मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरप्रमुख चौधरी प्रति प्रतिपक्षी दलको अनावश्यक प्रचार र समाजमा भ्रम फैलाउने समाचार

by By: रामधुनी खबर
जेठ २८, २०८१
867

रामधुनी खबर संवाददाता
झुम्का, जेष्ठ २८ । रामधुनी नगरपालिका र नगरप्रमुख शंकरलाल चौधरी माथी राजनीतिक पुर्वाग्रह र नगर विकासमा प्रभावित पार्ने केही प्रतिपक्षी दलको व्यवहार भएको बिज्ञप्ती सार्वजानिक गरेको छ । माग गरिएको सुचना नगरपालिकाको कार्यालयबाट पटक–पटक उपलब्ध गराइसकिएको भएपनि प्रतिपक्षी दल नगर विकासमा प्रभावित पार्न अनावश्यक भ्रामक प्रचारमा उद्धत भएको नेकपा एमाले रामधुनी नगर कमिटीले सोमवार सार्वजानिक गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
सुचनाको हक भन्दै विभिन्न राजनैतिक दल र संघसस्थाहरुले राजनीतिक पुर्वग्रह राखी रामधुनी नगरपालिका र पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समय सिमा तोक्ने, उपलब्ध गराइएका प्रमाणित सुचनाहरुलाई विश्वास नगर्ने र बारम्बार सुचना उपलब्ध गराउन दबाब दिने घटना क्रम प्रति नगर कमिटीले घोर आपती जनाएको छ । नगरपालिकाको वेबसाइड र सार्वजानिक सुनुवाईमा समेत सर्वजानिक गरिसकिएकोले प्रतिपक्षी दलले अनावश्यक प्रचार गर्ने र समाजमा भ्रम फैलाउने खालका समाचारहरु मिडिया र सामाजिक संजालमा आएका समाचारहरु प्रति ध्यान आकर्षण भएको नेकपा एमाले रामधुनी नगर कमिटीको बिज्ञप्तीमा रहेको छ ।
नेपालको संविधान भाग ३ धारा २७ मा उल्लेखित जनताको सुचित हुने अधिकारलाई सुनिश्चितता गर्न नगरपालिकाबाट विभिन्न समयमा सार्वजानिक सुनुवाई गर्ने, पत्रकार सम्मेलन गर्ने, नगरपालिकाको वेबसाइटबाट प्रकाशित गर्ने अडित गर्ने कुराहरु कार्यविधिको दायरामा रही गर्ने भएकोले अनुचित मागहरु राखी घेराबन्दी नगर्न अनुरोध गरिएको छ ।
नेकपा एमाले विधिको शासन मान्ने, जनउत्तरदायी, पारदर्शी, जवाफदेही, जनता मुखी र भ्रष्टचार रहित समाजको परिकल्पनागरी प्रभावकारी ढंगले आफना जनप्रतिनिधिलाई आफना कार्य गर्न निर्दैशित गर्ने पार्टी रहेको भन्दै पछिल्लो समयमा विकसित भएका घटनाक्रमहरुलाई नजिकबाट नियाली रहेका छौँ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताका मुद्धा प्रति बिचलित नभई आफनो कार्य सम्पादनमा लाग्न, जनपक्षीय कार्य गर्दा गर्दै कतैबाट अनुचित दवाव सिर्जना हुन्छ भने त्यसलाई चिरेर अगाडी बढ्न बिज्ञप्ती मार्फत निर्दैशित गरिएको छ ।
रामधुनी नगरको समग्र विकासका लागि कसैले पनि अनावश्यक दवाव सिर्जना नगर्न सम्बन्धित सबैमा नेकपा एमाले रामधुनी नगर कमिटी अध्यक्ष योगेन्द्र खड्का र सचिव नवराज खड्काको हस्ताक्षरित बिज्ञप्तीबाट ध्यान आकर्षण गराएको छ ।

अगाडिकाे पाेस्ट

धार्मिक र साँस्कृतिक महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि १५ दिने प्रशिक्षण कार्यक्रम

अर्काे पाेस्ट

नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथको लक्ष्य

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft