मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 24.27°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी र इटहरीमा थारु ग्रामथान ऐन निर्माण र सांस्कृतीक संरक्षित क्षेत्र घोषणाकालागि ज्ञापन पत्र

by By: रामधुनी खबर
असार ८, २०७९
937

सुनिल चौधरी
झुम्का, असार ८ । थारु समुदायको जन्मदेखि मृत्यु सम्म जोडिएको डिहवार ग्रामथान तथा सो संग जोडिएको सांस्कृतिक भूमि माथी अतिक्रमण बढ्दै जादा संरक्षणकालागि रामधुनी र इटहरी सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मानव सभ्यता संगै स्थापित डिहवार ग्रामथान र सांस्कृतिक भूमि राज्य पक्षकै कारण अतिक्रमण र मासिदै गएकोहुदा ग्रामथान संरक्षण समिति सुनसरीले ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
ग्रामथान संरक्षण समिति सुनसरीको अध्यक्ष तेजनारायण चौधरीको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन गर्दै पहिचान र सांस्कृतिक पक्षलाई नीतिगत रुपमै सम्बोधन गर्नकालागि माग गरिएको छ । थारु अधिकारका सवालमा माग उठान गर्दै रामधुनी नगरका मेयर संकरलाल चौधरी र उपमेयर तारा थापालाई ज्ञापनपत्र बुझाएका छन भने इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल र उपमेयर संगिता चौधरीलाई ज्ञापनपत्र बुझाएको ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष चौधरीले जानकारी दिएका हुन ।
सम्बोधन गर्नु पर्ने माग निम्न छन ः
१ ग्रामथान र सो सँग जोडिएको सांस्कृतिक भूमिलाई पहिचान गरी सूचीकृत गरियोस् ।
२ ग्रामथानसँग जोडिएको प्रथा जनित कानुन गहदार, जेवर, तथा अन्य कार्यलाई लागु गरियोस् ।
३ रामधुनी नगर र इटहरी नगरमा रहेका ग्रामथान कति लोप भए ? कति लोप हुने अवस्थामा पुगे र कसरी संरक्षण गर्ने भन्ने यथार्थ वस्तुस्थिति पत्ता लगाउन तत्काल सर्वपक्षीय उच्च स्तरीय समिति बनाइयोस् ।
४ सो समितिले बुझाएको प्रतिवेदनलाई अनिवार्य रूपमा लागू गरी ग्रामथान तथा सास्कृतीक भूमि संरक्षणका लागि स्थानीय सरकारले काम थालोस् ।
५ थारु भाषालाई संरक्षण गर्न आधारभूत तह सम्म विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइयोस् । ६ उपमहानगरपालिकामा थारु भाषालाई सरकारी काम कारबाहीको भाषा बनाई लागु गरियोस् ।
७ थारु तथा अन्य जात जातिको परम्परागत सिप कला र संस्कार पहिचान गरी उक्त समुदायको संस्कार सांस्कृतिक, सिप र कलालाई आय आर्जनसँग जोडियोस् ।
८ रामधुनी नगर र इटहरी उपमहानगर थारु सांस्कृति संरक्षित क्षेत्र घोषणा र ग्रामथान ऐन निर्माण हुनु पर्नेमा जोड दिइयोस् ।
जातजाति पिच्छे आफ्ना आफ्ना नै संस्कार हुन्छन् । चाल चलन र रीति रिवाज पनि अलग अलग हुन्छन् । नेपालका आदी वासीहरुको त झन् फरक फरक रीतिरिवाज र संस्कार रहेका छन् । प्रदेश १ का सुनसरी, मोरङ, झापा उदयपुर जिल्लामा बसोबास गर्ने थारु समुदायको पनि आफ्ना नै संस्कार र सस्कृती छ । उनीहरूसँग ग्रामथान जोडिन्छ । आफ्नो परिवार र समुदायको सुख शान्ति र रक्षाको कामना गर्दै उनीहरू ग्रामथानमा पूजा गर्छन् । जन्मदेखि मृत्यु संस्कार सम्ममा ग्रामथान नभई हुन्न । आफ्ना कुल पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई उनीहरू देउथान वा ग्रामथान भन्छन् । थारु समुदायको अलावा विशेष गरी तराईका राजवंशी, धिमाल, मेचे, सन्थाल, माझी, भांगड, कोच लगायतका आदिवासीहरूले पनि ग्रामथानलाई मान्ने गर्दछन् । तसर्थ ग्रामथान तथा सास्कृतीक भूमि संरक्षण गर्नका लागि ग्रामथान संरक्षण समिति सुनसरी इटहरी सरकारलाई ध्यानाकर्षण गराएको अध्यक्ष चौधरीले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

परम्परागत थारु मौलिक हस्तकला प्रवद्र्धनकालागि सिप विकास तालिम तथा प्रशिक्षण

अर्काे पाेस्ट

“पर्यटन र पुर्वाधार,समृद्ध रामधुनीको आधार”सहित रु ७१ करोड १४ लाख ८२ हजार बजेट सार्वजानिक

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft