मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्रि नगर घोषणा प्राथमिक्ता दिदै रामधुनी नगरपालिकाको रु ७२ करोड ८४ लाख बजेट सार्वजानिकीकरण

by By: रामधुनी खबर
साउन १५, २०७८
835

सुनिल चौधरी
झुम्का, असार १५ । रामधुनी नगरपालिकाले आ.ब. २०७८÷०७९ कोलागी सुक्रवार बजेट सार्वजानिकीकरण गर्नु भएको छ । नगरप्रमुख जयप्रकास चौधरीको सभापत्विमा नगरउपप्रमुख सबिना चौधरीले कुल रु ७२ करोड ८४ लाख ४ हजारको बिनियोजित बजेट सार्वजानिक गर्नु भएको हो ।
अल्या सहितको बजेट सार्वजानिक अनुसार चालु खर्च रु ४३ करोड ७ लाख ३३ हजार ५९.१३ प्रतिशत र पुँजिगत खर्च २९ करोड ७६ लाख ७१ हजार ४०.८७ प्रतिशत रहेको छ । कुल अनुमान गरिएको खर्च ब्यहोर्ने श्रोत मध्ये आन्तरीक आय रु ३ करोड ४७ लाख ८० हजार, संघिय र प्रदेश सरकार सामानीकरण अनुदान, संघिय सरकार शसर्त पुँजिगत अनुदान, संघिय सरकार समपुरक अनुदान, संघिय राजश्वबाडफाडबाट ब्यहोर्ने छन । यसैगरी गत बर्षको मौजदात र अन्य अनुमानित आय तथा जनसहभागीताबाट बजेट कार्यन्व्यन गर्ने उपप्रमुख चौधरीले बजेट सार्वजानिकिकरण गर्दै बताउनु भयो ।
नगरपालिकाले चालु बर्षमा नगरलाई बालमैत्रि नगरको रुपमा घोषणा गर्ने लक्ष्य प्राथमिक्तामा राखिएको छ । नगरपालिकाले जनाए अनुसार समपुर्ण तयारी भएपनि बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९को महामारीको असरबाट तोकिएको मितिमा हुन नसकेको भन्दै अवस्था सहज हुने बितिकै लक्ष्य अनुसारको बालमैत्रि नगरघोषणा गर्ने कार्य अगाडी बढाइने नीतिलाई कार्यन्वयन गर्न २०७८ भाद्र २९ गते राष्ट्रिय बालदिवसको अवसरमा घोषणा सभाको आयोजना गर्ने जनाएको छ । यस संगै बालबिवाह र बालश्रम मुक्त क्षेत्र समेत घोषणा गर्ने जनाएको छ ।
बालमैत्रि नगरकालागी आवश्यक सुचक पुरा भए नभएको मुल्याङ्कनकालागी अनुगमनलाई तिब्रता दिएको छ । नगर स्तरिय अनुगमन गर्दै बाल क्लव, वडा बाल संजाल, सामुदायिक तथा संस्थागत बिध्यालय, वडाको केही घरधुरी, बालबिकास केन्द्रको अवस्थाको बारेमा बुझ्दै साकारात्मकलाई निरन्तरता र सुधार गर्नु पर्ने पक्षको यथा सिघ्रता ल्याउनु पर्ने सचेतना सहितको अनुगमन गरिरहेको छ । बालमैत्रि स्थानिय शासनकालागी ८५ प्रतिशत सुचक पुरा भए घोषणा गर्ने योजना शाखा प्रमुख हर्षलाल चौधरीको भनाई रहेको छ ।
नगरपालिकाले बजेट सार्वजानिक गर्दै आर्थिक बिकासमा पहिलो पर्यटन र दोस्रोमा कृषिलाई प्राथमिक्तामा राखेको छ । पर्यटन बिकासकालागी रु ३ करोड २७ लाख बजेट बिनियोजन रहेको छ भने कृषिकालागी रु २ करोड २२ लाख ९२ हजार बजेट ल्याएको छ ।
चालु बर्षको बजेट बिकास कार्यहरुको कार्यन्वयन तथा समझौता भदौ महिनाबाट हुने योजना शाखाले जनाएको छ । चालु बर्षको चैत्र मसान्त सम्म भने सबै योजना समपन्न गर्ने लक्ष्य लिएको छ । बिध्यालय तथा मठमन्दिरकालागी जनश्रमदान मिनाहा गरीएको छ । नगरपालिकाको नीतिमानै जनश्रमदान नलिने ब्यवस्था रहेको वडा नं. ५ का वडाअध्यक्ष तथा पुर्वाधार बिकास संयोजक डेगराज फुयालले जानकारी दिनु भयो । वडा अध्यक्ष फुयालले आफनो वडामा भदौ महिना उपभोक्ता समिति गठन गर्ने असोज सम्म सबै बिकास निर्माणका समझौता गरिसक्ने प्रतिबद्धता गर्नु भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीको छापा

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा डिजिटल प्रबिधि सेवा

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft