मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरलाई समृद्ध र सुखी बनाउन पाँच पिलर मोडेल अनुसार विकास गर्ने नगर प्रमुख चौधरीको प्रतिबद्धता

by By: रामधुनी खबर
जेठ ६, २०७९
1175

सुनिल चौधरी
झुम्का,जेष्ठ ७ । रामधुनी नगरलाई पाँच पिलर मोडेल अनुसार विकास अगाडि बढाउने नव निर्वाचित नगरप्रमुख संकरलाल चौधरीले प्रतिबद्धता गर्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रामधुनीले आयोजना गरेको प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता जनाउदै आर्थिक, समाजिक, पुर्वाधार, वन वतावरण, संस्थागत विकास अनुसार पाँच पिलर मोडेलमा विकासका कार्यक्रमहरु गर्ने बताउनु भएको हो ।
“रामधुनी नगरवासीहरुलाई समृद्ध र सुखी बनाउन सशक्त रुपले योजनाबद्ध रुपमा अगाडि बढाउने छौं, पाँच पिलर मोडेल योजनालाई सफल बनाउन बिज्ञ, बुद्धिजिवी, युवा, महिला तथा प्रत्यासित उमेदवारहरु संग समन्व्य र सुझाव लिएरै नगरलाई समृद्ध र सुखी बनाउने योजना रहेको बताउनु भएको छ” ।
पाँच पिलर मोडेलको पहिलो पिलर आर्थिक विकासमा कृषि, पशु, पर्यटन, उद्योग, सहकारी, बित्तिय क्षेत्र, स्वरोजगार, गरिवी निवारणकालागि उद्यम विकास, रामधुनी मन्दिरलाई ऐतिहासिक धार्मिक क्षेत्र तथा विभिन्न ताल तलैया र पोखरीको पर्यटन विकास, आदिवासी थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजना अनुसार विकास गर्ने कार्यक्रमहरु रहेको बताउनु भएको छ ।
पाँच पिलर मोडेलको दोस्रो पिलर समाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, संस्कृति, लैंगिक, समानता समाजिक, समावेशीकरण, महिला बालवालिका, आदिवासी जनजाती, दलित, अपांगता भएका ब्यक्ति,जेष्ठनागरिकहरुकालागि बिशेष क्षेत्रका कार्यक्रमहरु ल्याउने बताउनु भयो । निःशुल्क स्वास्थ्य सेवामा पहुच पुर्याउन नगर अस्पतालबाट र २४ सै घण्टा आकस्मिकसेवा संचालन गर्ने, दलित, गरिब, असाहय परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने, सामुदायिक बिद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का सबै बिद्यार्थीलाई मासिक शुल्क नगरबाट उपलब्ध गराउने, यसैगरी दलित, गरिब, असाहय परिवारका सबै छोरीहरुलाई उच्च शिक्षामा छात्रबृति प्रदान गर्ने, साक्षरता शतप्रतिशत कायम गर्न आवश्यक शिक्षा नीति तयारगरी गुणस्तरीय प्राविधिक शिक्षा पढ्दै कमाउदै कार्यक्रम लागु गर्ने, बालमैत्रि नगर घोषणा टिकाई राख्न बाल विवाह अन्तय तथा वालश्रम मुक्त नगर घोषणा गर्ने, पुर्ण सरसफाई वातावरण मैत्रि नगर घोषणा गर्ने, नगर स्तरीय जग्गाधनी पुर्जा बितरण गर्ने योजना रहेको उठान गर्नु भयो ।
तेस्रो पिलरको पुर्वाधार विकासमा सडक, यातायात, ढल, नाला, पुल पुलेसा, शिक्षा भवन तथा सहरी विकास उर्जा लद्यु तथा वैकल्पिक उर्जा संचार कार्यक्रम रहने बताउनु भएको छ ।
चौथो पिलर अनुसार वन वातावरण तथा विपद व्यवस्थापनमा वन तथा भु संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, जलाधार संरक्षण, फोहोरमैला व्यवस्थापन र विपद व्यवस्थापनमा जोड दिने जनाउनु भयो ।
पाँचौ पिलरमा संस्थागत विकास सेवा प्रवाह तथा अनुसाशन र संस्था, मानव संसाधन विकास, संस्थागत क्षमता विकास, विधुती सुचनाको प्रयोग, बित्तिय सुशान, राजस्व परिचालन, बेरुजु फछ्र्यौट का कार्यक्रमहरु बारेमा बताउदै प्रतिबद्धता गर्नु भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको नव निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण

अर्काे पाेस्ट

थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजनाले आर्थिक विकास गर्ने छौं ः नगरप्रमुख चौधरी

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft