मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघको ८ औँ साधारण सभामा बन्दसत्र सुरुहुनु अगावै स्थगित

by By: रामधुनी खबर
चैत्र २०, २०७८
639

राख संवाददाता
झुम्का, चैत्र २० । झुम्का उद्योग बाणिज्य संघ समितिको ८ औँ साधारण सभा उद्धघाटन समारोह सम्पन्न भएपनि बन्द सत्र प्रभावित भएको छ । कार्य समितिको अथक प्रयास रहेपनि सदस्यहरुको गणक पुरक संख्या नपुग्दा बन्द सत्रहुनु अगावै अध्यक्ष धमेन्द्र साहले बन्दसत्र स्थगित भएको घोषणा गरेका हुन् ।
संस्थामा नविकरण गरेका र नयाँ दर्ता अनुसार झुम्का उद्योग बाणिज्य संघमा ९ सय ८७ सदस्यहरु आबद्ध छन् । संघको बिधान अनुसार सदस्यको उपस्थिती हुनुपर्नेमा सो अनुसार सदस्य उपस्थित नहुदा अध्यक्ष साहले बन्दसत्र सुरुहुनु अगावै स्थागितको घोषणा गर्नु परेको हो । कार्यसमिति २०७३ फागुन २० गते कार्यभार लिएपनि हाल सम्म साधारण सभा हुन सकेको छैन । ८ औ साधारण सभाले सम्पुर्ण बर्षको एकै पटक आय ब्यय विवरण प्रस्तुत गर्न तयारी गरेपनि सफल हुन नसक्दा स्थनीय तहको चुनाव अगाडी पुन साधारण सभा गर्न सम्भव नहुने अध्यक्ष साहले जानकारी दिए । बार्षिक साधारण सभा गर्नु पर्ने प्रावधान भएपनि बिश्व महामारी, राजनीतिक अस्थिरताले बार्षिक साधारण सभा गर्न नसकेको समितिले जनाएको छ ।
रामधुनी नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्धघाटन समारोह भएको हो । नगर प्रमुख चौधरीले सभालाई सम्बोधन गर्नुहुदै व्यापारीहरु उपस्थित हुन नसक्नुको कारण बाणिज्य संघको कमिकमजोरी सुधार गर्नु पर्ने बताउनु भयो । झुम्का उद्योग बाणिज्य संघ केन्द्रिय समितिमा आबद्ध भएर संचलनहुन सके प्रभावकारीता बढ्ने सुझाव दिनु भयो । यसैगरी उद्योगी ब्यापारीको हितमा संघले नगरपालिका संघ समन्वय गर्न ध्यान र चासो नदिदा व्यवसायीहरुमा संस्था संगको अपनत्व गुमेको नगरप्रमुख चौधरीले बताउनु भएको हो ।
बाणिज्य संघको अध्यक्ष साहको सभाध्यक्षमा आयोजित साधारण सभामा बक्ताहरुले बोल्दै बाणिज्य संघमा राजनीतिक हस्तक्षेप हुदै आएकोले बिशुद्ध रुपमा काम गर्न नसकेको उठान गरेका छन् । राजनीतिक हस्तक्षेपले राजनीतिक अख्डानै बनेको बक्ताहरुले बताएका हुन । सभामा पुर्व अध्यक्ष सगेन चौधरी, वडाअध्यक्ष महेश चौधरी, नेपाली काग्रेशका नगर अध्यक्ष सुदिप अधिकारी, नेकपा एसका नगर अध्यक्ष युवराज कट्वाल, मिथिला एकता समाज रामधुनीका भोला रौनियार, झुम्का जेसिजका सुबोध घिमिरेले संस्थाको कमिकमजोरी र सुझावहरुको बारेमा बोलेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष सुजित रायले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन बाणिज्य सचिव दुर्गा फुयालले गरेका थिए । कार्यक्रम संयोजक सदस्य सिता थरुनीले गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

नौ लाख लिटर क्षमताको झुम्का सहरी खानेपानी शिलान्यास, दुई बर्ष भित्र सम्पन्न हुने

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघमा राजनीतिक अख्डाले ब्यापारीको हितमा काम गर्न नसकेको होः रौनियार

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft