मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

राजनीतिक प्रतिशोध साध्न मलाई बदनाम गर्न खोजियो ः वडा सदस्य लक्ष्मी चौधरी

by By: रामधुनी खबर
असार १९, २०७८
761

सुनिल चौधरी
झुम्का, असार १९ । राजनीतिक प्रतिशोध साध्न मलाई बदनाम गर्न खोजेको भन्दै रामधुनी ६ नं. वडाका वडा सदस्य लक्ष्मि चौधरीले बिज्ञप्ती जारी गरेकी छन् । नगरपालिकाको नियम, कानुन र नगर सभाबाट पास भएको कार्यक्रम, योजना र बजेटलाई अर्थिक नियमावली समेतलाई ध्यानमा राखी पारदर्शिता रुपमा गरेको कार्यन्व्यन प्रष्ट हुदाहुदै पनि राजनीतिक प्रतिशोधले तथ्यहिन आरोप लगाएको भन्दै बिज्ञप्ती जारी गरेकी हुन् ।
अनियमित्ता गरेको आरोप निराधार, तथ्यहिन, कपोकल्पित रहेको वडा सदस्यले दावि गरेकी छिन् । वडाकार्यालयकै निर्णय अनुसार बिकास निर्माण भएकोले म प्रति लगाएको निराधार आरोप प्रतिशोध लिनकालागी एक पक्षिय रुपले लगाएको वडासदस्य चौधरीले गुनासो गरेकी छन् । आरोप प्रतिको छानबिन समितिमा पराजित ब्यक्ति तथा आरोप लगाएको ब्यक्ति स्वयम रहेकोले यसप्रतिको ब्यवहारले छानबिन समिति निष्पक्ष नहुने वडा सदस्य चौधरीको भनाई रहेको छ । छानबिन माथिल्लो निकायले गर्नु पर्ने माग समेत गरेकी छन् । लिलिया सदाको संयोजकत्वमा पुष्प प्याकुरेल, दिनेश कुमार श्रेष्ठ, मिना शेर्पा, चन्द्र बहादुर, रेवतराम गुरुङ्ग, ललिता देउजा र सदस्य सचिवमा नन्द कुमार श्रेष्ठ रहेको छ । शनिवार समिति गठन गर्दै ट्रस पुल मैनी, बिउ बोका, धानको बिउ, राहत बितरण र ह्युमपाइपको बिषयमा छानबिन गर्ने बताएको छ ।
वडा सदस्य चौधरीले मैनिटोलमा लगाएको फलामेपुल २०७६÷७७ कै आर्थिक बर्षमा प्राबिधिक मुल्याङ्कन भैसकेर फरफारक समेत भएकोले अहिले आएर बजेट तथा योजनामा आरोप लगाउनु राजनीतिक प्रतिशोध रहेको उठान गरिन् । पुलकै लागी पटक पटक रुपमा रकम लगिएको भनेर आरोपमा निराधार रहेको भन्दै नगरपालिकाबाट कुन आर्थिक बर्षमा कहाँ छुट्याएको देखाउन सक्नु पर्ने बताइन् । तिन बर्ष अगाडी वडाले बिनियोजन गरेको बजेटले वडाकार्यालयकै निर्णयबाट मापदण्ड पुगेको समुह र फार्मका किसानलाई बिउ बोका बितरण गरेकोले बोका आफन्तलाई बितरण तथा वडा सदस्यले काटेर खाएको भन्ने आरोप निराधार रहेको दावि गरिन् ।
धानको बिउ बितरण वडाबाट थोरै रहेको थियो तथापी पनि धेरै किसान लाभान्वित हुने उधेश्यले रु ८० रुपैया केजीले लयाएको बिउ ५० प्रशित छुटमा किसानलाई रु ४० रुपैया बितरण गरेकोहुदा यसमा आरोप लगाउने ठाउँनै नरहेको जानकारी दिइन् । राष्ट्रिय सडक बिभागमा निवेदन सहित दुइ ह्युमपाइप डुबान क्षेत्र अन्तर्गतनै लगाएकी छु । उन्ले भनिन् यहा निकास नभएर डुबान हुने गरेको थियो । मेरो नमरीमा छैनन् सार्वजानिक जग्गामा सार्वजानिक हितकैलागी लगाएकोले अनियमित्ताको आरोप उचित नदेखिएको बताइन् । आरोप मात्र ब्यक्तिगत चरित्र हत्या गर्न उद्धत रहेकोले यसमा घोर भर्तसना गर्दछु वडा सदस्य चौधरीले बिज्ञप्तीमा उल्लेख गरेकी छन् ।
राहत सामाग्रीमा आफन्तलाई मनोमानी रुपमा दिएको भनेर आरोप लगायो यसस्मा कहा र कसरी दिए पुष्टि गर्नु पर्ने लगायत वडा कार्यालयमा राखेको राहत मुचुल्का नउठाई अर्को कोठामा सिफ्ट हुदा मलाई जानकारी समेत दिएनन् भनेर मनोमानी गरेको आरोप गलत रहेको बताइन् । गलत आरोप लगाउनु मानवता बर्खिलाप रहेकोले न्याय माग गर्दै मेरो घर परिवारमा कुनै प्रकारको धनजन क्षति भए तिनै ब्यक्तिहरुले जिम्मेवार हुनु पर्ने बताएकी छन ।

    अगाडिकाे पाेस्ट

    रामधुनी ६ नं.वडाका सदस्य लक्ष्मी चौधरीले अनियमित्ताको आरोप माथी दिइन् प्रतिउत्तर, स्थानियको चित्त नबुझ्दा छानबिन समिति गठन

    अर्काे पाेस्ट

    रामधुनीको कोभिड अस्पताल र चार स्वास्थ्य चौकीमा दाता संस्थाबाट स्वास्थ्य सामाग्री सहयोग

    सम्बन्धित अरु

    समाचार

    झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

    कार्तिक १, २०८३

    रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

    समाचार

    उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

    असोज २९, २०८३

    रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

    अरू हेर्नुहाेस्

    बढी पढिएकाे (३० दिनमा)

    • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

      0 shares
      Share 0 Tweet 0
    • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

      0 shares
      Share 0 Tweet 0
    • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

      0 shares
      Share 0 Tweet 0
    • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

      0 shares
      Share 0 Tweet 0
    • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

      0 shares
      Share 0 Tweet 0

    © रामधुनी खबर
    Developed By: BarahaSoft

    • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
    • सम्पादक : सुनिल चौधरी
    • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
    • सम्पर्क : ९८४२४२९१२८
    • इमेल : ramdhunikhabarpatrika@gmail.com

    No Result
    View All Result
    • गृह
    • समाचार
    • राजनीति
    • स्वस्थ/शिक्षा
    • कृषि
    • खेलकुद
    • विचार/अन्तर्वार्ता/साहित्य
    • बिज्ञान/ प्रबिधि

    © रामधुनी खबर
    Developed By: BarahaSoft