मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का जेसीजको तीज र नजिकिदै गरेको जितिया पाबैन लक्षित साँस्कतिक कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
भदौ १४, २०७९
559

राख संवाददाता
झुम्का, भाद्र १४ । झुम्का जेसीजले बालबालिका र जेष्ठनागरिक लक्षित स्वास्थ्य, सरसफाई, शिक्षा, नेतृत्व विकास लगायत सामाजिक सशक्तिकरणमा विविध कार्यक्रमहरु गर्दै आएको छ । गत बर्ष कोभिड महामारीका कारण कार्यक्रम गर्न नसकेपनि यस बर्ष बृहत सामुहिक उपस्थितीमा सप्ताह कार्यक्रम गरिरहेको छ ।
सप्ताह कार्यक्रम अन्तर्गत साँस्कृतिक तथा मौलिक पर्वहरुको प्रवद्र्धन गर्ने उधेश्यले आज सोमवार तीज र नजिकिदै गरेको जितिया पाबैन लक्षित झुम्का बजारमा साँस्कतिक कार्यक्रम सम्पन्न गरेको छ । पुर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा महिला सशक्तिकरणका सेचतना सहित थारु, नेवार समुदायको पहिचान झल्किने साँस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै पुर्व कृषि राज्य मन्त्री चौधरीले राजनीतिक, सामाजिक नेतृत्वमा महिला अग्रसर हुनु पर्ने बताउनु भयो । अहिले पनि राज्य र समाजबाट महिलाहरुमा उपेक्षाको व्यवहार रहिरहेकोले सो बिरुद्ध सामुहिक सशक्तरुपमा लाग्नु पर्ने सुझाव दिनु भयो । आउँदो निर्वाचनमा महिलाहरुको उमेदवारीमा विभेद हुन सक्ने बताउँदै यसलाई खबरदारीका साथ अडिग भएर सचेत पुर्वक उमेदवारको टिकट लिनु पर्ने उठान गर्नु भयो ।
कार्यक्रममा रामधुनी नगर प्रमुख संकरलाल चौधरी लगायतका बक्ताहरुले महिला नेतृत्व विकासको बारेमा बोल्दै तीज र जितियाको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमले पर्वहरुको साँस्कृतिक पक्ष झल्किने र महिलाहरुको पर्वले महिला सशक्तिकरणमा थप बल पुगोस भन्ने चाहना सहित झुम्का जेसीजले कार्यक्रम आयोजना गरेको जेसीजका अध्यक्ष द्धारिका घिमिरेले जानकारी दिनुभयो ।
महिलाहरुले महादेवको पूजाआराधना गरी तीज मनाएको छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।
जितिया पर्वमा बालबच्चा तथा श्रीमानको दिर्घायु लगायत घरपरिवारमा सुख शान्तिको कामनागरी निराहार ब्रतबसी जितिया पर्व मनाइन्छ । यो पर्वमा श्रद्धा भक्तिका साथ शुद्ध मन,बचन र कर्मले भगवान जितमाहानको ब्रत लिने परिवारमा कुनै प्रकोप तथा अनिष्टकार संकटबाट मुक्ति मिल्छ र जिवन रक्षा हुन्छ भने गहिरो जनबिश्वास रहेको छ ।
तसर्थ यो पर्व अत्यन्त कष्टकर तर फलदायक पनि छ । परिवारजनको आरोग्य जिवनकालागी यो पर्व उत्तम मानिन्छ । यसै सनदर्भमा एउटा हसाँउने उक्ति भनाईछ “जितिया पावैन बडभारी, धियापुताके ठोईक सुतावल, अपना ख्याल भोईर थारी” यसको अर्थ हुन्छ जितिया पर्व धेरै कठिन छ, केटाकेटीलाई सुम्सुम्याएर सुताईन्छ तर आफुले दर खुब संग खाईन्छ । समग्रमा यो पर्व कठोर भएपनि जिवन उपयोगी छ ।

अगाडिकाे पाेस्ट

तीज तथा रैब पर्वको अवसरमा झुम्का जेसीजको शुभकामना आदान प्रदान

अर्काे पाेस्ट

अस्तित्व संकटमा परेको धरोहर सशक्त संरक्षणको माग गर्दै ग्रामथान समितिको साधारण सभा सम्पन्न

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft