मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बहुउदेश्यीय सहकारीको ३४ औँ बार्षिक साधारण सभा समपन्न

by By: रामधुनी खबर
पुष २६, २०८०
384

रामधुनी खबर संवाददाता
झुम्का,पौष २६ । झुम्का बहुउदेश्यीय सहकारी रामधुनी वडा नं. १ को बिहिवार बार्षिक साधारण सभा समपन्न भएको छ । आ.ब. २०७९÷०८० को आयव्यय तथा प्रगती विवरण र आगामी आर्थिक बर्षको प्रस्तावित योजना प्रस्तुत गर्दै ३४ औँ बार्षिक साधारण सभा समपन्न गरेको हो ।
रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष डुनारायण चौधरीले प्रगती विवरण र आगामी आर्थिक बर्षको प्रस्तावित योजना प्रस्तुत गरेका छन् । संस्थाबाट निक्षेपमा १० प्रतिशत ब्याद प्रावाह गर्ने र ऋणमा १६ प्रतिशत ब्याज यथावत राख्ने जनाएको छ । संस्था विभिन्न कालखण्डमा अनेक वाधा–अवरोधको सामना गर्दै कठिन समयमा समस्याहरु संग जुझ्दै सदस्यहरुलाई उधेश्य अनुरुप सेवा सुविधा उपलब्ध र लाभांस वितरण गर्दै आइरहेको बताए ।
सेवाग्राहीका लागि सहज सुविधा प्रदान गर्न विभिन्न संघ संस्था स्थनीय सरकार संगको सहकार्य बढाउदै गएको अध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाबाट सेवा प्रवाहमा माग आवश्यक्ता अनुपातमा मल खाद्य, विउ विजन उपलब्ध नभएको हुँदा अपेक्षाकृत कारोवार हुन नसक्दा लक्ष्य प्राप्ती प्रभावित भएको अध्यक्ष चौधरीले जनाएको छ ।
संस्थाको आयब्यय तथा आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षक सदस्य रामेश्वर चौधरीले प्रस्तुत गरेका छन् । लेखा संयोजक घनश्याम चौधरीको हस्ताक्षरित प्रतिवेदन सदस्य रामेश्वर चौधरीले प्रस्तुत गर्दै रु ३ करोड ४ लाख ३३ हजार ३० रुपैयाको कारोवार भएको बताए ।, संस्थाले यस आर्थिक बर्षमा रु ११ लाख ९० हजार ४७६ रुपैया निक्षेप संकलन गरेको जनाए । ऋण लगानी रु ३७ लाख १४ हजार ३२८ रुपैया गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाको शेयर सदस्य बृद्धिगरी ३५६ रहेको छ भने शेयर पँुजी रु २१ लख ९८ हजार ४०० रहेको छ ।
यस आर्थिक बर्षमा उत्कृष्ट नियमित बचत तर्फ रामधुनी वडा नं. ६ का मधुरलाल चौधरी, रामधुनी वडा न.. ५ का उपेन्द्र प्रसाद नेपाल र रामधुनी १ का कोशीला कुमारी चौधरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । असल ऋणीमा रामधुनी वडा नं. ३ का सोनावती चौधरी र सुगालाल चौधरीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । संस्थाका व्यवस्थापक हरीनारायण चौधरीले इमान्दारीपूर्वक जिम्मेवारी बहन गरेको प्रशंसा गर्दै रु २५०० सहित पुरस्कृत गरिएको आयोजक संस्थाले जानकारी दिए ।
संस्थाका अध्यक्ष डुनारायण चौधरीको सभापतित्वमा आयोजित साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष गुणराज काफले, संघका सदस्य उर्मिला कट्वाल, संस्थाका सल्लाहकार बद्रीनारायण चौधरीले संस्था र संचालक समिति तथा कर्मचारीले गरेको कार्य सराहनिय रहेको भन्दै आगामी कार्यको शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रम संचालन संस्थाका सचिव दिपनारायण चौधरीले संचालन गरेका थिए ।

अगाडिकाे पाेस्ट

मोरङ्गमा पनि ग्रामथान संकटकै अवस्था, समस्या बिरुद्ध सशक्त गर्न “ग्रामथान संरक्षण जिल्ला समिति” गठन

अर्काे पाेस्ट

“राज्यको एक लाल जग्गा पनि हिनामिना गरेको छैन्, न्याय पाएन भने जनताको अदालतबाट जान्छु”

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft