मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य

by By: रामधुनी खबर
चैत्र २५, २०७८
518

चन्द्रकला चौधरी
झुम्का, चैत्र २५ । टाइफाइड रोग बिरुद्धको खोप संचालनको राष्ट्रिय अभियान २०७८ चैत्र २८ गते देखी बैशाख १८ गते भित्र सम्पन्न हुदै छ । खोप संचालनको राष्ट्रिय अभियान अन्तर्गत रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
टाइफाइड संक्रमण सबै उमेर समुहमा हुने रोग भएपनि १५ बर्ष मुनिका बालबालिकामा बढी संक्रमण हुने रोग हुन । यस रोग बिरुद्ध खोपबाट कोही बालबालिका बञ्चित नहुन प्रचार प्रसारमा र स्वास्थ्य कर्मी तथा स्वास्थ्य स्वयम सेविकाहरु क्रियासिल रुपमा काम गर्न प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले निर्दैशन दिनु भयो ।
नेपालमा टाइफाइड रोग उच्च रहेकोले खोप अभियान संचालन गर्नु पर्ने आवश्यत्ता अनुसार १५ महिना देखि १५ बर्षसम्मका सबै बालबालिकालाई नछुटाई खोप लगाउने अभियानको लक्ष्य रहेको स्वास्थ्य शाखा रामधुनीका नगेन्द्र पौडेलले बताए ।
स्वास्थ्य शाखा रामधुनीले टाइफाइड रोग बिरुद्धको खोप बारेमा जानकारी दिदै रामधुनीको ९ स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गर्ने जनाएको छ । वडा नं. १ मा भासि स्वास्थ्य चौकीबाट ५ स्थानमा खोप केन्द्र निर्धारणगरी १ हजार ८१३ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए ।
यसैगरी वडा नं. २ सहरी स्वास्थ्य केन्द्रबाट ५ स्थानमा खोप केन्द्र राखी ८३४ जना बालबालिकालाई खोप अभियानमा समावेस गर्ने छन् । वडा नं. ३ मा सिंगिया स्वास्थ्य चौकीबाट ८ स्थानमा खोप केन्द्रराखी ३ हजार ४२७ जना बालबालिकाको लक्ष्य, वडा नं. ४ मा सहरी स्वास्थ्य केन्द्रबाट ४ स्थानमा खोप केन्द्रराखी १ हजार ५२३ जना बालबालिकाको लक्ष्य, वडा नं. ५ मा आधारभुत स्वास्थ्य केन्द्रबाट १० स्थानमा खोप केन्द्रराखी ४ हजार ४०४ जना बालबालिका खोप लगाउने लक्ष्य रहेको छ ।
वडा नं. ६ मा बक्लौरी स्वास्थ्य चौकीबाट १० स्थानमा खोप केन्द्रराखी १ हजार ८१६ जना बालबालिका लक्ष्य, वडा नं. ७ मा आधारभुत स्वास्थ्य केन्द्रबाट ५ स्थानमा खोप केन्द्रराखी १ हजार ४७९ जना बालबालिकाको लक्ष्य, वडा नं. ८ मा डुम्राहा स्वास्थ्य चौकीबाट २ स्थानमा खोप केन्द्रराखी ७१५ जना बालबालिकाको लक्ष्य, वडा नं. ९ मा आधारभुत स्वास्थ्य केन्द्रबाट ४ स्थानमा खोप केन्द्रराखी १ हजार ५२३ जना बालबालिकाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा रामधुनीले जनाएको छ ।

टाइफाइड ज्वरो कसरी सर्छ ?
यो ज्वरो संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोगका जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने गरिन्छ । यो रोग संक्रमित व्यक्तिको ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो ।
यो खोप कस्तो अवस्थाको व्यक्तिले लिनु हुँदैन
बिगतमा कुनै खोप लिदाँ गम्भीर पक्रारको प्रतिक्रिया एलर्जी देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको र एड्सको लक्षण देखिएका व्यक्तिहरुले दिनु हुँदैन ।साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त हुने गरि बिरामी भएका व्यक्तिलाई पनि यो खोप दिनु हुँदैन तर बिरामी ठीक भईसके पछि खोप लिन सकिन्छ ।
यो खोप लगाए पछि के के असरहरु देखिन सक्छ त ?
यो खोप लगाएपछि अन्य खोपहरु लगाएको समयमा जस्तै केही सामान्य सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टायको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने आदी असरहरु हुनस्क्छन् र यस्ता सामान्य लक्षणहरु आफै बिस्तारै ठीक भएर जान्छन् । यस्ता सामान्य लक्षणहरु बाहेक अन्य जटिलता देखा परेमा भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

अगाडिकाे पाेस्ट

डिहवार थान साँस्कृतिक भूमिमा “जुरशितल”२०७९ कार्यक्रम मनाउने था.म.स.सुनसरीको तयारी

अर्काे पाेस्ट

टाइफाइड रोग बिरुद्ध खोप रामधुनी नगरमा १ र ५ नं.वडाको यी स्थानमा खोपकेन्द्र संचालन हुने

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft