मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु संस्कार जिवन्त राख्न होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी

by By: रामधुनी खबर
फागुन ३०, २०७८
569

राख संवाददाता
झुम्का, फागुन ३० । पुर्वका थारु चलचित्र कर्मी तथा कलाकारहरु गीत संगीतको माध्यमद्धारा मौलिक संस्कार, संस्कृति, भेषभुषा र परम्परा प्रवद्र्धन गर्दै संरक्षणको पाटोमा भुमिका खेल्दै आएको यथार्थता छ । यसै क्रम्मा आफनो लोक कलालाई बाहिर ल्याउदै थारु भाषा र शब्दमा थारु संस्कार अनुसार जिवन्त राख्न थारु चलचित्र कर्मी तथा कलाकारहरु होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी गरेको हो ।
रामधुनीको बक्लौरीमा सोमवारबार पत्रकार सम्मेलन गर्दै थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले होरी पर्वको महत्व र साँस्कृतिक पक्षलाई समेटेर मंगलवारदेखी म्युजिक भिडियो छायाँकन गर्ने जनाएको छ । एउटै मञ्चबाट होरी बिशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित छायाँकन हुने बताएको छ । अन्जली चौधरीको शब्द र संगीत रहेको होरी गीतमा निर्दैशक जनक चौधरीले गर्ने छ । ‘खुसी ल्याके ऐलै होरी’ …………….. शब्दको गीतमा छायाँकन रविन चौधरीको रहने छ भने प्रमुख कलाकारको रुपमा बिनोद र एन्डिसा चौधरी लगायत पन्नालाल र ललिता चौधरीको रहने चलचित्र संघ सुनसरीकी अध्यक्ष जानकी चौधरीले जानकारी दिएकी हुन
चलचित्र तथा सांस्कृतिक संघ केन्द्रिय अध्यक्ष प्रशुराम चौधरीले पत्रकार सम्मेलनमा बोल्दै थारु समाजमा नयाँ कलाकार, गायक, गायिका, शब्दकार, उत्पादन भैरहेकोले खुसि ब्यक्त तथा आफनो कला चिनाउने र सक्षम बन्न शुभकामना दिए । थारु भाषाको प्रथम चलचित्र करम फिल्म दर्शक सामु ल्याउदा तत्कालिन थारु भाषा बिरोधि साशक वर्गहरुबाट पाएको दुख र संघर्षका दिनहरु समेत समझिदै नव जागृत कलाकारहरुलाई कलाकारिताबाट थारुको पहिचानकालागि संघर्ष गरेरै अगाडी बढ्न सुझाव दिएका छन् ।
यसैगरी कलाकार तथा साँस्कृतिक गीत संगीत निर्माणकालागि रकम समेत सहयोगगरी सहयोगीहरुले हौसला प्रदान गरेका छन । पत्रकार सम्मेलनमा बिजय चौधरी रु ५०००, थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी रु ५००० र पुरण चौधरीले आर्थिक रुपमा सहयोगगरी कलाकारहरुलाई हौसला प्रदान गरेका हुन । छायाँकन गर्न लागेको गीतको लागत रु एक लाख सम्म लाग्ने बताएको छ । पत्रकार सम्मेलनमा २०७८ को होरी पर्व तथा होरी गीत छायाँकन सफलताकालागी थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी, बिजय चौधरी, थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरी, आदिवासी जनजाती पत्रकार महासंघ सुनसरी उपाध्यक्ष सुनिल चौधरी, महासंघ पुर्व अध्यक्ष धिरेन्द्र चौधरी, थारु महिला सभा रामधुनी नगर अध्यक्ष लिलि चौधरी लगायतका बक्ताले थारु संस्कार अनुसार मनाउने होरी पर्वको बारेमा बोलेका थिए ।

अगाडिकाे पाेस्ट

नेपाली काँग्रेस रामधुनी नगर समितिको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

बालबालिका माथी भएको अपराधिक घटना बिरुद्ध बाल सञ्जाल रामधुनीको गम्भिर ध्यानआकर्षण

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft