मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु संस्कार जिवन्त राख्न होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी

by By: रामधुनी खबर
फागुन ३०, २०७८
588

राख संवाददाता
झुम्का, फागुन ३० । पुर्वका थारु चलचित्र कर्मी तथा कलाकारहरु गीत संगीतको माध्यमद्धारा मौलिक संस्कार, संस्कृति, भेषभुषा र परम्परा प्रवद्र्धन गर्दै संरक्षणको पाटोमा भुमिका खेल्दै आएको यथार्थता छ । यसै क्रम्मा आफनो लोक कलालाई बाहिर ल्याउदै थारु भाषा र शब्दमा थारु संस्कार अनुसार जिवन्त राख्न थारु चलचित्र कर्मी तथा कलाकारहरु होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी गरेको हो ।
रामधुनीको बक्लौरीमा सोमवारबार पत्रकार सम्मेलन गर्दै थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले होरी पर्वको महत्व र साँस्कृतिक पक्षलाई समेटेर मंगलवारदेखी म्युजिक भिडियो छायाँकन गर्ने जनाएको छ । एउटै मञ्चबाट होरी बिशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित छायाँकन हुने बताएको छ । अन्जली चौधरीको शब्द र संगीत रहेको होरी गीतमा निर्दैशक जनक चौधरीले गर्ने छ । ‘खुसी ल्याके ऐलै होरी’ …………….. शब्दको गीतमा छायाँकन रविन चौधरीको रहने छ भने प्रमुख कलाकारको रुपमा बिनोद र एन्डिसा चौधरी लगायत पन्नालाल र ललिता चौधरीको रहने चलचित्र संघ सुनसरीकी अध्यक्ष जानकी चौधरीले जानकारी दिएकी हुन
चलचित्र तथा सांस्कृतिक संघ केन्द्रिय अध्यक्ष प्रशुराम चौधरीले पत्रकार सम्मेलनमा बोल्दै थारु समाजमा नयाँ कलाकार, गायक, गायिका, शब्दकार, उत्पादन भैरहेकोले खुसि ब्यक्त तथा आफनो कला चिनाउने र सक्षम बन्न शुभकामना दिए । थारु भाषाको प्रथम चलचित्र करम फिल्म दर्शक सामु ल्याउदा तत्कालिन थारु भाषा बिरोधि साशक वर्गहरुबाट पाएको दुख र संघर्षका दिनहरु समेत समझिदै नव जागृत कलाकारहरुलाई कलाकारिताबाट थारुको पहिचानकालागि संघर्ष गरेरै अगाडी बढ्न सुझाव दिएका छन् ।
यसैगरी कलाकार तथा साँस्कृतिक गीत संगीत निर्माणकालागि रकम समेत सहयोगगरी सहयोगीहरुले हौसला प्रदान गरेका छन । पत्रकार सम्मेलनमा बिजय चौधरी रु ५०००, थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी रु ५००० र पुरण चौधरीले आर्थिक रुपमा सहयोगगरी कलाकारहरुलाई हौसला प्रदान गरेका हुन । छायाँकन गर्न लागेको गीतको लागत रु एक लाख सम्म लाग्ने बताएको छ । पत्रकार सम्मेलनमा २०७८ को होरी पर्व तथा होरी गीत छायाँकन सफलताकालागी थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखी, बिजय चौधरी, थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरी, आदिवासी जनजाती पत्रकार महासंघ सुनसरी उपाध्यक्ष सुनिल चौधरी, महासंघ पुर्व अध्यक्ष धिरेन्द्र चौधरी, थारु महिला सभा रामधुनी नगर अध्यक्ष लिलि चौधरी लगायतका बक्ताले थारु संस्कार अनुसार मनाउने होरी पर्वको बारेमा बोलेका थिए ।

अगाडिकाे पाेस्ट

नेपाली काँग्रेस रामधुनी नगर समितिको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

बालबालिका माथी भएको अपराधिक घटना बिरुद्ध बाल सञ्जाल रामधुनीको गम्भिर ध्यानआकर्षण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft