मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बहुउदेश्यीय सहकारीको ३४ औँ बार्षिक साधारण सभा समपन्न

by By: रामधुनी खबर
पुष २६, २०८०
404

रामधुनी खबर संवाददाता
झुम्का,पौष २६ । झुम्का बहुउदेश्यीय सहकारी रामधुनी वडा नं. १ को बिहिवार बार्षिक साधारण सभा समपन्न भएको छ । आ.ब. २०७९÷०८० को आयव्यय तथा प्रगती विवरण र आगामी आर्थिक बर्षको प्रस्तावित योजना प्रस्तुत गर्दै ३४ औँ बार्षिक साधारण सभा समपन्न गरेको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष डुनारायण चौधरीले प्रगती विवरण र आगामी आर्थिक बर्षको प्रस्तावित योजना प्रस्तुत गरेका छन् । संस्थाबाट निक्षेपमा १० प्रतिशत ब्याद प्रावाह गर्ने र ऋणमा १६ प्रतिशत ब्याज यथावत राख्ने जनाएको छ । संस्था विभिन्न कालखण्डमा अनेक वाधा–अवरोधको सामना गर्दै कठिन समयमा समस्याहरु संग जुझ्दै सदस्यहरुलाई उधेश्य अनुरुप सेवा सुविधा उपलब्ध र लाभांस वितरण गर्दै आइरहेको बताए ।
सेवाग्राहीका लागि सहज सुविधा प्रदान गर्न विभिन्न संघ संस्था स्थनीय सरकार संगको सहकार्य बढाउदै गएको अध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाबाट सेवा प्रवाहमा माग आवश्यक्ता अनुपातमा मल खाद्य, विउ विजन उपलब्ध नभएको हुँदा अपेक्षाकृत कारोवार हुन नसक्दा लक्ष्य प्राप्ती प्रभावित भएको अध्यक्ष चौधरीले जनाएको छ ।
संस्थाको आयब्यय तथा आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षक सदस्य रामेश्वर चौधरीले प्रस्तुत गरेका छन् । लेखा संयोजक घनश्याम चौधरीको हस्ताक्षरित प्रतिवेदन सदस्य रामेश्वर चौधरीले प्रस्तुत गर्दै रु ३ करोड ४ लाख ३३ हजार ३० रुपैयाको कारोवार भएको बताए ।, संस्थाले यस आर्थिक बर्षमा रु ११ लाख ९० हजार ४७६ रुपैया निक्षेप संकलन गरेको जनाए । ऋण लगानी रु ३७ लाख १४ हजार ३२८ रुपैया गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाको शेयर सदस्य बृद्धिगरी ३५६ रहेको छ भने शेयर पँुजी रु २१ लख ९८ हजार ४०० रहेको छ ।
यस आर्थिक बर्षमा उत्कृष्ट नियमित बचत तर्फ रामधुनी वडा नं. ६ का मधुरलाल चौधरी, रामधुनी वडा न.. ५ का उपेन्द्र प्रसाद नेपाल र रामधुनी १ का कोशीला कुमारी चौधरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । असल ऋणीमा रामधुनी वडा नं. ३ का सोनावती चौधरी र सुगालाल चौधरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । संस्थाका व्यवस्थापक हरीनारायण चौधरीले इमान्दारीपूर्वक जिम्मेवारी बहन गरेको प्रशंसा गर्दै रु २५०० सहित पुरस्कृत गरिएको आयोजक संस्थाले जानकारी दिए ।
संस्थाका अध्यक्ष डुनारायण चौधरीको सभापतित्वमा आयोजित साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष गुणराज काफले, संघका सदस्य उर्मिला कट्वाल, संस्थाका सल्लाहकार बद्रीनारायण चौधरीले संस्था र संचालक समिति तथा कर्मचारीले गरेको कार्य सराहनिय रहेको भन्दै आगामी कार्यको शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रम संचालन संस्थाका सचिव दिपनारायण चौधरीले संचालन गरेका थिए ।

अगाडिकाे पाेस्ट

मोरङ्गमा पनि ग्रामथान संकटकै अवस्था, समस्या बिरुद्ध सशक्त गर्न “ग्रामथान संरक्षण जिल्ला समिति” गठन

अर्काे पाेस्ट

“राज्यको एक लाल जग्गा पनि हिनामिना गरेको छैन्, न्याय पाएन भने जनताको अदालतबाट जान्छु”

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft