मिति : २०८३ भदौ ७ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लैङ्गिक हिंसा बिरुद्ध समस्या पहिचान र कानूनी परामर्श दिदै रामधुनीनगरमा १६ दिने अभियान समापन

by By: रामधुनी खबर
मंसिर २५, २०८०
303

रामधुनी खबर संवाददाता
झुम्का,मंसिर २५ । लैङ्गिक हिंसा बिरुद्ध समस्या पहिचान र कानूनी परामर्श दिदै रामधुनी नगरमा १६ दिने अभियान समापन भएको छ । मंसिर ९ गते देखि सुरु गरेको “लैङ्गिक हिंसा अन्तयको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान मंसिर २४ गते आइतवार सम्पन्न गरेको हो ।
नगर उपप्रमुख तारा थापाको उपस्थितीमा झुम्का बजार स्थित दिप प्रज्वलन गर्दै म, हिंसा गर्दिन, हुन दिन्न भएमा प्रतिकार गर्छु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरीएको छ । समापन कार्यक्रममा उपप्रमुख थापाले आफनो धारणा राख्दै कुनै पनि हिंसा मानव अधिकार बिरुद्ध तथा समाजको शान्ति सुरक्षा बिरुद्ध रहेकोले न्युनिकरणका लागि सबै पक्षबाट पहलहुनु पर्ने बताउनु भयो ।
अभियान अन्तर्गत प्रत्येक वडामा सचेतना तथा हिंसा बिरुद्ध कानूनी परामर्श सहित जेष्ठ नागरिकहरुमा सम्मान र पोषिलो खाना बितरण गरिएको महिला तथा बालबालिका शाखा रामधुनीका प्रमुख मोनाश्री आचार्यले बताउनु भयो ।
अभियानले महिला, पुरुष, जेष्ठनागरिक, बालबालिका लगायत सबै वर्गका समुदायले लैङ्गिक हिंसाको पहिचान, सुरक्षित रहन सक्ने अवस्था, कानूनी उपचारका लागि प्रकृयाका बारेमा जानकार भएको बताउनुभयो । लैङ्गिक हिंसा कस्ता खालका हुन्छन्, लैङ्गिक हिंसामा को बढी पिडित हुने गर्छन, लैङ्गिक विभेद न्युनिकरण गर्न राज्यले गरेको कानूनी व्यवस्था, संवैधानिक व्यवस्था, कानूनी सहायता बारे सचेतनाका प्रमुख रुपमा सचेत भएको महिला बालबालिका शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा महिला, तथा बालबालिकाहरुको संघसंगठनका प्रतिनिधिहरु उपस्थित भएका थिए । रामधुनी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानलाई आत्मसाथ गर्दै मंसिर ९ गते शनिवार सचेतना अभियान उद्धघाटनगरी सुरु गरिएको थियो । रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतना सहितको कार्यक्रम गर्दै सुरु गरेको थियो । वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजको आयोजनामा नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सचेतना मुलक कार्यक्रमको उद्धघाटन भएको थियो ।
सचेतना अभियान कार्यक्रममा सहजिकरणका लागि इलाका प्रहरी कार्यालय पकली, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी, कानूनी परामर्स दाता अमित कुमार यादव र अनवर सेखले गरेका थिए । कार्यक्रम अभियानमा समनव्य रामधुनी नगरपालिका र महिला बालबालिका शाखाले गरेको थियो भने सहयोगीहरु वडा कार्यलय, सेभ द अर्थ सुनसरी, इटिसी नेपाल, आसमा नेपाल रहेको महिला बालबालिका शाखा रामधुनीले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी मन्दिरमा शतबीज छर्न भक्तजनको घुइँचो, मन्दिरमा थारु परम्पराका संस्कार समेत प्रदर्शनी

अर्काे पाेस्ट

था.क.स.सुनसरीको ९ औँ अधिवेशन सम्पन्न, पार्टीमा भएपनि थारुको साझा मुद्धामा एकता हुनपर्ने जोड

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft