मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

युथक्रिएशन सुनसरीको आयोजनामा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि भर्चुअल अभिमुखिकरण

by By: रामधुनी खबर
जेठ १७, २०७८
1025

चन्द्रकला चौधरी (रामधुनी खबर साप्ताहिक सम्वाददाता)
झुम्का, जेष्ठ १७ । संचार माध्यममा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि समाचार, दृश्य, तस्विर बिभेद रहित रुपमा प्रकाशन र प्रसारण गर्न सकिने अवस्थाको बारेमा सोमवार अभिमुखिकरण भएको छ । सुनसरीका मिडियाकर्मीहरुको सहभागितामा सहित प्लान नेपालको सहयोगमा युथक्रिएशन सुनसरीले भर्चुअल मार्फत अभिमुखिकरण गरेको हो ।
अभिमुखिकरणमा लिङ्ग र लैंगिकता, यौनिकता, मानवअधिकार, यौन तथा प्रजन्न स्वास्थ्य र अधिकार, संचार माध्यममा प्रकाशन र प्रसारणहुने लैंगिकतामा अधारित पुरातनवादी र पितृसत्तात्मक पुर्वाग्रह बिषयमा छलफल भएको छ । छलफल मार्फत संचारमाध्यममा बिज्ञापन प्रसारणहुदा महिलालाई अश्लिलता देखाउने प्रयास, लुगाधुने साबुन सर्फमा महिलालाई प्रयोगगरी महिलाले मात्र धुने सोच बनाउने, गर्भ पतनको असुहाउदो रुपले तस्विर ठुलो प्रकाशन गरिदिने जस्ता लैगिक असमान्ता हुने खालका प्रकाशनलाई मर्यादित बनाउन सुझावहरु आएका छन् । लाइक, कमेन्ट र पत्रिका बिकाउने नाममा पिडितलाईनै नाकारात्मक असरपर्ने सामाचार र सामाग्री प्रकाशन बढ्दो रुपमा आएको र यसबारेमा सम्पादकले ध्यान पुर्याउनु पर्ने अवस्थाको बारेमा जानकारी दिएका छन् । यसैगरी पत्रकारहरुले पालना गर्नु पर्ने आचार सहिता, ब्यक्तिगत गोपनियता ऐनको बिषयमा छलफलगरी सुझावहरु लिएका थिए ।
युथ क्रिएशन सुनसरीको संचालक सदस्य राजेश राईको सभापतित्वमा पुष्पा जोशीले सहजिकरण गरेकी छन् । अभिमुखिकरणमा सुनसरीका २५ जना मिडियाकर्मीहरु सहभागी जनाएको युथक्रिएशनका भिम पोख्रेलले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

थारु महिला उत्थान समाज र रामधुनी १ नं. वडा स्तरीय महिला समितिद्धारा श्रद्धान्जली अपर्ण

अर्काे पाेस्ट

गरिबी निवारणकालागी रामधुनीको बिभिन्न वडामा उद्यम बिकास कार्यक्रम संचालन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft