मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नारी दिवसमा श्रमिक महिला सम्मानितले सिटिसफारी चलाएरै छोराछोरीलाई शिक्षित बनाउने हौसला

by By: रामधुनी खबर
फागुन २५, २०७८
479

सुनिल चौधरी
झुम्का, फागुन २५ । रामधुनी वडा नं. ७ कुमरखत टोलकी ४० बर्षिय कमला सिवाकोटी ६ बर्ष देखि सिटिसफारी चलाएर पाँच परिवार पाल्दै आउनुभएको छ । श्रीमान द्धन्द्धपिडितहुदा देखिको आर्थिक थला परेको परिवार अन्तिम बिकल्पको साहारा सिटिसफारी चलाएर जिविको पार्जन गरिरहनुभएकी सिवाकोटी ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मानितहुदा सिटिसफारी चलाएरै छोराछारीलाई शिक्षित बनाउने प्रेरणा र हौसला प्रदान भएको बताउनु भयो
रामधुनी नगरपालिकाले श्रमीक महिलालाई खोजेर एक दिनको पारिश्रमिक रु एकहजार एक सय सहित सम्मान गर्दा सफारी चलाउने पेशाले दिएको आम्दानी र पाएको सम्मानले आत्मनिर्भर बन्न मनैभित्रबाट प्रेरणा मिलेको रामधुनी वडा नं. ३ की सफारी चालक श्रमिक महिला जानकी चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाले ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलवार विविध कार्यक्रम आयोजनागरी श्रमिक महिलाहरुलाई एक दिनको पारिश्रमिक सहित सम्मान गरेको हो ।
नगरउपप्रमुख सविना चौधरीको संयोजकत्वमा नारी दिवसको अवसरमा आयोजित कार्यक्रमबाट वडा नं. ३ की सर्मिला पराजुली, वडा नं. ९ की कमला चौधरी, वडा नं. ५ की सृजना श्रेष्ठ, वडा नं. ५ की सरिता चांैलागाई, वडा नं. ७ की मन्जु परियार, वडा नं. २ की शोभा भुजेल, वडा नं. ७ की कमला बिष्ट, वडा नं. ७ की सन्तोषी बि.क. र वडा नं. १ की गुलिया देवी सम्मानित हुनुभयो । उद्यमी र श्रमिक महिलालाई कार्यक्रमबाट उपप्रमुख चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, शिक्षा अधिकृत राजन गेलाल, योजना प्रमुख हर्षलाल चौधरीले सम्मान गर्नुभयो ।
कार्यक्रम पुर्व महिला अधिकारको नारा सहित झुम्का बजारमा प्रभातफेरीगरी महिला मैत्री म्युजिकल चेयर र हण्डीफोर खेल तथा कार्यक्रमगरी सम्पन्न गरेको महिला बालबालिका शाखाकी मोनाश्री आचार्यले जानकारी दिनु भयो । म्युजिकल चेयरमा प्रथम, दृतिय र तृतिय हुने क्रमश मिना भुजेल,समझना डांगी र सर्मिला पराजुलीलाई पुरस्कृत गरेको छ भने हण्डीफोर खेलकी बिजेता नैहर्नी चौधरीलाई पुरस्कृतगरी सम्मान गरेको हो । कार्यक्रममा नारी दिवसको ऐतिहासिकता र महिला अधिकार, बर्तमान समस्याका बारेमा सुबोध घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नगरपालिकाले महिलाहरुको सामाजिक विकासमा प्रत्येक बर्ष सशक्तिकरण गर्दै आएकोले आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने महिला अधिकार कर्मि तथा थारु महिला उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सुझाव छ ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं. वडा महिला समितिको माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको ११ औं नगर सभाबाट संशोधित बजेट तथा कार्यक्रम अनुमोदन

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft