मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

by By: रामधुनी खबर
बैशाख १६, २०७८
769

रा.ख.सम्वाददाता
झुम्का, बैशाख १६ । स्थानियतहको बिकास निर्माणमा सहभागीता बृद्धि तथा प्रोत्साहनकालागी स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । स्थानियतह संचलान ऐन २०७४ को योजना तर्जुमाको प्रक्रृयाको बारेमा जानकारी दिदै दुइ दिवसीय तालिम दिएको हो ।
नगरस्तरीय योजना र वडागत योजनाहरु टोल स्तरीयमा लाग्ने प्रक्रृया तथा टोल स्तरबाट योजना छनौट गर्ने बिषयमा जानकारी दिएको छ । बिकास र योजनाको सम्बन्ध, आर्थिक, सामाजिक, स्वास्थ्य, कृषि, पुर्वाधारका योजनामा बजेट, नीति तथा कार्यक्रमहरुको संचालन गर्ने प्रक्रृयाहरुको बिषयमा पहिचान गराएको सहजकर्ता धरान नगरपालिकाका वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले जानकारी दिए । स्थानीय सेवाको व्यवस्थापन, स्थानीयस्तरका विकास आयोजना तथा परियोजना, आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण, ग्रामीण तथा कृषि सडक र सिचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमनका बारेमा समेत जानकारी दिएको वातावरण शाखाका प्रमुख घिमिरेले बताए ।
तालिमबाट स्थानियतहको योजनाहरुको बिषयमा अवगत हुन पाउदा युवा, बालबालिकाहरुको बजेट लगायत कार्यक्रमहरुको माग गर्न सक्ने र नगरपालिका तथा वडाबाट संचालनहुने बिकासका कार्यहरुमा सहभागीभई सहयोग गर्ने भुमिकामा क्षमता बिकास भएको तालिममा सहभागी इनरुवाका कृष्ण कुमार शर्माले बताए । लक्षित बर्गको योजना, क्रमागत योजना, टोलका योजना संचालन हुने प्रक्रृयाको बारेमा जानकार भएको सहभागी पुष्पा शर्माले बताइन् ।
सरकारको योजनाहरुमा सहभागीता हुदै चासो, लगायतका बिकास निर्माणका कार्यहरुमा प्रभावकारी बनाउन युवाहरु लक्षित स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि तालिमको आयोजना गरेको युथ क्रिएशन सुनसरीका अध्यक्ष अमर राईले जानकारी दिए । तालिमको सहयोग प्लान इन्टरनेशनल नेपालले गरेको परियोजना संयोजक भिम पोख्रेलले जानकारी दिएको छ । तालिममा रामधुनी, इटहरी, धरान, इनरुवा, बराहक्षेत्र, दुहबीबाट २४ जना युवाहरुको सहभागी रहेको थियो । सरकार संचालन अन्तर्गत पनि यस भन्दा पहिले संसदमा संचलान हुने गतिबिधिको बारेमा अभ्यास सहित मंगलवार र बुधबार दुइ दिन तालिम दिएको संयोजक पोख्रेलले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम

अर्काे पाेस्ट

झुम्कामा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने लगायत महामारी रोकथामकालागी रामधुनी नगरपालिकाको विविध बिषयमा निर्णय

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft