मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मौलिक थारु हस्तकलालाई प्रवद्र्धन र व्यवसायिक बनाउन धमा, मना बुन्ने तालिम सम्पन्न

by By: रामधुनी खबर
चैत्र २७, २०७८
706

सुनिल चौधरी
झुम्का,चैत्र २७ । पुस्ताहस्तान्तरण हुन नसक्दा लोप अवस्थामा पुगेको मौलिक थारु हस्तकला उजागर गर्न थारु महिला सभा इटहरी उपमहानगर समितिले धमा, मना, दौरा बुन्ने तालिम आयोजना गरी सम्पन्न गरेको छ । पौराणिक तथा मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको थारु हस्तकलालाई उजागरगरी व्यवसायिक बनाउन १५ दिने तालिम शनिवार समपन्न गरेको हो ।
थारु महिला सभा जिल्ला समिति अध्यक्ष सुशिला लेखीको प्रमुख आतिथ्यतामा तालिममा सक्रृयसहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । सिकी, गवहा, मोथी, खोसाबाट धमा, मना बनाइन्छ । प्रकृतिक पर्यावरण उत्पादित बस्तुबाट टोक्नी, सियो, धागोले निर्माणगरी खाध्यान्न सामानहरु राख्ने भाडा कुडाका प्रकार हुन । यसमा राखिएका सामान धार्मिक तथा स्वास्थ्यको रुपले शुद्ध मानिएकोहुदा थारु समुदाय पौराणिक अवस्था देखिनै धमा, मना, दौरा, ढकीया बनाई प्रयोग गर्दै आएका छन ।
स्थानीय स्रोत साधनले निर्माणहुने धमा, मना, दौरा बुन्ने तालिमबाट प्राप्त सिपलाई व्यवहारिक बनाई आयआर्जन गर्नुपर्ने बक्ताहरुले सुझाव दिएका छन् । समापन कार्यक्रममा प्रमुख अतिथी लेखीले थारु महिलाहरु आफनो सिप कौशलताले उद्यमी बन्नु पर्ने बताउनु भयो । धमा मना तालिमले व्यवसायिक मात्र हैन समग्र थारुको ऐतिहासिकता र पहिचान झल्किने भएकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको जिल्ला अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी लेखीले बताउनु भयो ।
पुस्ता हस्तान्तरण हुन नसक्दा हालमा थारु हस्तकलाहरु लोप हुदै गएकोले तालिमकै आयोजनागरी प्रवद्र्धन गर्न प्रयास गरिएको महिला सभा इटहरी अध्यक्ष सुनिता चौधरीले बताउनु भयो । तालिमको १५ दिन २० जना सक्रृय सहभागीताले सम्पन्न गरेको अध्यक्ष चौध्रीले जानकारी दिनु भएको हो । हालमा प्रचलित प्लाष्टिकका भाडाकुडाले मानव स्वस्थ्यमा गम्भिर समस्याहरु उत्पन्न गर्ने भएकोले अबका दिनहरुमा मानव अस्तित्व जोगाउन थारु हस्तकला प्रयोग गर्नै पर्ने अवस्था आएको उपस्थित थारु अगुवाहरुको सझाव छ । समापनमा बक्ताहरु थारु कल्याणकारिणी केन्द्रिय सदस्य उर्मिला गच्छदार, थारु कानुन ब्यवसायि सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,इटहरी १६ नं. वडा सदस्य तेजनारायण चौधरी, महिला सभा सल्लाहकार तेजनारायण चौधरी, थारु महिला उत्थान सामाजकी उपाध्यक्ष आशा चौधरी, महिला सभा पुर्व केन्द्रिय सचिव सुशिला चौधरी, महिला सभा रामधुनी नगर कोषाध्यक्ष ललिता चौधरीले प्रशिक्षार्थिहरुलाई थारु हस्तकलामा प्रोत्साहन गरेका थिए ।
मौलिक थारु हस्तकलालाई व्यवसायिक बनाउन धमा, मना बुनाई तालिम इटहरी चौधरी टोलकी चन्द्रकला चौधरी र दुर्गा देवी चौधरीले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रम संचालन नगर सचिव लक्ष्मि चौधरीले गर्नु भयो भने स्वागत मन्तब्य नगर कोषाध्यक्ष अनिता चौधरीले राख्नु भयो । तालिम ब्यवस्थापन सहसचिव जिवन चौधरीले गरेको थारु महिला सभा इटहरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

टाइफाइड रोग बिरुद्ध खोप रामधुनी नगरमा १ र ५ नं.वडाको यी स्थानमा खोपकेन्द्र संचालन हुने

अर्काे पाेस्ट

रामनवमीमा २०३९ साल देखि रामधुनी मन्दिरमा मेलाको निरन्तरता, भक्तजनहरुको अखण्ड धुनी दर्शन

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft