मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरप्रमुख चौधरी प्रति प्रतिपक्षी दलको अनावश्यक प्रचार र समाजमा भ्रम फैलाउने समाचार

by By: रामधुनी खबर
जेठ २८, २०८१
878

रामधुनी खबर संवाददाता
झुम्का, जेष्ठ २८ । रामधुनी नगरपालिका र नगरप्रमुख शंकरलाल चौधरी माथी राजनीतिक पुर्वाग्रह र नगर विकासमा प्रभावित पार्ने केही प्रतिपक्षी दलको व्यवहार भएको बिज्ञप्ती सार्वजानिक गरेको छ । माग गरिएको सुचना नगरपालिकाको कार्यालयबाट पटक–पटक उपलब्ध गराइसकिएको भएपनि प्रतिपक्षी दल नगर विकासमा प्रभावित पार्न अनावश्यक भ्रामक प्रचारमा उद्धत भएको नेकपा एमाले रामधुनी नगर कमिटीले सोमवार सार्वजानिक गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
सुचनाको हक भन्दै विभिन्न राजनैतिक दल र संघसस्थाहरुले राजनीतिक पुर्वग्रह राखी रामधुनी नगरपालिका र पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समय सिमा तोक्ने, उपलब्ध गराइएका प्रमाणित सुचनाहरुलाई विश्वास नगर्ने र बारम्बार सुचना उपलब्ध गराउन दबाब दिने घटना क्रम प्रति नगर कमिटीले घोर आपती जनाएको छ । नगरपालिकाको वेबसाइड र सार्वजानिक सुनुवाईमा समेत सर्वजानिक गरिसकिएकोले प्रतिपक्षी दलले अनावश्यक प्रचार गर्ने र समाजमा भ्रम फैलाउने खालका समाचारहरु मिडिया र सामाजिक संजालमा आएका समाचारहरु प्रति ध्यान आकर्षण भएको नेकपा एमाले रामधुनी नगर कमिटीको बिज्ञप्तीमा रहेको छ ।
नेपालको संविधान भाग ३ धारा २७ मा उल्लेखित जनताको सुचित हुने अधिकारलाई सुनिश्चितता गर्न नगरपालिकाबाट विभिन्न समयमा सार्वजानिक सुनुवाई गर्ने, पत्रकार सम्मेलन गर्ने, नगरपालिकाको वेबसाइटबाट प्रकाशित गर्ने अडित गर्ने कुराहरु कार्यविधिको दायरामा रही गर्ने भएकोले अनुचित मागहरु राखी घेराबन्दी नगर्न अनुरोध गरिएको छ ।
नेकपा एमाले विधिको शासन मान्ने, जनउत्तरदायी, पारदर्शी, जवाफदेही, जनता मुखी र भ्रष्टचार रहित समाजको परिकल्पनागरी प्रभावकारी ढंगले आफना जनप्रतिनिधिलाई आफना कार्य गर्न निर्दैशित गर्ने पार्टी रहेको भन्दै पछिल्लो समयमा विकसित भएका घटनाक्रमहरुलाई नजिकबाट नियाली रहेका छौँ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताका मुद्धा प्रति बिचलित नभई आफनो कार्य सम्पादनमा लाग्न, जनपक्षीय कार्य गर्दा गर्दै कतैबाट अनुचित दवाव सिर्जना हुन्छ भने त्यसलाई चिरेर अगाडी बढ्न बिज्ञप्ती मार्फत निर्दैशित गरिएको छ ।
रामधुनी नगरको समग्र विकासका लागि कसैले पनि अनावश्यक दवाव सिर्जना नगर्न सम्बन्धित सबैमा नेकपा एमाले रामधुनी नगर कमिटी अध्यक्ष योगेन्द्र खड्का र सचिव नवराज खड्काको हस्ताक्षरित बिज्ञप्तीबाट ध्यान आकर्षण गराएको छ ।

अगाडिकाे पाेस्ट

धार्मिक र साँस्कृतिक महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि १५ दिने प्रशिक्षण कार्यक्रम

अर्काे पाेस्ट

नेपाल–भारत धार्मिक महत्वको शन्देस दिदै झुम्का बजार आइपुगेका पैदलयात्री पशुपतिनाथको लक्ष्य

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft