मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सामा–चकेवा पर्व प्रवद्र्धन गर्दै इटहरी–८ ट्ंयाग्रा टोलवासी

by By: रामधुनी खबर
कार्तिक २२, २०७९
487

सुनिल चौधरी
झुम्का, कार्तिक २२ । लोपन्मुख पर्व समा–चकेवा इटहरी उपमहानगरपालिका वडा नं. ८ ट्याग्राटोलकी थारु महिलाहरुले समा–चकेवा पर्व खेल्दै निरन्तरता दिएका छन् । थारु समुदायमा मौलिक तथा साँस्कृतिक रुपमा रहेको समाचकेवा पर्व दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा मानिन्छ । परम्परागत रुपलेनै मनाउँदै आएको पर्वलाई प्रवद्र्धन गर्न यस बर्ष सामुहिक रुपमा समाचकेवा पावैन खेल २०७९ मनाएको ग्रामथान संरक्षण समितिकी सचिव सावित्री चौधरीले जानकारी दिनुभयो ।
प्रकृतिकोे अनुपम सुन्दरता र अलौकिक शक्तिलाई जिवनमा अंगिकार गर्न खोज्नु थारु जातिको प्रमुख मौलिक धरोहर हो समा–चकेवा । यो पर्व मानव जिवनमा आफैमा धन्य र पुण्य प्राप्त गर्ने महत्वपुर्ण पर्वको रुपमा प्रतिष्ठीत र स्थापित रहेको छ । यो एउटा महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा पनि लिन सकिन्छ ।
तिहारको भइटिकाका दिन देखि सुरुगरी कात्तिक शुक्ल द्वितिया तिथि अर्थात कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक प्रतिमूर्ति बनाई इटहरी बजार सहित घर तथा गाउँटोलमा समाचकेवा पर्व खेल प्रवद्र्धन गरेको सचिव चौधरीले बताउँनु भयो । ‘थारु समुदायबाट समाचकेवा पर्व लोप हुदै गईरहेकोले यसलाई निरन्तरता दिनु पर्ने आवश्यक्ता भएकोले हामि महिला दिदीबहिनीहरुले आठ वटा डाला निर्माणगरी समाचकेवा पर्व मनाएकाहौँ’, यसरी सबै महिला दिदी बहिनीहरुले मनाएर सँस्कृति प्रवद्र्धन र संरक्षण गर्नुपर्ने सचिव चौधरीले धारणा ब्यक्त गर्नुभयो ।
कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको विसर्जन गरी समापन गर्ने धार्मिक मान्यता छ । विशेष गरेर द्धितियाको दिन कुनै नदी पोखरी वा तलाउको स्वच्छ पवित्र कोमल कंचन माटोबाट सामाचकेवाको जीवन चरित्र झल्किन महत्वपुर्ण मूर्तिहरु प्रतिकालक रुपमा निर्मांण गरिन्छ । समाचकेवा,मृद¨ीया(मृदङा बजाउने), झाइलवाला (झयाल वजाउने), नटुवा (नटकी वा नृत्य गर्र्ने), विपातर ( विपतीबाट उपाय निकाल्ने ), नाहमैया (ढुंगा खियाउने), कुकुर (सहयोगी जनावर), भमरा (प्रेमको प्रतिक), वृन्दावोनी (वृन्दावनको प्रतिक), ज्वालिन (वाला) प्रतिमा निर्माण गरिन्छ ।
स्कन्ध पुराणका अनुसार चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा(सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् । आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् । अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाले । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ । त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ ।

अगाडिकाे पाेस्ट

सुनसरीका पत्रकारहरु सँग जिल्ला निर्वाचन कार्यालयको अभिमुखिकरण

अर्काे पाेस्ट

बैंकको चर्को ब्याजविरुद्ध झुम्काका व्यवसायीहरु आन्दोलनमा,बुधवार बैङ्कको कारोवार ठप्प देखि मौन जुलुस गर्ने

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft