मिति : २०८२ मंसिर २७ गते (शुक्रवार)
मौसम : 15.57°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मोरङ्गमा पनि ग्रामथान संकटकै अवस्था, समस्या बिरुद्ध सशक्त गर्न “ग्रामथान संरक्षण जिल्ला समिति” गठन

by By: रामधुनी खबर
पुष २३, २०८०
421

रामधुनी खबर संवाददाता
झुम्का,पौष २३ । थारु समुदायको पहिचान र अस्तित्व रहेको ग्रामथान (डिहवार थान) ले चर्चेको जग्गा अतिक्रमणमा पर्दै सुनसरीमा ग्रामथान संकटको अवस्थामा गुज्रिरहदा मोरङ्ग जिल्लामा पनि समस्या देखिएको छ । नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको आयोजनामा ग्रामथान समस्या प्रतिको छलफल कार्यक्रममा विभिन्न विकासको नाममा ग्रामथानको जग्गा अतिक्रमणमा परेको र त्यसले विस्थापित र संकटकै अवस्थामा पुगेको गहदार थानपतिहरुले उठान गरेका छन् ।
मोरङ्गको सुनवर्सी नगरपालिका वडा नं. ९ भेरवा टोल स्थित रहेको भेरवा ग्रामथानको ६१ बिगहा जग्गा ब्यक्ति र बिद्यालयको नाममा अतिक्रमण भएको ग्रामथान संरक्षक चन्द्र प्रसाद राजवंशीले बताए । त्याहा तिन भाई रहेको भेरवा, मदन र चन्दन जलकर ग्रामथानले चर्चेको ६१ बिगहा जग्गामा हाल २ बिगहा मात्र रहेको जनाए । सो जग्गा बिद्यालय, वडा कार्यालय, नगरपालिकाले अतिक्रमणगरी स्वयम ग्रामथान विकासमा बाधा पुर्याई रहेकोले त्याहा स्थानीय वासी चिन्तित रहेको भन्दै समस्या सामाधानका लागि पहल गर्न संरक्षक तथा थानपति राजवंशीले अनुरोध गरेका छन् । सो ग्रामथानमा एक हजार भन्दा बढी घरघुरीले परापूर्वकाल देखि पूजाअर्चना गर्दै आएको छ ।
बिराटनगर ४ खारजी टोलको बुडवा ग्रामथानले चर्चेको जग्गा ६ कठ्ठामा १५ धुर खुम्चिएको त्यसमा पनि ब्यक्तिले १० फिट मिचेको संरक्षक दिलिप चौधरीले बताए । बिराटनगर ८ भलवाही टोलको राजा जस्मन ग्रामथानको बाटो मिचिएको भन्दै आउजाउ गर्न बाटो समेत नरहेको बताए । बिराटनगर ४ को ज्वला टोलमा रहेको ग्रामथानको जग्गा मिचेको पाँचु थन्दारले बताए । राजा धनपाल ग्रामथानबाट गाउँपालिका नामाकरण गर्दा राजा हटाएर धनपाल मात्र राखेर पहिचान मासेको बताए । बिराटनगर ४ को मधुग्रामथान, बिराटनगर ८ का कोचारखाल ग्रामथानको साविक बाटो मिचेर नम्बरी दर्ता गरेकोले नीतिगत रुपमै बाटो निकासका लागि संरक्षक चन्द्रनारायण बिश्वासले सहयोग माग गरेका छन् । ग्रामथान संकटमा पर्दा लोप हुने अवस्थामा ग्रामथान संग जोडिएको जतिपनि चर्चेको जग्गा थारु समुदायको साँस्कृतिक भूमि ब्यक्ति वा राज्यले मास्न नपाइने नेपालको ऐन र नीतिमै रहेको भन्दै थारु समुदाय जागरुक भएर खोजी नीतिगरी संरक्षण गर्न सकिने लाहुर्निपका सचिव भिम राईले प्रशिक्षण गर्दै जानकारी गराए । भूमि सबन्धि ऐन २०२१ सालमा ल्याएर जग्गा नापी, कित्ता र हकवाला बनाईयो तर त्यो भन्दा पहिले बर्षौ देखि थारु समुदायको वसोवास र ग्रामथान रहिआएको छ भने पर्ती जग्गामा रहेको ग्रामथानको बाटो हालमा मिचेको अवस्था हुँदा पहिलेको श्रेष्ता र अहिलेको आधारहरुको प्रमाण जुटाएर फिर्ता गर्न सकिने कानूनी प्रावधानको बारेमा लाहुर्निपबाट परामर्श दिएका छन् । परामर्शपछि उपस्थित थानपति, गहदार, जेवार, संरक्षकहरुले ग्रामथन संरक्षणमा लड्ने भिड्ने प्रतिबद्धता गरेका छन् ।
ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन
कानूनि परामर्श सहित समुदाय संगठित भएर अगाडी बढ्दा ग्रामथान संरक्षणमा थप बल पुग्ने उधेश्यले ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन गरेको छ । श्री ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीको सभापतित्व र जिल्ला संयोजक महिनारायण दासको संयोजकत्व लगायत आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष दिलबहादुर थेवे, लाहुर्निप अध्यक्ष दिनेश घले र सचिव भिम राईको उपस्थितीमा तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी सुनवर्सी नगरपालिका ९, उपाध्यक्ष सोमनलाल माझी, बिराटनगर ४ खारजी, उपाध्यक्षमा राजकुमार राजवंशी बिराटनगर ८ भलवाही, सचिवमा दिलिप चौधरी बिराटनगर ४ खारजी, सहसचिवमा लालबहादुर ताजपुरीया सुनवर्सी नगरपालिका ६, कोषध्यक्षमा चन्द्रनारायण विश्वास बिराटनगर ५ का समितिमा पदाधिकारी चयन भएका छन् ।
सदस्यहरुमा कारु गच्छदार धनपाल गाउँपालिका, लग्नु राजवंशी बिराटनगर १४, रामसिंह राजवंशी बिराटनगर ८,जयप्रकाश राजवंशी बिराटनगर ४, भागवान वेस्रा जहदा गाउपालिका ७, रामदेव राजवंशी बिराटनगर ४ खारजी, गीता कुमारी राजवंशी रंगेली १ समितिका सदस्यमा चयन भएका छन् ।
समितिको सल्लाहकारमा दिलबहादुर थेवे, सावित्री चौधरी, अधिवक्ता राजकुमार राजवंशी, पत्रकार सुनिल चौधरी रहेको जानकारी दिए । ग्रामथान संरक्षण जिल्ला समितिले ग्रामथानको साझा मुद्धामा ग्राथान स्तरीय समिति गठन गर्दै गहदार, थानपति, समुदायलाई संगठित गर्दै लाने समितिका अध्यक्ष चन्द्र प्रसाद राजवंशीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

आदिवासीहरुको ग्रामथान तथा साँस्कृतिक भूमि संरक्षण सम्बन्धि झुम्कामा कानूनी परामर्श गोष्ठी समपन्न

अर्काे पाेस्ट

झुम्का बहुउदेश्यीय सहकारीको ३४ औँ बार्षिक साधारण सभा समपन्न

सम्बन्धित अरु

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

समाचार

भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

मंसिर १, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस झुम्का सुनसरीको नव निर्मित भवन सुक्रवार समुद्घाटन भएको छ । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft