मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरीको जितिया घाटमा व्रतालुहरूको दण्ड प्रणाम र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन

by By: रामधुनी खबर
कार्तिक १४, २०७९
393

राख संवाददाता
झुम्का, कार्तिक १४ । आस्थाको महापर्व छठपर्व अन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. ८ टेंग्राटोली स्थित साँस्कृतिक जितिया घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका हुन् ।
जितिया घाटमा छठ घाट लगाई पूजाअर्चना सहित ब्रतालुहरु जाग्रामगरी छठ तथा सूर्य भक्ति गरेका छन् । छठको पहिलो दिन भाकल पूरा भएका व्रतालुहरुले घर देखि छठ घाट सम्म दण्ड प्रणाम सहित पूजाअर्चना गरेका छन् । भाकल पूरा भएका सुमन चौधरी, अहिल्या चौधरीले घर देखि घस्रिदै छठ घाट सम्म दण्ड प्रणाम गरी व्रत गरेको जितिया घाटका संरक्षक तथा ग्रामथान संरक्षण समितिका सचिव साबित्री चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जितिया घाटमा परमपरागत रुपमा जितिया पर्वको पूजापाठ, छठ, समाचकेवा विर्सजन लगायतका धार्मिक अनुष्ठाका कार्यहरु गर्दै आएकोले जतिया घाट साँस्कृतिक र मौलिक परम्पराका सम्पति रहेको चौधरीले बताउँनु भयो ।
छठ पर्व मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदोसूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी पर्वको समापन गर्ने परम्परा रहेको छ । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञता मानिन्छ ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउँने र उदाउँने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिएको समितिका सचिव चौधरीले धारणा ब्यक्त गर्नु भयो ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं. वडामा चुनाव प्रचार प्रसारका लागि गठबन्धनको सशक्त तयारी

अर्काे पाेस्ट

सुनसरीका पत्रकारहरु सँग जिल्ला निर्वाचन कार्यालयको अभिमुखिकरण

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft