मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

काटेको धान बाढीले बगाउदा बर्षभरी खान पुग्ने रामधुनी नगरका किसानको गम्भिर चिन्ता

by By: रामधुनी खबर
कार्तिक ५, २०७८
624

सुनिल चौधरी
झुम्का, कार्तिक ५ । भित्रयाउने बेलाको धान डुबाएपछि रामधुनी नगरका किसान गम्भीर चिन्तामा परेका छन् । आइतबार रातिदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षभरि खान पुग्ने गरी लगाएको धान थन्काउने समयमा आएको बेमौसमी बर्षा र बाढीले धानबाली बगाएको हो।
काटेर भित्रयाउन ठिक परेको धान हक्राहा खोलाको बाढीले बगाउदा रामधुनी नगरपालिका वडा न १ भादगाउँ नयाँ टोलका किसान सिताराम चौधरी चिन्तित बनेका छन् । उनले भने,‘ धान कटाएर राखेको थिए, चामलका लागी राम्रो हुने भनेर धान खेतमा सुकाएर दौनी गर्ने आशमा थिए, आसैआशमा १३ कठ्ठामा खानको लागि लगाएको धान बाढीले बगाएर सखाप पारेको छ, खेतमा एक मुठ्ठा पनि बाँकी नरहेको बताए’ । उनले धान नष्ट भएपछि खानको लागि चामल किन्न बाध्य भएको बताए । चौधरीले भने,‘१३ कठ्ठाको धान देखाएर गएको छ, लगभग ६५ मन धान नोक्सान भयो, कोरोनाको कहरबाट भर्खर उठ्दै गरेको अवस्थामा फेरि बर्षाले ढाल्यो’ । उनले किसानहरुको लागि राज्यले केही राहत दिनुपर्ने बताए ।
रामधुनी वडा नं. १ कै उज्वल शान्ति टोल विकासका किसान देविलाल चौधरीको १० कठ्ठामा लगाएको धान सबै हिलोमा लेपिएको छ । उन्ले भने, ‘पाक्न लागेको धान हिलोमा लेपिदा सबै नष्ट भएको छ, यता डेढ कठ्ठाको काटेको धान समेत बाढीले बगाउदा नोक्सान व्यहोर्नु परेको छ,’ । बर्षभरी खान पुग्ने धान हक्राहा खोलाले बगाउदा यस बर्ष चामल किनेर खानु पर्ने बताए । चौधरीले पालन गरेको माछा समेत बगाएर लगेको छ । पोखरीमा बाढीको भंगालो पस्दा ३ कुइन्टल माछा बगेको बताए । धान र माछा नष्टहुदा रु दुई लाखको मारमा परेको बताउदै चौधरीले भने,‘आँखै अगाडि आफ्नो धान र पोखरीको माछा बिजोग भयो, हेरेर बस्न बाहेक केही गर्न सकिनँ । सम्बन्धित निकायले केही राहत देहोस् भन्ने चाहना छ ।
हक्राहा खोलाको बाढीले रामधुनी वडा नं. किसान नेपाली चौधरीको ८ कठ्ठा, महेन्द्र चौधरीको ४ कठ्ठा, मानपुर चौधरीको २ कठ्ठा , केपीलाल चौधरी २ कठ्ठागरी दुइ दर्जन कृषकको धानबालीमा क्षति पुगेको हो । हक्राहा खोलाको बाढीले बर्षेनी क्षति निमत्याउने गरेको छ । बढ्दो प्लटिङ्ग, निकासको अभाव र नगरपालिकाको उदासिन्ताले रामधुनी वडा नं. १ का किसान मारमा पर्दै आएका छन् ।
रामधुनी वडा नं. २ कुम्याही पश्चिम टोलका पशुपालन किसानको समस्या पनि उस्तै देखिएको छ । कुम्याही पश्चिम टोलमा रहेको डिसिका सुंगुर फार्मको सबै सुंगुर बगाएको छ । सेरा खोलाको बाढीले २० वटा सुंगुर बगाउदा फार्मका संचालक डिसिका राईलाई पुँजीको अभाव भएको छ । अबका दिनमा पालनकालागी पुँजी अभाव भएको बताए । सोही टोलका इश्वर चौधरीको १० कठ्ठा पोखरीको माछा सखाप भएको छ । बाढीका कारण पोखरीको माछा बगाएर सखाप भएको स्थानीय अर्जुन चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्का अर्गानिक कृषि फर्ममा सेरा खोलाको बाढीले ९ हजार अण्डा दिने कुखुरा क्षति

अर्काे पाेस्ट

कोभिड–१९ महामारीपछि किशोरीहरु बिद्ययालय नफर्किने जोखिम

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft