मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तिनवटा मतक्षेत्र जोडिएको रामधुनी नगरका आम मतदाता परिवर्तनको पक्षमा

by By: रामधुनी खबर
कार्तिक ३०, २०७९
490

सुनिल चौधरी झुम्का,कार्तिक ३०:
सुनसरीको तिन मतक्षेत्रमा जोडिएको रामधुनी नगरलाई राजनीतिक दल तथा उम्मेदवारहरुको बिशेष राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ मा हुने प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचन नजिकीदै गर्दा उमेदवार देखि कार्यकर्ताहरु झनै केन्द्रित हुन थालेको छ ।
सुनसरी क्षेत्र नं. १, २ र ४ मा वडाहरु जोडिएको हुँदा तिनवटै क्षेत्रका उम्मेदवारहरुले मतपक्ष लिन गतिविधि बढाएको छ । क्षेत्र नं. १ मा रामधुनी नगरको वडा नं. ६ र ७ पर्छन् । क्षेत्र नं. २ मा रामधुनी नगरको वडा नं. १,२,३,५,८ र ९ छन् भने क्षेत्र नं. ४ मा वडा नं. ४ रहेको छ । ११ वटा मतदानस्थल र ३९ मतदान केन्द्र रहेको रामधुनीमा ४१ हजार ४५७ मतदाताले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।


मतदातालाई पक्ष बिपक्षमा ल्याउन राजनीतिक चहलपहल बढीरहदा रामधुनी नगरका आम मतदाता परिवर्तनको पक्षमा छन् । परम्परागत रुपले बिगत देखिनै दलहरुका उमेदार बिजय भएर जाने तर चुनावताका क्रममा मत स्वार्थका लागि घरदैलो गरेपनि विकासको घरदैलो विर्सिने परम्परा रहेको छ । परमपरागत रुपमा रहेको सो परम्परा तोड्न रामधुनीका आम मतदाताहरु परिवर्तनको पक्षमा उभिएको छ ।


जेष्ठनागरिक सरोकार समुह सुनसरीका अध्यक्ष रामधुनी वडा नं. ५ निवासी फौदसिंह थापाले युवा उम्मेदवारको पक्षमा धारणा ब्यक्त गर्नु भएको छ । रामधुनी नगर तिन मतक्षेत्र जोडिए पनि जितेर गएकाहरुले रामधुनी नगरको स्थानीय समृद्धतामा ध्यान नदिएको गुनासो गर्नुभयो । ‘उमेदवारहरुबाट आश्वासन त आयो तर यहाँका नागरिकका लागि आयस्रोत, रोजगार बृद्धिका काम पटकै भएको छैन्’ । त्यसैले फेरी पनि उही उमेदवारले काम गर्छन्की गर्दैनन् आशंका ब्यक्त गर्दै परम्परागत उमेदवार रोज्नु भन्दा युवा तथा नयाँ उमेदावार जितेर गए परिवर्त हुुने अपेक्षा सहितको धाराणा राख्नु भयो ।


यस पटकको चुनावमा स्वतन्त्र अभियानताहरु पनि छन् । हाम्रै पक्षमा मतदान हुन्छन् की भनेर उनीहरु पनि ढुकी रहेका छन् । यसले मतपक्षमा प्रभाव पार्ने सम्भावना देखिन्छ । झुम्का जेसिजका अध्यक्ष द्धारिका घिमिरे भन्छन्, स्वतन्त्र अभियान भन्नेहरु छन्, यसले मतदाताहरुमा अन्यौल छ’ तथापी पनि दलगत रुपलेनै आएका उमेदवार आवश्यकता रहेको भन्दै अन्यौलमा नरहेर अग्रगामी विकासको विश्वास दिलाएको उम्मेदवार रोजनु पर्ने र काम गरेर देखाउँने उम्मेदवारलाई मतदान गर्नु पर्ने उठान गर्नु भयो । संघिय, लोकतन्त्र, गणतन्त्र व्यवस्थापन र कार्यान्वयन गर्ने पक्ष दिर्घकालिनता रहने भएकोले सो पक्षका उमेदावारलाई जिताउँनु राज्य र नागरिकका लागि उपयुक्त रहेको झुम्का जेसिजका अध्यक्ष घिमिरेले धारणा ब्यक्त गर्नुभयो ।
यतिबेला उम्मेदवार चुनावी एजेण्डासहित मत माग्न कहिल्यै नपुगेको जनताको घर÷घरमा उनीहरू पुगिरहेका छन् । कहिल्यै नचिनेका व्यक्तिलाई सधैँ चिनिरहे जस्तो व्यवहार समेत उम्मेदवारले देखाएका छन् । उम्मेदवारहरु आफ्नो पोल्टोमा मत लिनका लागि अनेकौ सपना बाँढ्दै मतदाताको घरघरमा पुग्ने गरेका छन् । प्राय सबै उम्मेदवारले समृद्धिका लागि आफूलाई जिताउँन हरेक मतदातासँग आग्रह गरिरहेका छन् । उम्मेदवारले दिने आश्वसन र मतदाताको चाहाना पनि उस्तै छ ।
रामधुनी वडा नं. ८ का निवासी नमुना नगर बाल संजालकी अध्यक्ष सुजाता मेहताले आश्वासन मात्रै भन्दा पनि परिवर्तन गर्ने उम्मेदवारलाई मतदान गर्नु पर्ने बताउँनु भयो । मतदात गर्ने उमेर नभएपनि संस्थागत रुपले शिक्षा क्षेत्रको बारेमा बताउँदै सानो घटना भए पनि बिद्यालय बन्द हुने, गुणस्तरिय शिक्षाको अभाव, आर्थिक कमजोर परिवारका बालबालिका बिद्यालय पहुचबाट बञ्चित हुनुपर्ने जस्ता समस्याहरु यथावतनै रहेकोले यसमा परिवर्तनको आवश्यक्ता खोज्दै दिर्घकालिन योजना रहेको उमेदवारलाई बिचारगरी मतदान गर्नहुन अनुरोध गर्नुभयो ।
रामधुनी नगरलाई धार्मिक पर्यटक क्षेत्र निर्माणको खाँचो रहेको रामधुनी मन्दिर संरक्षक तथा ग्रामथान संरक्षक अभियान्ता महिनारायण दासले धारणा राख्नुभयो । ऐतिहासिक रामधुनी मन्दिर शक्ति पिठ रहेकोले रामधुनी मन्दिर संगै यस क्षेत्रमा ८१ वटा थारु समुदायको धार्मिक स्थल पौराणिक धरोहर ग्रामथान छन्, सो धरोहर संरक्षणमा ल्याई धार्मिक पर्यटक क्षेत्र निर्माण गर्न प्राथमिक्ता राख्ने उमेदवारलाई मत दिने सोच रहेको दासले बताउँनु भयो ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले जनताको मन जित्न विभिन्न आश्वासन दिइरहेका छन् । यहाँका मतदाताको आरोप छ, २०४८ साल देखिनै भएको निर्वाचित उम्मेदवारले दिएको आश्वासन विश्वासिला भएनन् । त्यसैले इमान्दार वाचा पुरा गर्ने तथा लोकप्रिय कार्यक्रम र एजेण्डा भएका प्रतिनिधि छान्ने जेष्ठनागरिक रामधुनी वडा नं. ४ का वसन्त चौधरीको धारणा छ ।

अगाडिकाे पाेस्ट

थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी–२ धमौरा टोलमा ३७ डाला समाचकेवा विसर्जन

अर्काे पाेस्ट

रामधुनी १, ५ र ३ नं. वडामा दिउँसो २ः३० बजे सम्म क्रमश ४१, ४३ र ४५ प्रतिशत मत खस्यो

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft