मिति : २०८२ फागुन २७ गते (बुधबार)
मौसम : 26.42°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा आर्थिक भार थोपारेर अनावस्यक कर्मचारीलाई म्याद थप नगर्न माग, सेटिङ्गमा म्याद थप गरे अख्तियार सम्म जाने निर्णय

by By: रामधुनी खबर
असार ३०, २०७८
733

सुनिल चौधरी
झुम्का,असार ३० । रामधुनी नगरपालिकाले संघिय सरकारको मापदण्ड भन्दा बढी कर्मचारी राखेको भन्दै जनता समाजवादी पार्टी नेपाल रामधुनी नगर समितिले अनावस्यक कर्मचारीलाई हटाउन माग गरेको छ । मापदण्ड अनुसार ५८ जना कर्मचारीहुनु पर्नेमा त्यसको सट्टा १२५ जना राखेकोले ६७ जना अनावस्यक कर्मचारीलाई म्याद थप नगर्न ज.स.पा नगर समितिले प्रेश बिज्ञप्ती मार्फत अनुरोध गरेको हो ।
नगरपालिकाले २०७८ श्रावणबाट कर्मचारीको नबिकरण गर्ने नवौ नगर सभाबाट पारित गरेको छ । नगरसभामै प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपानेले करार र ज्यालादारी कर्मचारीहरुको नविकरणमा हस्ताक्षर नगर्ने भन्दै दवाव आए बरु सरुवा भएर जाने प्रतिउत्तर दिएका थिए । अधिकृतको प्रतिउत्तर सबै पक्षबाट तथ्यनै रहेकोले दवावमा हस्ताक्षर भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने जसपा रामधुनी नगर समितिका अध्यक्ष रामबहादुर खड्काले चेतावनी दिएको छ । रामधुनी नगरपालिकाको आर्थिक भार थापार्ने काम भएकोले समबन्धित काममा समेत क्षमता नभएका कर्मचारीहरुलाई राजनीतिक दल ऐमाले, काग्रेशको सेटिङ्गमा नगरपालिकाले करार र ज्यालादारीका अनावश्यक कर्मचारीहरु राखेको बताए ।
नगरपालिकालाई कर्मचारी आवश्यक छ भने सुचना निकालेर प्रतिस्पर्धाबाट छनौट गरिनु पर्ने थियो । खड्काले भने प्रतिस्पर्धाबाट जेहेन्दार, अनुभवि, कर्मचारी छनौट गरेर नगरको बिकास कार्यमा पनि प्रभावकारी गर्नु पर्नेमा यहा मिलेमतोमा आफन्तहरुलाई कर्मचारी राख्दा उनीहरुले गर्न मन लागे गर्ने नभए गफ छाटेर बस्ने रबैयाले नगरपालिकालाई आर्थिक भार मात्र थोपार्ने काम भएको खड्काले दावी गरेको छ । तसर्थ मापदण्ड सहित हेरेर कर्मचारी कति संख्यामा राख्न हुने र नहुनेमा जनप्रतिनिधि समेतले आफै बुझ्नु पर्ने वा नगरपालिकाले तथ्याङ्क पार्दशिता गर्नु पर्ने थियो तथापी बुझ पचाएर आफन्तलाई रजाई गर्न र राजनीतिक कार्यकर्तालाई पाल्न सेटिङ्ग रहेको भन्दै अनावश्यक कर्मचारीलाई हटाउनै पर्नेमा जसपा रामधुनी नगर समिति अध्यक्ष खड्काले बिज्ञप्ती मार्फत ध्यान आकर्षण गरेको हो ।
यता रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले करार र ज्यालादारी कर्मचारी हटाउनु भन्दा पनि थप गर्नु पर्ने अवस्था देखिएको बताए । नगरमा पियन सम्मको कर्मचारी अभाव देखिएको छ तथापी पनि बाध्यता पुरानै कर्मचारीहरुबाट ब्यवस्थापन गरिरहेको जानकारी दिए । नवौ नगरसभाबाट हालमा रहेको आवश्क कर्मचारीहरुको अनुगमन र मुल्याङ्कन भएर नविकरण गर्न सहमति पास भै सकेकोले नबिकरण गर्न हुने बताए । चित्त नबुझ्नेहरुले अख्तियार, न्यायलय जहापनि जान सक्ने स्वतन्त्रा रहेकोले असहमति तथा उजुरी गर्न पाइन्छ भन्दै नगर प्रमुख जय प्रकाश चौधरीले आफनो धारणा ब्यक्त गरे ।
नगरपालिकामा ६७ जना अनावश्यक कर्मचारी नरहेको रामधुनी नगरपालिकाको प्रशासन शाखाले जानकारी दिए । नगरपालिका अन्तर्गत ३० जना करार र ज्यालादारीका आवश्यक्ता अनुसारनै कर्मचारी रहेको बताएका छन् । स्थानिय सरकार संचालन ऐन २०७४ ले पुरानो कर्मचारीलाई ब्यवस्थापन गर्न भनिएकोमा सोही अनुसार ब्यवस्थापन गर्दै आएका छौ, यस बर्षको साउनबाट पनि हुने बताउदै अख्तियारले नयाँ कर्मचारी नियुक्त गर्न नुहुने सो मापदण्ड ल्याउदा सो को पालना गरिरहेका छौँ भनेर प्रशासन शाखाका प्रमुख बिनय परियारले बताए । घर नक्सा पास शाखा, योजना शाखा, सरसफाईकालागी कार्मचारी आवश्क्तानै रहेकाले पुरानै कर्मचारीबाट समन्बय हुदै आएको छ । छुट्टै रुपमा रहेको वडा कार्यालय, बिषयगत शाखाहरु लगायतमा दुई–दुई जना कर्मचारी रहेको छ, शाखाहरुमा रहेको कर्मचारीलाई समेत लिदा सो संख्यामा पुग्ने बताउदै नगरपालिका अन्तर्गत कर्मचारी भने त्यति संख्यामा अनावश्यक कर्मचारी नरहेको प्रशासन शाखाका प्रमुख परियारको भनाई रहेको छ ।

अगाडिकाे पाेस्ट

कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न रामधुनीको मकै ब्लक क्षेत्रका किसानलाई आधुनिक कृषि उपकरण वितरण

अर्काे पाेस्ट

३९ औँ बि.पि.स्मृति दिवसको अवसरमा झुम्का स्थित रक्तदान कार्यक्रम हुने

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft