मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ६ नं.वडाका सदस्य लक्ष्मी चौधरीले अनियमित्ताको आरोप माथी दिइन् प्रतिउत्तर, स्थानियको चित्त नबुझ्दा छानबिन समिति गठन

by By: रामधुनी खबर
असार १४, २०७८
839

सुनिल चौधरी
झुम्का, असार १४ । रामधुनी ६ नं. वडाका वडा सदस्य लक्ष्मी चौधरीले अनियमित्ता आरोप माथी प्रतिउत्तर दिएकी छन् । शनिवार वडा कार्यलयमा बसेको छलफलमा नगरप्रमुख जयप्रकाश चौधरीको संयोजकत्व, वडाअध्यक्ष हेमनारायण राजधामी, समाज सेवी नन्द बस्नेत, श्याम राजधामी तथा वडावासीहरुको उपस्थितीमा छलफल गर्दै आरोपमाथी वडा सदस्य चौधरीले प्रष्ट पारेकी हुन् ।
मैनीटोलको फलामेपुलमा रंगरोगन नगरी रकम जोगाएको र ग्लोब्लाइज फलामे पाईप लगाउने भनेर लगेको बजेटमा सो अनुसार काम नभएको आरोपमा वडा सदस्यले भनिन् रंगरोगको इस्टिमेट नरहेकोले लगाउन सकेनौ पुग्ने बजेटमा पुर्ण कार्य भएको बताइन् । आरोपमै बिउ बोका बितरणमा परिवारका सदस्यलाई दिएको र सो बोका काटेर खाएको आरोपमा जवाफ दिदै भनिन् बोका बितरण पछि बिरामी भयो बिरामी हुदा वडालाई जानकारी दिनु पर्नेमा काटेर खानु कमि कमजोरी रह्यो भनेर उन्ले बताइन् ।
पहिलो लहरको कोभिड महामारीमा दोस्रो चरणको राहत वडा सदस्य चौधरीको संयोजकत्वमा बितरण भएको र केही राहतका सामाग्री उग्रिएकोमा रेकर्ड अनुसार नरहेको तथा खान योग्य समेत नरहेको आरोप्रतिको प्रतिउत्तर दिदै भनिन् ६ सय ७० केजी चामल उग्रिएकोमा स्टक रहेको छ । स्टक राहत सामाग्री वडाकै भवनमा रहेको जानकारी दिइन् । उग्रिएको राहत बिपन्न परिवारका मरिमराउमा समेत बितरण भएको जानकारी दिईन् । वडा सदस्य आफनै घर अगाडी ह््युम पाईप लगाएको समेत आरोप खेप्दा वडा सदस्य चौधरीले सो बराबरको रकम तिर्ने प्रतिबद्धता गरीन् ।
श्रीमानलाई उपभोक्ता समितिमा राख्दा नातावादको आरोप लाग्दा उन्ले भनिन् उपभोसमितिमा एक ब्यक्तिले राखेर हुदैन् भेलाबाट सर्वसहमतिले समितिको अध्यक्ष चयन भएको स्पष्ट पारेकी छन्् । वडा सदस्य चौधरीलाई आरोप माथीको आरोमा धानको बिउ ५० प्रतिशत छुटको अनुदानमा समेत अनियमित्ता गरेको आरोप झेल्नु पर्दा छानबिन समिति गठन गरी एक हप्ता भित्र प्रतिवेदन बुझाउनु पर्ने निर्णय गरेको छ । लिलिया सदाको संयोजकत्वमा ७ सदस्य रहनेगरी छानबिन समिति गठन गरेको हो ।
छलफपछि वडा कार्यालयले ध्यान आकर्ष पत्र समेत सार्वजानिक गरेको छ । वडा सदस्यलाई लागेको आरोपमा कुनै अनियमित्तता नगरेको टिक्का टिप्पनीका आधारमा अफवाह फैलिएको भन्दै दुःख ब्यक्त गरेको छ । वडा अध्यक्ष हेमनारायण राजधामीको हस्ताक्षरित पत्रमा टिक्का टिप्पनीको पछाडी नलागी वडा कार्यालयले सम्पन्न तथा सम्पादन गरेका कार्यप्रति जानकारीलिन चाहने ब्यक्ति तथा संगठनलाई वडा कार्यालयबाट यथार्थ जानकारी दिने अनुरोध गरिएको छ । तथापी पनि छानबिन समिति गठन भएको छ । समितिले ल्याएको प्रतिवेदन सत्य तथ्य र यथार्थ हेर्नु पर्ने बाँकीनै छ ।

अगाडिकाे पाेस्ट

सामाजिक परिवर्तन केन्द्रको राहतले रामधुनीका अतिबिपन्न परिवारलाई सहज

अर्काे पाेस्ट

राजनीतिक प्रतिशोध साध्न मलाई बदनाम गर्न खोजियो ः वडा सदस्य लक्ष्मी चौधरी

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft