मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्री वडा घोषणा गर्न रामधुनी १, ३ र ४ नं. वडालाई जिल्ला समन्वय समितिको स्वीकृति

by By: रामधुनी खबर
भदौ २, २०७८
1099

सुनिल चौधरी
झुम्का, भदौ २ । रामधुनी नगरपालिकाले आउदो भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्री स्थानीय शासन नगर घोषणाको तयारी गरेको छ । सोही क्रममा रामधुनीका वडाहरुमा बालमैत्री सुचकको अवस्था बारेमा जिल्ला स्तरीय अनुगमन भैरहेको छ । जिल्ला स्तरीय अनुगमनले बुधवार रामधुनी नगरको वडा नं. १, ३ र ४ लाई बालमैत्री वडा घोषणा गर्न स्वीकृति प्रदान गरिएको छ । अनुगमनले बालमैत्रीको आवश्यक सुचकमा पुरागरेको तथा मापदण्ड पुगेको मुल्याङ्कनहुदा जिल्ला समन्वय समितिको उपाध्यक्ष तथा जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक कृष्णमाया बि.क.ले घोषणा गर्न स्वीकृति प्रदान गर्नु भयो ।
जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक बि.क.को संयोजकत्वमा नगरप्रमुख जयप्रकाश चौधरी, जिल्ला समन्वय समितिकी सदस्य अहिल्या देवी मेहता, नगर सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, बालहेल्प डेक्सका अमन ढुंगेल, नमुनाबाल सञ्जालका अध्यक्ष सुगम झा, सचिव छवि रमण दाहाल लगायत रामधुनी खबर पत्रिकाका सम्वाददाता र ऐरिना टेभिजिनका खगेन्द्र बि.क. विकासको सहभागी रहेको थियो । बालबालिकाको समुचित विकासकालागी आवश्यक पर्ने सवै सेवा र सुविधाहरुमा हरेक बालबालिकाको पहुच सुनिश्चित गराउन लगायत बालबालिकाको हित बिरुद्ध हुने सवै प्रकारका हिंसाहरुको उन्मुलन गर्न बालमैत्री स्थानीय शासन नगरको योजना अगाडि ल्याएको नगर प्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । यसमा सबै पक्षबाट सहयोग हुने अपेक्षा गरेको नगरप्रमुख चौधरीले बताउनु भयो ।
स्थानीयतहमा बालअधिकार सुनिश्चित गर्न ल्याएको शासकीय अवधाणाको मुख्य आधारको चार पक्ष बाल बचाउ बाल संरक्षण, बाल विकास र अर्थपुर्ण बाल सहभागिता अन्तर्गतको सुचकमा वडाहरुमा कार्यन्वयन भएको पाएको छ । सुचकको कार्यन्वयन र मापदण्डमा रामधुनी १ नं. वडाले बालमैत्री घोषणकालागी बिध्यालयमा बालमैत्री कृयाकलापको अवस्थाको मापदण्ड पुरा भएको, वडा बालसंजालका पदाधिकारीहरु संगको छलफलबाट बालमैत्री कार्यहरु गरेको स्थिती रहेको, बालबालिका समिति कृयाशिल अवस्थामा रहेको लगायत बालबालिकाकोलागी वडाकार्यालयले गरेको कार्यक्रमहरु बालमैत्री र व्यवस्थित रहेको अवस्था तथा बालमैत्री दिगोपनकालागी योजना समेत कार्यान्वयनको तयारीे देखिएकोहुदा रामधुनी १ नं. वडा बालमैत्री वडा घोषणा गर्न जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक बि.क.ले अनुमति स्विकृत प्रदान गरेको बताउनु भयो । बालमैत्री वडाकालागी अबका दिनहरुमा पनि कार्यक्रमहरुलाई प्राथमिक्ता दिदै निरन्तरताकालागी प्रयास गरिरहने वडा अध्यक्ष महेश चौधरीले प्रतिबद्धता गर्नु भएको छ ।
रामधुनी ३ नं. वडामा समेत चार पक्ष बाल बचाउ बाल संरक्षण, बाल विकास र अर्थपुर्ण बाल सहभागिता अन्तर्गतको सुचकमा पुरा भएको पाएको छ । वडामा बालमैत्रीको पक्षमा भएको गतिबिधिहरुको कागजात व्यवस्थित रहेको, क्रृयाशिल अवस्थामा बाल समिति, बाल सम्पर्क ब्यक्ति रहेको र बालमैत्री वडा निरन्तरता योजनामा प्रतिबद्ध रहेकोहुदा सो वडालाई बालमैत्री वडा घोषणा गर्न अनुमति रहेको जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक बि.क.ले बताउनु भयो । वडाका बिद्यालय पंचायत मा.बि. पिप्राहा, जनता मा.बि. सिंगियामा बाल बिकास र बालशिक्षण केन्द्रको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको छ । जिल्ला स्तरीय अनुगमनले प्रदान गरेको वडा बालमैत्री घोषणाका अनुमतिलाई प्रयासमा सफलता पाएको आत्मसाथ लिदै वडा बालमैत्रीकालागी तयार रहेको वडाअध्यक्ष राजकुमार चौधरीले बताउनु भयो ।
रामधुनी वडा नं. ४ मा पनि जिल्ला स्तरीय अनुगमनले बालमैत्री वडाकालागी उपयुक्त ठहरिएको छ । बालमैत्रीको सबै पक्षबाट व्यवस्थित रुपमा पुरागरेको मुल्याङ्कन गर्दै वडालाई बालमैत्री बनाउन जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक बि.क.ले अनुमति दिएको हो । सामुदायिक तथा संस्थागत बिद्यायालयले बालमैत्री कृयाकलाप गरेको, बस्तु स्थिती र संरचना बालमैत्री रहेको, समुदाय स्तरीय बालमैत्री योजना सफल रुपले पुराग गरेकोे, बालअधिकार सुनिश्चित गर्न ल्याएको शासकीय अवधाणाको मुख्य आधारको चार पक्षलाई मापदण्ड पुरागरी बालमैत्री दिर्घकालिन नीति तयारी अवस्थामा रहेकोले वडालाई निशन्देह बालमैत्री वडा घोषण गर्न उपयुक्त रहेको जिल्ला स्तरीय अनुगमनले अनुमति प्रदान गरेको हो । बालमैत्री वडाकालागी गत बर्षमै तयारीको मापदण्ड पुरा गरेको अभ्यास रहेको भन्दै घोषणाकालागी लकडाउनले समस्या ल्याएपनि थप कृयाकलाप अंगाल्दै यस बर्ष भदौ १५ गते सम्ममा बालमैत्री वडा घोषणा गर्ने वडाअध्यक्ष मनेष चौधरीले प्रतिबद्धता जनाउनु भयो ।
संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्दैशिका, २०७८ अनुसारको सुचकहरु पुरा भएको र बालमैत्रीकालागी व्यवहारिक पक्षलाई दर्शाउने कागजात पुगेको अवस्थालाई हेर्दै वडा घोषण गर्न अनुमती प्रदान भएको नगर बाल सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

निर्वाचित महिला जनप्रतिनिधीकालागी “शी लिड्स महिला नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम”

अर्काे पाेस्ट

रामधुनी ८ र ९ नं. वडा संगै बालमैत्री नगर घोषणा गर्न जिल्ला समन्वय समिति सुनसरीको अनुमती

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft