मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी–२ धमौरा टोलमा ३७ डाला समाचकेवा विसर्जन

by By: रामधुनी खबर
कार्तिक २४, २०७९
689

राख संवाददाता
झुम्का, कार्तिक २४ । सुखराइत पर्वको जमजितियाको दिन देखि कार्तिक पुर्णिमा सम्म मनाउँने मौलिक तथा साँस्कृतिक समाचकेवा पर्व खेल यस बर्ष चन्द्रगहणले बुधवार मात्रै विर्सजन गरेका छन् । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व खेल थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी वडा नं.२ धमौरा टोलमा सामुहिक विसर्जन गरेका हुन् ।
विवाह गरी वेटीलाई ससुराली विदाई गर्ने वेलामा गाउँने समधौन गीत अनुसार समाचकेवामा पनि विदाई गर्ने बेलामा समधौन गीत गाउँदै विसर्जन गरेको गीतहाइर हिरा देवि थरुनीले बताइन् । थरुनीका अनुसार जमजितियाका दिन जन्मको गीत गाउँने, समा खेल्न जादा समाखेली गीत गाउँने र विसर्जन गर्ने बेलामा समधौन गीत गाउँने परम्परा रहेको गीतहाइर थरुनीको भनाई छ । दाजू भाईको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित मनाईने पर्वमा वालवच्चा नहुनेले भाकल गर्ने समेत महत्वपूर्ण उधेश्य रहेको थारुनी जानकारी दिइन् ।
गाउँभरीका विभिन्न समुहमा खेल्ने एकै ठाउँ भेला भएर टोलको पश्चिम मुन्निबाबा ग्रामथान नजिकै पौराणिक साँस्कतिक पोखरीमा विसर्जन गरेका छन् । यस बर्ष धमौरा टोलमा सामुहिक रुपमा ३७ डाला समाचकेवा विदाईगरी विसर्जन गरेको मुन्नीबाबा ग्रामथानका गहदार देवराज चौधरीले बताए । उन्का अनुसार पौराणिक साँस्कृतिक पोखरी सार्वजानिक पोखरी रहेको बताए । धेरै समय पहिले धार्मिक कार्य गर्न तथा गाई बस्तु पानी खानका लागि बाबापुर्खाहरुले बनाएको पोखरी रहेको जानकारी दिए । सो पोखरीमा जितिया स्नान, समाचकेवा विसर्जन लगायतका सामाजिक कार्यहरु गर्दै आएको गहदार चौधरीले बताए ।
समाचकेवा पर्वले प्रत्येक साँझ थारु गाउँहरु संगितमय बन्ने गरेका छन् । समूहमा दीदिबहिनीहरु भेला भएर सार्वजनिक चौक तथा स्थलमा समाचकेवाको गीत गाउँने गरेकाले गाउँहरुको परम्परा समेत भएका छन ्। कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । सुखराइतको जमजितियाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा बिसर्जन गरिन्छ ।
रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ ।
समा विसर्जन कार्यक्रममा ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरी, अभियान कर्ता महिनारायण चौधरी(दास) लगायत ग्रामथानका गहदारहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

बैंकको चर्को ब्याजविरुद्ध झुम्काका व्यवसायीहरु आन्दोलनमा,बुधवार बैङ्कको कारोवार ठप्प देखि मौन जुलुस गर्ने

अर्काे पाेस्ट

तिनवटा मतक्षेत्र जोडिएको रामधुनी नगरका आम मतदाता परिवर्तनको पक्षमा

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft