मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु पत्रकार संघ केन्द्रियद्धारा कोभिड प्रभावित पत्रकार आर्थिक सहायता कोष स्थापना

by By: रामधुनी खबर
जेठ १५, २०७८
734

चन्द्रकला चौधरी (रामधुनी खबर पत्रिका सम्वाददाता)
झुम्का, जेष्ठ १५ । कोभिड महामारीको दोस्रो लहरबाट प्रभावित पत्रकारहरुलाई तत्कालै राहत प्रदान गर्ने उधेश्यले थारु पत्रकार संघ केन्द्रियले आर्थिक सहायता कोषको स्थापना गरेको छ । केन्द्रियको भर्चुअल बैठकमा अध्यक्ष सन्तोष दहितले सनिवार कोषको स्थापना भएको जानकारी दिदै स्वइच्छाले सहयोग गर्नहुन पनि अनुरोध गरेका छन् ।
कोभिडकै कारण ज्यान गुमाएका र समस्यामा परेका पत्रकारहरुलाई सहयोगकालागी कोष स्थापना गरेको अध्यक्ष दहितले जानकारी दिए । सहयोग गर्नुहुने इच्छुकले थारु पत्रकार संघ नेपालको राष्ट्रिय वाणिज्य वैंक लि. पुतली सडक शाखामा रहेको खाता नं. ११३०१००००३४०५००१ मा पठाउन सकिने बताएको छ । थारु पत्रकारहरु ७ जना कोभिड संक्र्रमित भएको बैठकमा जानकारी दिए । संक्रमणबाट एकजनाको मृत्यु र दुर्घटनाबाट एक जना गरी दुई थारु पत्रकारको निधन भएको छ । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोभिड संक्रमित भएपछि उपचारकै क्रममा जेठ ५ गते निधन भएको थियो । त्यस्तै, कपिलवस्तुका पत्रकार सञ्जय चौधरीको दुर्घटनामा परी वेैशाख ३० गते निधन भएको सम्बन्धित जिल्लाका पत्रकारहरुले जानकारी दिएको हो ।
केन्द्रिय अध्यक्ष सन्तोष दहितको सभापतित्वमा भएको भर्चुअल बैठकमा कोष स्थापना सहित केन्द्रियको पाँचौ अधिवेशन गर्ने, बिधान संशोधन लगायत महामारीबाट सुरक्षित रहने बिषयमा छलफल भयो । छलफलमा सल्लाहकार लक्की चौधरीले थारु पत्रकारहरु पत्रकारीतामा आफनै बल बुताले ठाउँमा पुगेको र कृयाशिल रहेको बताए । आर्थिक सहायता कोष खडा गर्नुमा थारु पत्रकारहरुलाई प्रोत्साहन मिल्ने सल्लाहकार चौधरीले बैठकमा बताए । कोभिडबाट स्वयम आफुनै संक्रमित भएकोहुदा यसबाट सिकाई पनि भएको चौधरीको भनाई रहेको थियो ।
भर्चुअल बैठकमा सुनसरीबाट अध्यक्ष सुनिल चौधरी, गवन चौधरी, कुलदिप चौधरी, सुक्देव चौधरी, कमला चौधरीले कोभिड प्रभावित पत्रकार र मिडिया हाउस संचालनकालागी केन्द्रिय तथा जिल्ला समितिबाट स्थानियतह तथा संघ संगठनहरुमा समन्बय गर्नु पर्ने उठान गरेका थिए । बैठकमा संघका अध्यक्ष सन्तोष दहित, उपाध्यक्ष उन्नति चौधरी, महासचिव सन्तकुमार चौधरी, सचिव कमल चौधरी, पुर्व उपाध्यक्ष प्रदिप लेखी, कृष्ण सर्वहारी लगायतका मोरंग, सुनसरी, सप्तरी, चितवन नवलपुर, रुपनदेही, कपिलबस्तु, बाँके, बर्दिया, कन्चनपुर, कैलालीका पत्रकारहरु जिल्लाका अवस्थाका बारेमा जानकारी दिएका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा नयाँ भेरियन्ट कोभिड संक्रमितको संख्या बढ्दै.....सोमवार सम्म संक्रमितको संख्या १११ जना पुग्यो

अर्काे पाेस्ट

थारु महिला उत्थान समाज र रामधुनी १ नं. वडा स्तरीय महिला समितिद्धारा श्रद्धान्जली अपर्ण

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft