मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको नीति तथा बजेट पारित, झुम्का बजार प्रर्वद्धनका लागि नगर गौरबका योजना निरन्तरता

by By: रामधुनी खबर
असार ११, २०८१
439

रामधुनी खबर संवाददाता
झुम्का, असार १० । रामधुनी नगरपालिकाले सोमवार १६ औँ नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक बर्षका लागि रु ७५ करोड ३२ लाख २१ हजार ७ सय ९५ रुपैयाको बजेट सार्वजानिक गर्दै नगर सभाबाट पारित गरेको हो ।
नगरपालिकाको नगर प्रमुख शंकरलाल चौधरीले आर्थिक बर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम सार्वजानिक गर्नु भयो भने उपप्रमुख तारा थापाले नगर सभाबाट बजेट प्रस्तुत गर्नु भयो ।
बजेट प्रस्तुतबाट झुम्का बजार प्रवद्र्धन गर्न नगर गौरबको योजनालाई निरन्तरता दिएको छ । योजनामा पूर्वाधार विकास प्राथमिक्तामा राख्दै रु ६ करोड बजेट विनियोजन गरेको छ । बजार संग जोडिएको बाटो कालोपत्रे गर्न नगर गौरबको योजनाबाट निरन्तरता दिएको हो। नगरको गौरबको योजनामा सब भन्दा बढी भादगाउँ सिनुवारी क्यामपसका लागि रु ७८ लाख विनियोजन गरेको छ ।
नगर विकास योजनामा रु ३ करोड १२ लाख बजेट ल्याएको छ । यस योजनाको शिर्षकमा सवारी साधन खरिदमा रु ८५ लाख सब भन्दा बढी रकम राखिएको छ ।
प्रशासनिक खर्चमा रु १५ करोड ४९ लाख ६१ हजार विनियोजन गरेको छ । प्रशासनिक खर्चमा कर्मचारी कल्याणकोष अन्तर्गत रु १ करोड सब भन्दा बढी रकम विनियोजन गरेको छ ।
आर्थिक विकास तर्फ रु १ करोड ४५ लाख, सामाजिक विकास तर्फ २५ करोड ५७ लाख, पूर्वाधार तर्फ रु १० करोड ८७ लाख, वन वातावरण विपद र फोहोर मैला व्यवस्थापनमा ६८ लाख ६० हजार, सुशासन तथा संस्थागत क्षमता विकास तर्फ रु २ करोड ६३ लाख बजेट विनियोजन गरेको सार्वजानिक बजेट प्रतिवेदनमा उल्लेख रहेको छ ।
बजेट खर्चका लागि प्रशासनिक खर्च, नगरका गौरबका योजना, नगर विकास योजना, नगर स्तरीय योजना तथा कार्यक्रमहरुमा पूर्वाधार, सामाजिक विकास तर्फ खेलकुद, बिद्यालय, शिक्षा, स्वास्थ्य विकास कार्यक्रम, महिला बालबालिका, दलित, अपाङ्गता, जेष्ठ नागरिक, आदिवासी जनजाति, पिछडा वर्ग, मन्दिर विकास, महिला लक्षित कार्यक्रम, कृषि विकास, पशु विकास, सहकारी विकास उद्योग तथा पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास तर्फ बजेट विनियोजन गरेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका दलित समुदायको समग्र पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण

अर्काे पाेस्ट

रामधुनीमा एकल महिला जनप्रतिनिधि फुयाल कार्यवाहक वडाअध्यक्ष र लेखा समिति संयोजकको नेतृत्वमा

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft