मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आदिवासीहरुको ग्रामथान तथा साँस्कृतिक भूमि संरक्षण सम्बन्धि झुम्कामा कानूनी परामर्श गोष्ठी समपन्न

by By: रामधुनी खबर
पुष २१, २०८०
375

रामधुनी खबर साप्तहिक
झुम्का,पौष २१ । आदिवासीहरुको साँस्कृतिक भूमि, ग्रामथान तथा राष्ट्रिय र अन्तराष्ट्रि कानूनमा उल्लेखित अधिकार सम्बन्धि कानूनी परामर्श गोष्ठी समपन्न भएको छ । नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको आयोजनामा थारु कल्याणकारिणी सभा (था.क.स.) सुनसरीका नव निर्वाचित पदाधिकारी तथा पालिका सभापति र अधिकारकर्मी अभियान्ताहरुलाई एक दिवसिय कानूनी परामर्श दिएको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा आदिवासी मानव अधिकार हननका घटनामा प्रतिरक्षकको रुपमा कार्य गर्नका लागि कानूनी परामर्श दिएको छ । राज्यबाट आदिवासी बिरुद्ध कुनै पनि कार्यगरी विभेद गरिएको देखिए भने संविधान, ऐन, कानून, नीति, नियमसंगत जानु पर्ने व्यवस्था रहेको र कानूनी उपचार गर्न सकिने अवस्थाहरुको बारेमा जानकारी दिएका छन् ।
गोष्ठीमा नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निप काठमाण्डौका अध्यक्ष तथा सर्वोच्च अदालतका अधिवक्ता दिनेश कुमार घले, सचिव तथा सर्वोच्च अदालतका अधिवक्ता भिम राई, अधिवक्ता तथा पत्रकार गोपाल देवानले सहजीकरण गरेका छन् ।
नेपालको संविधान २०७२ मा धारा २६ र ३२ मा धर्म आस्था, परम्परा, सभ्यता र सम्पदाको संवर्धन, संरक्षण, विकास, अभ्यास गर्ने हक रहेकोले आदिवासी समुदाय यस धारा बमोजिम संरक्षण गर्नका लागि दवाव दिन सकिने जनाएको छ । राज्यको नीतिमा आदिवासी जनजातिको पहिचान सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार, सरोकार राख्ने निर्णयहरुमा सहभागी हुने, परम्परागत ज्ञान, सीप, संस्कृति समाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्धन गर्ने रहेको छ । जस्मा संविधानको धारा ५१ (ञ)(८) मा उल्लेख रहेको जानकारी दिए । देशको सास्कृतिक विविधता कायम राख्दै आदिवासी समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्न धारा ५१(ग)६ मा उल्लेख रहेकोले राज्यलाई दवाव दिएर पनि कानूनी रुपले संरक्षण गर्न सकिने जनाएको छ ।


स्थानिय सरकार सञ्चालन ऐन, २०७४ नगर वा गाउँपालिकाले आफनो क्षेत्रमा भएका सांस्कृति, पुरातत्व, प्राचीन स्मारक तथा संग्रालयको संरक्षण तथा विकास गर्न दफा ११(फ) स्थानीय मौलिकता झल्कने साँस्कृतिक रितिरिवाजलाई संरक्षण गर्ने दफा १२ (ग)(१८) माव्यवस्था गरिएको जानकारी दिए । सास्कृतिक भूमिलाई पहिचान र संरक्षणका लागि भूउपयोग सम्बन्धी ऐन २०७६ को दफा ४ मा भूउपयोगको वर्गिकरणमा “सास्कृतिक वा पुरातत्विक” महत्वको क्षेत्र भनी क्षेत्र निर्धारण गरेको बताए । धार्मिक तथा सास्कृतिक भूमि सुकुम्बासी अव्यवस्थित बसोबास तथा अन्य कुनै पनि प्रकारले भोग गरेको नाममा वितरण गर्न नहुने । भूमि सम्बन्धी ऐन २०२१ आठौ (२०७६) संसोधन को दफा ५२(ख) उल्लेख रहेकोले बताएका छन् ।
नजिरबाट पनि आदिवासी समदायको हकमा फैसला भएकोले यसबाट पनि संरक्षण गर्न सकिने जनाएको छ । २०७४ साल असोज २ गते (नि.नं. ९९८६) सडक सम्बन्धी विवादमा सानु श्रेष्ठको मुद्दामा सर्वोच्च अदालत फुलबेञ्चबाट भएको फैसलामा वातावरण संरक्षण र पुरातात्विक महत्व राख्ने स्थलहरुको संरक्षणलाई केन्द्रमा राखेर मात्र कुनै पनि विकासको काम गर्नु भनिएको छ । विकासले आस्था, धर्म र सास्कृतिक हकलाई प्रवावित पार्न हुदैन । ऐतिहासिक, धार्मिक, सास्कृतिक स्थलमा सडक तथा भौतिक संरचना निर्माण गर्नुपर्दा कानून बमोजिम वातावरण प्रभाव मुल्यांकन प्रस्ताव स्वीकृति गरेर मात्र गर्नुपर्ने र यस्तो महत्वपुर्ण सम्पदाको हेरविचार र संरक्षण गर्ने दायित्व भित्र पर्दछ । भन्ने नजिरबाट पनि संरक्षण गर्ने पक्ष रहेकोले आदिवासी समुदायहरु संविधान, ऐन, कानून, नीति, नियमसंगत संरक्षण गर्न सकिने जनाएको छ ।
ग्रामथान संरक्षण समिति जिल्ला सुनसरी अध्यक्ष सावित्री चौधरीको सभापतित्वमा आयोजित गोष्ठीमा रामधुनी नगर प्रमुख शंकरलाल चौधरी तथा था.क.स.सुनसरीका नवनिर्वाचित सभापति सगेन चौधरी लगायतका पदाधिकारी र पालिका सभापतिहरुलाई कार्यकाल सफलताको कामना सहित सम्मान समेत गरेको छ ।


गेष्ठीमा उपस्थित अतिथीहरुलाई ग्रामथान संरक्षण समिति रामधुनी नगर समिति अध्यक्ष सिता थरुनीले आफनो शब्दसुमनले स्वागत गरेका थिए भने कायक्रम घोङही बगिया थारु भिलेजको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा ४८ जनाको सहभागीता रहेको ग्रामथान संरक्षण समिति जिल्ला अध्यक्ष सावित्री चौधरीले जानकारी दिए ।
लाहुर्निपले आदिवासी मानव अधिकारका लागि अन्तराष्ट्रिय संघ संगठन, ग्ल् संयुक्त राष्ट्रिय संघ, राष्ट्रिय मानव अधिकार आयोग, आन्तराष्ट्रिय कानून, आइएलओ संगठन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लगायतका राष्ट्रिय र आन्तराष्ट्रिय संघ संगठहरु संगको सहकार्य गर्दै आएको छ । यसैगरी आदिवासी मानव अधिकार हननका सम्बन्धित कार्यहरु हेर्ने, हननका कार्यको कानूनी रुपले आवाज उठाउन सकिन्छ भन्ने कानूनी परामर्श र सचेतका कामहरु गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

बिपन्न परिवारमा स्वास्थय पहुँचका लागि रामधुनी ४ नं. वडामा बृहत्तर निःशुल्क महिला स्वास्थ्य शिविर

अर्काे पाेस्ट

मोरङ्गमा पनि ग्रामथान संकटकै अवस्था, समस्या बिरुद्ध सशक्त गर्न “ग्रामथान संरक्षण जिल्ला समिति” गठन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft