मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

महिला जनप्रतिनिधिहरुले भोगेको समस्या र चुनौतीले राजनीतिक पार्टी र स्थानीयतहमानै लैङ्गिक विभेद

by By: रामधुनी खबर
मंसिर १५, २०८०
323

सुनिल चौधरी
झुम्का ,मंसिर १५ । राजनीतिकमा आबद्ध भएका तथा महिला जनप्रतिनिधिहरुले नेतृत्व तहमा लैङ्गिक विभेद रहेको बताएका छन् । दलित महिला केन्द्र नेपालले बिहिवार इटहरीमा आयोजना गरेको महिला जनप्रतिनिधिका अवसर र भोगेका चुनौती अनुभव आदान प्रदान कार्यक्रममा महिला जनप्रतिनिधिहरुले भोगेका समस्या र चुनौती बताउदै राजनीतिक पार्टी र स्थानीयतहमानै लैङ्गिक विभेद रहेको बताएका हुन् ।
राजनीतिक दलका केन्द्रिय तथा जिल्ला स्तरीय पदाधिकारी लगायत सामाजिक अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अनुभव सुनाउदै संस्थागत, पारिवारिक, सामाजिक, ब्यक्तित्व तह अनुसार महिला जनप्रतिनिहिरुमा लैङ्गिक असमान्ताका समस्या रहेको उठान गरेका छन् । नगर तथा वडाका योजना छनौटमा एकलौटी गर्ने गरेको महिला जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । महिला वडा सदस्यहरुलाई बैठकको जानकारी नदिने र योजना निर्णयको मान्युट घर घरमा गएर हस्ताक्षर गर्न लगाउने गरेको जानकारी दिएका छन् । वडामा आएको सबै सुचनाहरु महिला जनप्रतिनिधिहरुलाई जानकारी नहुने, आजको आजै बैठकमा बोलाउने, काम पर्दा मात्र बोलाउने गरेको गुनासो राखेका छन् ।
दलित महिला केन्द्रको शी लिड्स महिला नेतृत्व विकास कार्यक्रम अन्तर्गत गोष्ठीमा महिला जनप्रतिनिधिहरु सामुहिक छलफल गर्दै अनुभव तथा समस्या र चुनौतीको बारेमा बताउदै महिला जनप्रतिनिधिहरुलाई बैठकको एजेण्डा समेत जानकारी नदिने गरेको बताएका छन् । कार्यपालिका सदस्य महिलालाई वडासदस्यको सुचिबाट हटाएको, जायज कुरा गर्दा पनि वडाअध्यक्ष रिसाउने गरेको बताए ।
पार्टी प्रमुख पदको टिकट दिने बेलामा महिलालाई बिश्वास नगरेको गुनासो रहेको छ । वडाअध्यक्षको पदमा टिकट दिन बिभेद गरेको, टिक वितरणको समयमा महिलालाई अशिक्षित, गरिब, पैसा नभएको शब्दहरु प्रयोग गर्ने गरेको भन्दै राजनीतिकमा आबद्ध रहेका महिलाहरु लैङ्गिक विभेदमा परेको बताए । महिला प्रतिनिधिहरुलाई पार्टीले समेत वेवास्ता गर्ने गरेको भन्दै समाजमा पनि गलत नजरले हेर्ने गरेको समस्या र चुनौतीहरु प्रस्तुत गरिएको छ ।


सुनसरीका आठ स्थानिय तहका महिला वडा सदस्यहरुले राखेका समस्या र चुनौतीका बारेमा स्थानीय तहका उपप्रमुखहरुले समर्थन जनाउदै नेतृत्व तहमा लैङ्गिक विभेद रहेकोले प्रमुख पदमा ३५ प्रतिशत महिला आरक्षण हुनुपर्ने माग गरेका छन् । दल, पार्टीहरुमा कोटा प्रकृया गरे मात्र महिलाहरु प्रमुख पदमा आउन सक्ने भएकोले आरक्षणको माग गरेका हुन् । इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, दुहबी उपप्रमुख मेनुका खतिवडा, भोक्राहानरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराँव, बराह क्षेत्र नगरपालिकाका नन्दकुमारी राई, कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता यादवले महिला जनप्रतिनिधि लैङ्गिक विभेदमा रहेको भन्दै समर्थन गरेका छन् ।
गोष्ठीमा महिला जनप्रतिनिधिहरुले प्रस्तुत गरिएको अनुभव, समस्या, चुनौती तथा महिला माथी हुने विभेद पितृसत्तात्मक सोच परिवर्तन नभएकोले विभेद हुने गरेको बताए । उपस्थित राजनीतिक दलका केन्द्रिय तथा जिल्ला स्तरीय पदाधिकारी लगायत सामाजिक अगुवा कार्यकर्ताहरुले महिलाहरुमा समेत पितृसत्तात्मक सोच रहेकोले थप आफैमा बिभेदमा पर्ने गरेको बताए । धर्म ग्रन्थहरुमा समेत महिला माथी नेतृत्वमा प्रतिबन्ध लगाउने नियमहरु रहेकोले सो को पनि बिचार गर्न आवश्यक रहेको बताउदै नेकपा एमाले सुनसरी जिल्ला उप सचिव राम कोइरालाले आगामी चुनावमा आफनो पार्टीबाट ३५ प्रतिशत महिला वडाअध्यक्ष चयन गर्ने प्रतिबद्धा जनाए ।
पितृसत्तात्मक र समाजको केही नियमले महिला नेतृत्वमा समस्या रहेको कारण बताउदै नेपाली काग्रेशका जिल्ला उपाध्यक्ष नागेशचन्द राईले केन्द्रिकृत सत्ता, सर्वेसर्वा ठान्ने सोचले सिर्जना भएको बताए । महिला जनप्रतिनिधिको भावना हाम्रो पार्टीले आत्मसाथ गर्ने जिल्ला उपाध्यक्ष राईले प्रतिबद्धता जनाए ।


कार्यक्रममा सामाजिक अभियान्ता पुष्प भट्टराई, नेकपा एकिकृत समाजवादी पार्टीका गोविन्द निरौला, माओवादीका पपु मण्डल, जनमतका राम चन्द्र मेहता, रास्वपाको महोन निरौलाले महिला नेतृत्वमा विभेद अन्तय भए मात्र देशविकास हुने बताए ।
गोष्ठीमा आयोजक संस्थाको बारे तथा महिला जनप्रतिनिधिहरुको मुख्य चुनौतीको बारेमा अनिता परियारले प्रष्ट्याएका थिए । । कार्यक्रमको उधेश्य बारेमा प्रशिक्षक मोहन तिमसिनाले जानकारी गराएका थिए । कार्यक्रम संयोजक रामसुन्दर मेहताले स्वागत मन्तब्य गरे भने कार्यक्रमको सहजिकरण मन्जु भण्डारीले गरेका थिए ।
केन्द्रले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतनामुलक अभियान कार्यक्रम अन्तर्गत जनप्रतिनिधिका अवसर र भोगेका चुनौती अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । दलित महिला केन्द्र नेपाल (सिडिडब्लुएन) ले महिला जनप्रतिनिधिहरुको कार्यक्षमता, नेतृत्व विकासका लागि तालिम गोष्ठिहरु संचालन गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

मेजबानी राखेर रामधुनी ४ नं. वडाका टोलहरुमा मनाएको समा–चकेवा सामुहिक विदाई

अर्काे पाेस्ट

दिगो विकास लक्ष्य खोज्दै रामधुनीमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft