मिति : २०८३ कार्तिक १० गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का अर्गानिक कृषि फर्ममा सेरा खोलाको बाढीले ९ हजार अण्डा दिने कुखुरा क्षति

by By: रामधुनी खबर
कार्तिक ५, २०७८
5674

सुनिल चौधरी
झुम्का, कार्तिक ५ । बेमौसमी बर्षाका कारण आएको बाढीले रामधुनी नगरका कृषकहरु नराम्रो संगले क्षति व्यहोर्नु परेको छ । धान, तरकारी लगायत कुखुरा, अण्डा, बंगुर, माछा, बाख्रा पालक कृषकहरुले उत्पादनकालागी राखेका कृषि उपजमा बाढीले क्षति पु¥याउदा लाखौँ मुल्य बराबरको नोक्सान व्यहोर्नु परेको हो ।
कोरोना महामारीको मारबाट थलिएका किसान ऋणगरी गरेको लगानी र मेहनत लगाई उत्पादन गरेको कृषि उपजबाट आम्दानी लिने समयमा बाढीले क्षति पु¥याउदा कृषक चिन्तित बनेका छन् । सोमवार रातीबाट सुरु भएको बर्षा लगातार मंगलवार बिहान सम्मको बर्षा रामधुनीको सेरा खोलामा आएको बाढीले झुम्का अर्गानिक कृषि फर्मको ९ हजार अण्डा दिने कुखुरा क्षति भएको छ । रामधुनी नगरपालिका वडा नं. ८ ठुलेमोहोरमा रहेको फर्ममा खोर भित्रै पसेको बाढीले नौ हजार कुखुरा एकै साथ मरेको फर्मका संचालक भरत कार्कीले जानकारी दिए ।
‘खोरमा १२ हजार चल्ला पाँच महिना पुगेर अण्डा दिने तयारीको समयमा पुगेको थियो, सो मध्ये बाढीले नौ हजार कुखुरा गुमाउनु परेको छ, मंगलवार रातीको समयमा बाढी पसेकोले बढी क्षति भएको हो, दिउँसोको समयहुदा त्यति संख्याको कुखुरा जोगाउने सम्भावना पनि थियो, भन्दै रातीको समयहुदा बचाउन सकिएन, तार जालीमा झुण्डिएर रहेका केही मात्र कुखुरा बाचेकोले यकिन गर्दा सो बराबरको संख्यामा अण्डा दिने कुखुरा मरेको छ’ कार्कीले भने, ‘मौजदातमा राखेको कुखुरा दाना पनि भिजेर कामै नलाग्ने भएको छ, खोर समेत भत्किएर जिर्ण बनेको छ’, भन्दै यसबाट अनुमानित रु डेढ करोड मुल्य बराबरको नोक्सान भएको संचालक कार्कीले बताए ।
चल्ला जन्मे देखी पाँच महिना पछि अण्डा दिने अवस्थामा हुन्छन् । पाँच महिना देखी १९ महिना सम्म अण्डा दिने गर्छन् । पाँच महिना सम्मको अवस्थामा ल्याउदा एउटा कुखुराको रु ९ सय बराबरको लागत हुन आउछ । ९ सयको लागत र क्षति भएको ९ हजार कुखुराको मुल्य रु ८१ लाख हुने भएकोहुदा त्यती बराबरको नगद नोक्सान भएको छ । कार्कीको त्याहा सात बिगहा जग्गामा कृषि उत्पादन गर्दै आएका छन् । फर्ममा २० हजार अण्डा उत्पादक कुखुरा, बच्चा उत्पादनको त्यारीकालागी ७० वटा माउ बंगुर बोयर जातका बाख्रा पालन गर्दै आएका छन् । कार्की नगरपालिकाका सबभन्दा बढी कर तिर्ने करदाताबाट पनि हुन् । सो वापत नगरपालिकाले कार्कीलाई सम्मान समेत गरिसकेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ६ बक्लौरी निवासी कट्वालको निधनप्रति नेपाली कांग्रेसद्धारा शोक सभा

अर्काे पाेस्ट

काटेको धान बाढीले बगाउदा बर्षभरी खान पुग्ने रामधुनी नगरका किसानको गम्भिर चिन्ता

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft