मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा थारु भाषामा पठन पाठनकालागि स्थानीय पाठ्यक्रम निर्माणगरी विमोचन

by By: रामधुनी खबर
असार ११, २०७९
795

सुनिल चौधरी
झुम्का, असार ११ । स्थानीय थारु भाषा विकासगरी संरक्षण र सम्बद्र्धन गर्न थारु भाषाको स्थानीय पाठ्यक्रम शनिवार विमोचन गरेको छ । नगर प्रमुख संकरलाल चौधरी, निवर्तमान नगरप्रमुख जय प्रकाश चौधरी र शिक्षा शाखा प्रमुख राजन गेलालले विमोचन गरेका हुन ।
थारु भाषाको स्थानीय पाठ्यक्रमले कक्षा १ देखि ५ सम्मको किताब निर्माण हुने र बिद्यालयहरुमा लागू गरी पठनपाठन सुरु गर्ने पाठ्यक्रम निर्माण समितिका अध्यक्ष लाल बहादुर चौधरीले जानकारी दिए । थारु भाषाको लिपि भने आफनै नभएपनि देवनागरी लिपिमा लेख्ने जनाएको छ ।
पाठ्क्रम अनुसार रामधुनी नगरपालिकाको बारेमा जानकारी, स्थानीय संस्कृति, भेष भूषाको पहिचान, अवस्था अध्ययन, प्रवद्र्धन र यसको प्रयोग बारेमा जानकारी पाउँने पाठ्यक्रामा उल्लेख रहेको छ । आयआर्जको स्रोत र यसको आवश्यक्ता र महत्वको बारे बोध गराउँन प्राथमिक्ता दिएको छ ।
थारु भाषाको स्थानीय पाठ्यक्रमल थारु बाहुल्य रामधुनी नगरपालिकामा स्थानीय थारु भाषा अध्यन सुरुवात भए भाषा संरक्षणका साथै विद्यालय सम्म जाने थारु बालबालिकाहरुमा बृद्धिहुने अपेक्षा गरिएको छ । थारु भाषा समुदायको पहिचान रहेकोले नीतिगत रुपमै संरक्षित हुनु लोप भएका परमपरा र प्रथा उजागर हुने बक्ताहरुले उठान गरेका छन् ।
त्यसैगरी थारु चलचित्र तथा सांस्कृतिक संघले सोही कार्यक्रम मार्फत थारु परम्परागत पौराणिक लोकगीत सार्वजानिक गरेको छ । समाचखेवामा गाउँने परम्परागत गीत, चाचैर, बिरहैन लगायतका पाँच वटा मौलिक गीत निर्माणगरी सार्वजानिक गरेको चलचित्र संघकी अध्यक्ष जानकी चौधरीले बताइन । पौराणिक गीत धार्मिक कार्य तथा विवाह लगायत संस्कार गर्ने पूजाँ आजामा गाउने गरिन्छ । थारु बाध्यबाधन झाइल, मृदंग, बासुरी, हारमुनियमको धुन प्रयोगगरी गीत आकर्षक बनाएको छ ।
नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मात्रृभाषाहरु राष्ट्रयभाषाको मान्यता दिएको छ । संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३) मा प्रत्येक व्यक्ति र समुदायलाई आफनो सांस्कृतिक जिवनमा सहभागी हुने हक हुनेछ र उपधारा ३ मा नेपालमा वसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफनो भाषा,लिपि,संस्कृति,सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने हकको प्रावधान अनुसार निर्माण गरिएको समितिका अध्यक्ष लाल बहादुर चौधरीले बताए ।
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ (ज) (४)मा समेत मातृभाषामा शिक्षा दिन विद्यालयाको अनुमति, अनुगमन वा नियमन गर्न व्यवस्था रहेकोले सोहि अुनुसार थारु भाषा पाठ्यक्रम निर्माण गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

“पर्यटन र पुर्वाधार,समृद्ध रामधुनीको आधार”सहित रु ७१ करोड १४ लाख ८२ हजार बजेट सार्वजानिक

अर्काे पाेस्ट

रामधुनी नगरमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति, कार्यक्रम र बजेट प्राथमिक्तामा

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft