मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको नीति तथा बजेट पारित, झुम्का बजार प्रर्वद्धनका लागि नगर गौरबका योजना निरन्तरता

by By: रामधुनी खबर
असार ११, २०८१
463

रामधुनी खबर संवाददाता
झुम्का, असार १० । रामधुनी नगरपालिकाले सोमवार १६ औँ नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक बर्षका लागि रु ७५ करोड ३२ लाख २१ हजार ७ सय ९५ रुपैयाको बजेट सार्वजानिक गर्दै नगर सभाबाट पारित गरेको हो ।
नगरपालिकाको नगर प्रमुख शंकरलाल चौधरीले आर्थिक बर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम सार्वजानिक गर्नु भयो भने उपप्रमुख तारा थापाले नगर सभाबाट बजेट प्रस्तुत गर्नु भयो ।
बजेट प्रस्तुतबाट झुम्का बजार प्रवद्र्धन गर्न नगर गौरबको योजनालाई निरन्तरता दिएको छ । योजनामा पूर्वाधार विकास प्राथमिक्तामा राख्दै रु ६ करोड बजेट विनियोजन गरेको छ । बजार संग जोडिएको बाटो कालोपत्रे गर्न नगर गौरबको योजनाबाट निरन्तरता दिएको हो। नगरको गौरबको योजनामा सब भन्दा बढी भादगाउँ सिनुवारी क्यामपसका लागि रु ७८ लाख विनियोजन गरेको छ ।
नगर विकास योजनामा रु ३ करोड १२ लाख बजेट ल्याएको छ । यस योजनाको शिर्षकमा सवारी साधन खरिदमा रु ८५ लाख सब भन्दा बढी रकम राखिएको छ ।
प्रशासनिक खर्चमा रु १५ करोड ४९ लाख ६१ हजार विनियोजन गरेको छ । प्रशासनिक खर्चमा कर्मचारी कल्याणकोष अन्तर्गत रु १ करोड सब भन्दा बढी रकम विनियोजन गरेको छ ।
आर्थिक विकास तर्फ रु १ करोड ४५ लाख, सामाजिक विकास तर्फ २५ करोड ५७ लाख, पूर्वाधार तर्फ रु १० करोड ८७ लाख, वन वातावरण विपद र फोहोर मैला व्यवस्थापनमा ६८ लाख ६० हजार, सुशासन तथा संस्थागत क्षमता विकास तर्फ रु २ करोड ६३ लाख बजेट विनियोजन गरेको सार्वजानिक बजेट प्रतिवेदनमा उल्लेख रहेको छ ।
बजेट खर्चका लागि प्रशासनिक खर्च, नगरका गौरबका योजना, नगर विकास योजना, नगर स्तरीय योजना तथा कार्यक्रमहरुमा पूर्वाधार, सामाजिक विकास तर्फ खेलकुद, बिद्यालय, शिक्षा, स्वास्थ्य विकास कार्यक्रम, महिला बालबालिका, दलित, अपाङ्गता, जेष्ठ नागरिक, आदिवासी जनजाति, पिछडा वर्ग, मन्दिर विकास, महिला लक्षित कार्यक्रम, कृषि विकास, पशु विकास, सहकारी विकास उद्योग तथा पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास तर्फ बजेट विनियोजन गरेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका दलित समुदायको समग्र पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण

अर्काे पाेस्ट

रामधुनीमा एकल महिला जनप्रतिनिधि फुयाल कार्यवाहक वडाअध्यक्ष र लेखा समिति संयोजकको नेतृत्वमा

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft