुहिक विदाई

by By: रामधुनी खबर
मंसिर १४, २०८०
356

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १३ । दाजुभाई दिदीबहिनीहरुको सम्बन्ध प्रगाढ तथा सुस्वास्थयको कामना गर्दै कुरौटे व्यवहारलाई अन्तयको लागि खेलीने खेल समा–चकेवा बिदाई गरिएको छ । समा–चकेवा पर्व तिहार भाइटिकाको दिन देखि कार्तिक शुक्ल पुर्णिमामा सम्म १५ औँ दिन माटोको समाचकेवा प्रतिमुर्ति बनाई खेल खेल्दै पर्व मनाइन्छ । कार्तिक शुक्ल पुर्णिमामा बिर्सजन गरिने समा–चकेवा मेजबान राख्ने समेत चलन रहेको छ ।
यसै चलन अनुसार रामधुनी ४ नं. वडाका टोलहरुमा मनाएको समा–चकेवा मेजबानी राखेर बुधवार सामुहिक विदाई गरेको छ । थारु महिला सभा वडा समिति आयोजना र रामधुनी ४ नं. वडाकार्यालयको सहयोगमा वडाका टोलहरुमा मनाएको समा–चकेवा इक्राही टोल स्थित पोखरीमा सामुहिक बिदाई गरिएको हो । वडा अध्यक्ष कमल कार्कीको प्रमुख आतिथ्यतामा एकता र एकजुटताको शन्देस दिदै समा चकेवा बिर्सजन कार्यक्रम गरेको आयोजक समितिले जानकारी दिएको छ ।


समा–चकेवा नदी, तलाउ, पोखरी, नहरमा विर्सजन गर्ने परम्परा अनुसार वडाअध्यक्ष कार्की सहित सामुहिक रुपले नाङलोमा राखिएको समाचकेवा पोखीमा विसर्जन गरेको छ । विर्सजन पहिले समा–चकेवालाई दहिच्युरा चढाएर समा खेल्ने साथीहरुमा एक अर्काको समा लिदै दिदै संगिनी जोडिने समा–चकेवाको विधि दर्शाएको थियो । यसैगरी वडा महिला समितीकी सभापति बबिता चौधरीको सभापतित्वमा आयोजित विसर्जन कार्यक्रमबाट समा–चकेवाको पौराणिक लोक गीत गाउने गीतहाइरहरुले थारु लोग परमपराका गीत गाउने निरन्तरता दिएको अवसरमा प्रोत्साहनका लागि वडाअध्यक्षले दोसल्लाह ओढाई सम्मान गरेको छ । समा विर्सजन पछि दहि च्युरा प्रसाद वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको वडा महिला सचिव सरस्वती चौधरीले जानकारी दिइन् ।


यो पर्व मानव जीवनमा आफैमा धन्य र पुण्य प्राप्त गर्ने महत्वपुर्ण पर्वको रुपमा प्रतिष्ठीत र स्थापित हुन पुगेको छ । समाचकेवा पर्व महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा रहेको पाइन्छ । समा–चकेवामा विभिन्न प्रतिमुर्ती हुन्छन् । समाचकेवा, मृदंगीया (मृदङा बजाउने) , झाइलवाला (झयाल वजाउने), नटुवा (नटकी वा नृत्य गर्र्ने), विपातर ( विपतीबाट उपाय निकाल्ने ), नाहभैया (ढुंगा खियाउने), कुकुर (सहयोगी जनावर), भमरा (प्रेमको प्रतिक), वृन्दावोनी (वृन्दावनको प्रतिक), ज्वालिन (वाला) चुगला (कुरौटे) हुन्छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

अर्काे पाेस्ट

महिला जनप्रतिनिधिहरुले भोगेको समस्या र चुनौतीले राजनीतिक पार्टी र स्थानीयतहमानै लैङ्गिक विभेद

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft