मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बैंकको चर्को ब्याजविरुद्ध झुम्काका व्यवसायीहरु आन्दोलनमा,बुधवार बैङ्कको कारोवार ठप्प देखि मौन जुलुस गर्ने

by By: रामधुनी खबर
कार्तिक २२, २०७९
442

राख संवाददाता
झुम्का,कार्तिक २२ । बैंकको चर्को ब्याजविरुद्ध व्यवसायीहरु आन्दोलन सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले गरेको निर्णय अनुसार व्यवसायीहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको कार्यक्रम अनुसार पहिलो दिन झुम्का उद्योग बाणिज्य संघबाट झुम्का बजारका विभिन्न बैङ्कहरुमा ज्ञापन पत्र बुझाएका छन् । संघको अध्यक्ष धमेन्द्र साहको नेतृत्वमा ब्याजविरुद्धको माग राखि ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा संघको अध्यक्ष साह र महा सचव नविन चौधरीको हस्ताक्षर छ ।
अध्यक्ष साहले बैङ्किङ्ग क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउँन प्रतिकूल वित्तिय वातावरण निर्माण गर्न ज्ञापन पत्र सहित आन्दोलनमा उत्रिनु पर्ने बाध्यात्म अवस्था सिर्जना भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम अनुसार बुधवार बिहान १० बजे देखि प्लेकार्ड सहित बैङ्क बित्तिय संस्थालाई दुई घण्टा सम्पुर्ण कारोवार ठप्प गर्ने र मौन जुलुस समेत गर्ने महासचिव नविन चौधरीले जानकारी दिए ।
नेपाल राष्ट्र बैङ्कले कात्तिक १ देखि लागु हुने गरी जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशन हाल समय र परिस्थिति सुहाउँदो नभएकाले यसको स्थगन गर्न बिज्ञप्तीमा उल्लेख रहेको छ । बैङ्कमा स्प्रेड रेटलाई ४ दशमलव ४ प्रतिशतभन्दा तल राख्नुपर्ने जनाएको छ ।
निक्षेपको ब्याजदरमा भएको वृद्धिका अनुपातमा कर्जाको ब्याज धेरै नै बढाइएको देखिन्छ । ज्ञापन पत्रमा भनिएको छ, ‘किनभने स्प्रेड रेटमा नै ६० आधार विन्दुको वृद्धि देखिन्छ । यसरी बैङ्किङ क्षेत्रले अहिलेको विद्यमान परिस्थितिलाई कर्जाको ब्याजदर बढाउने राम्रो मौकाका रूपमा प्रयोग गरेको पाइएको छ ।’ व्यवसायीको वातावरण खलबलिएको छ । त्यसैले नियामक निकायले ९० प्रतिशतको सीमा अल्पकालका लागि भए पनि केही खुकुलो पारिदिनु पर्छ । यसबाट तरलताको अभावमा केही राहत हुन्छ ।
ज्ञापन पत्रमा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम हुनुपर्ने र कोभिडबाट अति प्रभावित व्यवसायलाई पुनर् कर्जा सुविधा उपलब्ध गराइनु पर्ने माग गरिएको छ । त्यस्तै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसी माथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलर माथिका स्मार्टफोनको आयातमा लगाएको रोक लामो समय कायम नराख्न ज्ञापन पत्रमा भनिएको छ ।
‘अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर)–लाई ३ बाट ४ प्रतिशत पु¥याइएको छ’, महासंघको भनाइ छ, ‘यो वृद्धिले पनि तरलताको अभावलाई सघाएको छ । अल्पकालका लागि भए पनि यस्तो दर पूर्ववत् अवस्थामा राखिनुपर्छ । यसबाट केही हदसम्म तरलता उपलब्ध हुनसक्छ ।’
महासंघले सरकारको नीति तथा कार्यक्रममा समावेश भइसकेको कन्ट्री रेटिङ तत्काल गरिनुपर्ने माग गरेको छ । त्यस्तै वैदेशिक लगानी भित्र्याउन बोन्डलगायत अन्य उपकरण गर्न सकिन्छ भन्ने सकिने सुझाव ज्ञापनमा दिइएको छ । ज्ञापन पत्रमा अन्य लगानीका स्रोतबाट लगानी भित्र्याउन नीतिगत सुधार आवश्यक भएको बताइएको छ ।

अगाडिकाे पाेस्ट

सामा–चकेवा पर्व प्रवद्र्धन गर्दै इटहरी–८ ट्ंयाग्रा टोलवासी

अर्काे पाेस्ट

थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी–२ धमौरा टोलमा ३७ डाला समाचकेवा विसर्जन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft