मिति : २०८३ भदौ ७ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरको वनभोज स्पट शंकरबेली सिमसार, पर्यटक गन्तब्यको टूरिज्म पार्कमा विकास गर्ने लक्ष्य

by By: रामधुनी खबर
पुष १६, २०८०
398

रामधुनी खबर संवाददाता
झुम्का, पौष १६ । जाडोको मौसम सुरु भएसँगै विदाको दिन पिकनिक (बनभोज) खानका लागि शंकरबेली सिमसारमा पुग्ने मानिसहरुको संख्या बढ्न थालेको छ । रामधुनी नगरपालिका वडा नं. ६ मा अवस्थित यस स्थानमा विशेष जाडो मौसममा बनभोजकालागि आन्तरीक तथा बाह्य जिल्लाका मानिसहरुको मन आकर्षीत हुन थालेको हो ।
पछिल्लो समय सुनसरीमा भएको अन्य पर्यटकीय स्थलहरुले झैँ यस स्थानले पनि आफ्नो पहिचान बनाउन थालेको छ । ‘शनिबार तथा विदाका अन्य दिनमा मानिसहरुको पिकनिका लागि चहलपहल बढेको छ,’ शंकरबेली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर लिम्बुले भन्छन् ‘पछिल्लो केही महिनायता सुनसरीको पिकनिक स्पट मध्ये यसलाई पनि मानिसहरुले प्राथामिकताको सुचिमा राखेका छन् ।’
प्राकृतिक रमणता, सिमसार क्षेत्र, डुंगा सयर, वाल उद्ययन, शान्त वातारवरण र रमणिय वनमा पिकनिकका अलवा मानिसहरु पारिवारीक भ्रमण र युवा युवतीहरु गफ गर्न साथै सेल्फी खिच्न पुग्ने गरेका छन् । यस सिमसारमा विभिन्न संघ संगठनबाट पिकनिक र सम्मेलनका लागि समेत आउने गरेको छ ।
रामधुनी नगरको सिमसार क्षेत्र मध्ये पर्यटक आकर्षणको केन्द्रबिन्दुमा शंकरबेली सिमसार वातावरणिय प्राकृतिक रमणिय क्षेत्र रहेको नगर प्रमुख शंरकलाल चौधरीले बताउनुभयो । यहाँ पर्यटक प्रवद्र्धनका लागि बृहत्तर विकासगर्ने लक्ष्य रहेकोले नगरपालिकाबाट क्रमागत रुपले योजना बजेट उपलब्ध गराएको जानकारी दिनुभयो ।
थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला सुनसरीका नव निर्वाचित कार्य समितिको पदस्थापन सहित शनिवार वनभोज कार्यक्रमको आयोजना गरेको थियो । प्राकृतिक रुपले रमणिय ठाउँ रहेकोले यसै ठाउँमा पदस्थापन र वनभोज मनाएको जिल्ला सभापति सगेन चौधरीले बताउँदै सिमसारलाई थप विकास गर्नु पर्ने अवश्यक्ता रहेको बताउनु भयो ।


९ औँ अधिवेशनबाट सर्वसहमतिले चयन पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गरेको हो । कार्यक्रममा था.क.स.का नेतृत्वकर्तालाई हौसला बढाउन सुनसरीका थारु प्रतिनिधित्वका राजनीतिकर्मी र अधिकारकर्मी अभियान्ताहरु एकै मञ्च र एकै ठाउँ भेला भएका थिए ।
जाडो मौसमा पिकनिक स्पट बन्दै गएको यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार र स्थानीय सरकारको लगानी गर्ने भएको छ । वनभोज स्पट शंकरबेली सिमसारमा पर्यटक गनतब्यका लागि टूरिज्म पार्कमा विकास गर्ने लक्ष्य लिएको रामधुनी ६ नं. वडा अध्यक्ष शिवशंकर राजधामीले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकार र रामधुनी नगरपालिकाको क्रमागत अनुसार रु दुई करोडको योजनामा टूरिज्म पार्क निर्माण हुनेछन् । पार्कका लागि रु २४ करोड ५० लाखको डिपिआर तयार भै सकेको समितिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
“डिपिआर कार्ययोजना अनुसार पहिलो चरणमा गेट निर्माण तथा काउण्टर निर्माण गर्नेछौँ”, समितिका अध्यक्ष लिम्बुले भन्छन् “भित्रमा पाँच वटा होमस्टे निर्माण गर्ने जस्मा पकाउन खान मिल्ने गरी निर्माण हुने छ”,“आन्तरीक तथा बाह्य पर्यटकहरुलाई वास वस्नका लागि सम्पूण पूर्वाधार निर्माण गर्ने छौँ”। पर्यटक आकर्षणका लागि चिल्ड्रेन पार्क र वन्यजन्तु हात्ती र मृगको आकृतिका प्रतिमुर्ती लगायत फेन्सी फिस समेत निर्माण गर्ने समितिका अध्यक्ष लिम्बुले जानकारी दिए ।


झुुम्का बजारको राजमार्ग देखि ७ किलोमिटरको दुरीमा शंकरबेली सिमसार पर्दछ । लगुना चोक तथा कान्छी चोक देखि पश्चिम पिपरा बैठार, बक्लौरी हुँदै सिसुवा चोक पश्चिम इचोल चोकबाट उत्तरमा रहेको छ । शंकरबेली सिमसार क्षेत्र ८ हेक्टरमा रहेको छ । हालमा ४ हेक्टरमा घेराबेरा गरिएको छ । वनभोज स्थलका सुविधाहरुमा पर्याप्त पार्किङ, खानेपानी तथा धारा पानीको सुविधा लगायत बिजुली, शौचालयको सुविधा रहेको शंकरवेली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिम्बुले बताउनु भयो ।

अगाडिकाे पाेस्ट

लायन्स र लियो क्लव अफ झुम्का, रामधुनी सिटी र बराहक्षेत्र कलाबन्जरलाई अधिकारपत्र तथा पदस्थापन

अर्काे पाेस्ट

बिपन्न परिवारमा स्वास्थय पहुँचका लागि रामधुनी ४ नं. वडामा बृहत्तर निःशुल्क महिला स्वास्थ्य शिविर

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft