मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा आर्थिक भार थोपारेर अनावस्यक कर्मचारीलाई म्याद थप नगर्न माग, सेटिङ्गमा म्याद थप गरे अख्तियार सम्म जाने निर्णय

by By: रामधुनी खबर
असार ३०, २०७८
687

सुनिल चौधरी
झुम्का,असार ३० । रामधुनी नगरपालिकाले संघिय सरकारको मापदण्ड भन्दा बढी कर्मचारी राखेको भन्दै जनता समाजवादी पार्टी नेपाल रामधुनी नगर समितिले अनावस्यक कर्मचारीलाई हटाउन माग गरेको छ । मापदण्ड अनुसार ५८ जना कर्मचारीहुनु पर्नेमा त्यसको सट्टा १२५ जना राखेकोले ६७ जना अनावस्यक कर्मचारीलाई म्याद थप नगर्न ज.स.पा नगर समितिले प्रेश बिज्ञप्ती मार्फत अनुरोध गरेको हो ।
नगरपालिकाले २०७८ श्रावणबाट कर्मचारीको नबिकरण गर्ने नवौ नगर सभाबाट पारित गरेको छ । नगरसभामै प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपानेले करार र ज्यालादारी कर्मचारीहरुको नविकरणमा हस्ताक्षर नगर्ने भन्दै दवाव आए बरु सरुवा भएर जाने प्रतिउत्तर दिएका थिए । अधिकृतको प्रतिउत्तर सबै पक्षबाट तथ्यनै रहेकोले दवावमा हस्ताक्षर भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने जसपा रामधुनी नगर समितिका अध्यक्ष रामबहादुर खड्काले चेतावनी दिएको छ । रामधुनी नगरपालिकाको आर्थिक भार थापार्ने काम भएकोले समबन्धित काममा समेत क्षमता नभएका कर्मचारीहरुलाई राजनीतिक दल ऐमाले, काग्रेशको सेटिङ्गमा नगरपालिकाले करार र ज्यालादारीका अनावश्यक कर्मचारीहरु राखेको बताए ।
नगरपालिकालाई कर्मचारी आवश्यक छ भने सुचना निकालेर प्रतिस्पर्धाबाट छनौट गरिनु पर्ने थियो । खड्काले भने प्रतिस्पर्धाबाट जेहेन्दार, अनुभवि, कर्मचारी छनौट गरेर नगरको बिकास कार्यमा पनि प्रभावकारी गर्नु पर्नेमा यहा मिलेमतोमा आफन्तहरुलाई कर्मचारी राख्दा उनीहरुले गर्न मन लागे गर्ने नभए गफ छाटेर बस्ने रबैयाले नगरपालिकालाई आर्थिक भार मात्र थोपार्ने काम भएको खड्काले दावी गरेको छ । तसर्थ मापदण्ड सहित हेरेर कर्मचारी कति संख्यामा राख्न हुने र नहुनेमा जनप्रतिनिधि समेतले आफै बुझ्नु पर्ने वा नगरपालिकाले तथ्याङ्क पार्दशिता गर्नु पर्ने थियो तथापी बुझ पचाएर आफन्तलाई रजाई गर्न र राजनीतिक कार्यकर्तालाई पाल्न सेटिङ्ग रहेको भन्दै अनावश्यक कर्मचारीलाई हटाउनै पर्नेमा जसपा रामधुनी नगर समिति अध्यक्ष खड्काले बिज्ञप्ती मार्फत ध्यान आकर्षण गरेको हो ।
यता रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले करार र ज्यालादारी कर्मचारी हटाउनु भन्दा पनि थप गर्नु पर्ने अवस्था देखिएको बताए । नगरमा पियन सम्मको कर्मचारी अभाव देखिएको छ तथापी पनि बाध्यता पुरानै कर्मचारीहरुबाट ब्यवस्थापन गरिरहेको जानकारी दिए । नवौ नगरसभाबाट हालमा रहेको आवश्क कर्मचारीहरुको अनुगमन र मुल्याङ्कन भएर नविकरण गर्न सहमति पास भै सकेकोले नबिकरण गर्न हुने बताए । चित्त नबुझ्नेहरुले अख्तियार, न्यायलय जहापनि जान सक्ने स्वतन्त्रा रहेकोले असहमति तथा उजुरी गर्न पाइन्छ भन्दै नगर प्रमुख जय प्रकाश चौधरीले आफनो धारणा ब्यक्त गरे ।
नगरपालिकामा ६७ जना अनावश्यक कर्मचारी नरहेको रामधुनी नगरपालिकाको प्रशासन शाखाले जानकारी दिए । नगरपालिका अन्तर्गत ३० जना करार र ज्यालादारीका आवश्यक्ता अनुसारनै कर्मचारी रहेको बताएका छन् । स्थानिय सरकार संचालन ऐन २०७४ ले पुरानो कर्मचारीलाई ब्यवस्थापन गर्न भनिएकोमा सोही अनुसार ब्यवस्थापन गर्दै आएका छौ, यस बर्षको साउनबाट पनि हुने बताउदै अख्तियारले नयाँ कर्मचारी नियुक्त गर्न नुहुने सो मापदण्ड ल्याउदा सो को पालना गरिरहेका छौँ भनेर प्रशासन शाखाका प्रमुख बिनय परियारले बताए । घर नक्सा पास शाखा, योजना शाखा, सरसफाईकालागी कार्मचारी आवश्क्तानै रहेकाले पुरानै कर्मचारीबाट समन्बय हुदै आएको छ । छुट्टै रुपमा रहेको वडा कार्यालय, बिषयगत शाखाहरु लगायतमा दुई–दुई जना कर्मचारी रहेको छ, शाखाहरुमा रहेको कर्मचारीलाई समेत लिदा सो संख्यामा पुग्ने बताउदै नगरपालिका अन्तर्गत कर्मचारी भने त्यति संख्यामा अनावश्यक कर्मचारी नरहेको प्रशासन शाखाका प्रमुख परियारको भनाई रहेको छ ।

अगाडिकाे पाेस्ट

कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न रामधुनीको मकै ब्लक क्षेत्रका किसानलाई आधुनिक कृषि उपकरण वितरण

अर्काे पाेस्ट

३९ औँ बि.पि.स्मृति दिवसको अवसरमा झुम्का स्थित रक्तदान कार्यक्रम हुने

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft