राख संवाददाता
झुम्का,बैशाख २ । इलाका प्रहरी पकलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ सुरुवा हुनु भएको छ । २०७७ चैत्र २७ गते नियुक्त हुनु भएको श्रेष्ठ १२ महिना कार्यअवधि सम्हाल्दै २०७८ चैत्र २४ गते सरुवा भएको हो ।
श्रेष्ठ यहाबाट सुरु भई अख्तियार दुरुपयोग अनुसंधान कार्यालय काठमाण्डौंमा नियुक्त हुनु भएको छ । इलाका प्रहरी पकलीको अबको कार्यभार प्रहरी निरीक्षक रविन्द्र थापाले सम्हाल्ने छ । प्रहरी निरीक्षक थापा असरा सुधार केन्द्र काठमाण्डौंबाट सुरुवा भई यहा नियुक्त भएको इलाका प्रहरी पकलीले जनाएको छ ।
रामधुनी नगर र इटहरी उपमहानगर कार्यक्षेत्र रहेको क्षेत्रमा कार्यअवधि सम्म सुरक्षाको प्रत्यभुति सफलताका साथ निर्वाह गरेको प्ररहरी निरीक्षक श्रेष्ठले अपेक्षा लिनु भएको छ । रामधुनी नगरमा मिश्रित जातजातीको बसोवास रहेपनि सबै समुदायमा अपसी सदभाव रहेको भन्दै यसले सुरक्षा प्रदानमा सहज भएको प्रहरी निरीक्षक श्रेष्ठले अनुभव सुनाउनु भयो ।
कार्यअवधि अनुसार २०७८ बैशाख १३ गते देखिको २०७८ चैत्र मसान्त सम्मको अपराध दर्ता तथा बिशलेषण अनुसार बिभिन्न प्रकृतिका अपराधिक मुद्धा दर्ता भएको छ । उहाँको कार्यअवधिमा ११६ मुद्धा दर्ता भएको छ भने ७३ वटा टुङ्गो लगाउनु भएको छ ।
मुद्धा दर्ता भएअनुसार कर्तब्य ज्यान,बाल यौन दुरुपयोग, सवारी ज्यान, सवारी अंग भंग, जबरजस्ती करणी, झुण्डि आत्म हत्या, अभद्र ब्यवहार, भवितब्य ज्यान, बिष सेवन, चोरी, ज्यान मार्ने उद्योग,बहु विवाह,बैंकीङ्ग कसुर चेक बाउन्स, लागु औषध, मानवबेपता,वेवारीसे ज्यान,सरकारी छाप कृते,आत्महत्या दुरुत्साहन, ठगीका मुद्धा दर्ता भएको हो । बाँकी मुद्धाहरु ५ बर्षको म्यादी, पहिचान हुन नसकेका जस्ता घटनाहरु हुने भएकाले फछर्यौट हुन बाँकी रहेको श्रेष्ठले बताउनु भयो ।
प्रहरी निरीक्षक श्रेष्ठले कार्यकालमा अपराध नियन्त्रणकोलागि सुराकी तथा अवश्यक्ता अनुसार सादा पोशाकमा प्रहरी कर्मचारीहरुलाई परिचालन गरी अपराधिक गतिविधि,चलखेल, तथा आश्रय स्थलको पहिचानगरी समन्व्यात्मक रुपमा सुचना संकलन गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गरेको इलाका प्रहरी पकलीले जनाएको छ । अपराधिहरुलाई अपराध गर्ने मौका नदिन संवेदनशिल स्थानहरुमा दैनिक समय,स्थान परिवर्तनगरी आकस्मिक चेकजाँचलाई तिव्रता दिनुका साथै व्यापक रुपमा मोबाइल टोली परिचालन गर्ने व्यवस्था मिलाएको छ । सामुदायिक प्रहरीको अवधारणा अनुसार समाजमा अपराधिक गतिविधि नियन्त्रण गर्नकोलागि बिभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको छ । फरार प्रतिवादीहरुलाई बिभिन्न सुरकाबाट पत्तालगाई पक्राउ गरिएको,घटना स्थलबाट फेला परेका भौतिक सबुत प्रमाणहरुलाई सुरक्षित संकलन गर्ने गरिएको र घटित अपराधको सत्य तथ्य पत्ता लगाउन दक्ष टोली गठन गरी अनुसंधान गर्ने व्यवस्था सहितको अपराध नियन्त्रण कार्य योजनाहरु व्यवस्थापन गरेको हो ।
अपराध नियन्त्रणकोलागि भएको समस्या र कठिनाई समेतको बारेमा जानकारी दिएका छन । हिरासत व्यवस्थापन कार्यमा रहेका समस्याहरुमा छुटै हिरासत कोठा तथा केरकार कोठा नहुनु हिरासतमा मानव अधिकारले तोकेका न्युनतम सुविधाहरु समेत उपलब्भ गराउन नसकिएका जस्ता कारणले अनुसंधानमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको समस्या कठिनाई रहेको जानकारी दिएको छ । समयमा जाहेरी दरखास्त नपर्ने,साक्षी रोहबरमा बस्न नचाहने,जघन्य प्रकृतिका अपराधहरु समेतमा प्रारम्भिक अवस्थामा स्थानीय स्तरमानै मेलमिलाप गर्ने र कानूनी हद म्याद समाप्त भए पश्चात मात्र प्रहरीमा उजुरी गर्ने परिपाटीले अपराध अनुसंधान तथा नियन्त्रण कार्यमा कठिनाई भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो ।
रामधुनी नगर तथा इटहरी क्षेत्रमा सडक दुर्घटना प्रमुख चुनौतीको रुपमा लिनु भएको छ । राजमार्ग तथा भित्रि बाटोहरुमा दुर्घटना बढी हुने गरेकोले प्रमुख समस्या र चुनौती रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भयो । यसकालागि आवश्यक न्यूनतम ६ स्थानमा सिसिटिभि जडान गर्न पहल गरिनु पर्ने सुझाव समेत ब्यक्त गर्नु भएको छ । इलाका प्रहरीको कार्यक्षेत्र रामधुनी नगरपालिका वडा नं. १,२,३,४,५,६ र ७ रहेको छ भने इटहरी उपमहानगरको वडा नं. १४ को आधा क्षेत्रफल, १५, १६,१७ र १८ रहेको छ ।


